दुर्गा प्रसाईं पक्राउ
काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले प्रसाईँलाई आज दिउँसो भक्तपुरबाट पक्राउ गरेको हो ।
झापाको बिर्तामोडस्थित वीएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईँले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का नाममा विभिन्न गतिविधि गर्दै आएका थिए । उनले विभिन्न व्यक्तिहरूलाई कपोकल्पित आरोप लगाएर आपत्तिजनक अभिव्...




























