झापाबाट लागूऔषधसहित दुई जना पक्राउ
विराटनगर । झापाबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । हिजो साँझ झापा गाउँपालिका-४ बाट ३ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर उनीहरू पक्राउ परेका हुन् ।
कमल गाउँपालिका-७ का २५ वर्षीय सन्देश लिम्बू र ३६ वर्षीय पूर्ण बहादुर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । मे ५ प ९६७३ नम्बरको स्कुटर चेकजाँचको क्रममा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । यसैगरी सुनस...


























