संगालोखबर


विराटनगर । नवरात्रको चौथो दिन आज नवदुर्गाको चौथो स्वरूप देवी कुष्माण्डाको पूजाआराधना गरिँदै छ । दशैँ घर तथा पूजा कोठामा विधिपूर्वक देवीको श्रद्धा र भक्‍तिपूर्वक पूजाआजा गर्ने परम्परा छ ।

धार्मिक मान्यताअनुसार देवी कुष्माण्डाले भक्तजनका आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका ताप तथा कष्ट निवारण गर्ने विश्वास गरिन्छ ।

दुर्गा सप्तशती अर्थात् चण्डीमा देवीको महिमाको वर्णन गरिएको छ । कुष्माण्डा देवीलाई शक्ति, ऊर्जा र सृष्टिसँग जोडेर व्याख्या गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!