नेपालले जित्यो मलेसियासँगको महिला टी-२० शृङ्खला
विराटनगर । नेपालले मलेसियासँगको महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको छ । आज भएको पाँचौ तथा अन्तिम निर्णायक खेलमा घरेलु टोली मलेसियालाई पाँच विकेटले हराएसँगै नेपालले शृङ्खला ३-२ ले जितेको हो ।
मलेसियाले जितका लागि दिएको एक सय चार रनको लक्ष्य नेपालले १८ औं ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । रुबी पोद्दारले २६ र पुजा महतोले २३ रन बनाइन् । मलेसियाका नुर आल्या बत्रिसिया बिन्ती नोर्मिज...




























