विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ७ विकेट गुमाउँदै १६१ रन बनाएको हो ।
चितवनका लागि इंग्लिस ब्याटर रवी बोपाराले ३८ बलमा ५१ रन बनाए। उनले तीन छक्का र तीन चौका प्रहार गरे।