विराटनगरको देबेनरा मुन्दडा निवासमा छापा हान्दा केही नभेटिएपछि त्यसै फर्कियो प्रहरी टोली
विराटनगर । विराटनगरको प्रतिष्ठित उद्योगी घराना देबेनरा मुन्दडा निवासमा छापा हान्दा केही फेला नपरेपछि प्रहरी टोली त्यसै फर्किएको छ । विराटनगर-७ गोश्वारा रोडस्थित मुन्दडा निवासमा गैरकानुनी रुपमा अवैध चिजवस्तु लुकाएको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले आज बिहान छापा हानेको हो ।
खानतलासीका लागि बिहान करिब ५ बजे नै प्रहरी टोली मुन्दडा निवास पुगेको थियो । झण्डै ५ घण्टा खानतलासी गर्दा पनि अवैध चिज फेल...































