मनमोहनका विद्यार्थीले बनाए चालक आफैँले मापसे जाँच गर्नसक्ने मेसिन
विराटनगर । मोरङको बुढीगंगा-४ स्थित मनमोहन स्मृति पोलिटेक्निकका विद्यार्थीहरूले मादक पदार्थ सेवन (मापसे) जाँच गर्ने मेसिन बनाएका छन् । आफैँले चलाउने सवारी साधनमा चालक आफैँले आफ्नो अल्कोहलको मात्रा जाँच गर्नसक्ने मेसिन बनाएका हुन् ।
डिप्लोमा मेकानिकल तर्फका तेस्रो वर्षका विद्यार्थीहरूले छ महिना लगाएर उक्त मेसिन बनाएका हुन् । कुनै पनि सवारीसाधनमा जडान गरेर चालकले कति प्रतिशत अल्कोहल खाएको छ र चलाउ...




























