संगालोखबर

संखुवासभा । संखुवासभामा आज साँझ चट्याङ लागेर हाइड्रोपावरका पाँच मजदुर घाइते भएका छन् । मकालु गाउँपालिका-२ स्थित कसुवा खोला हाइड्रोपावरमा साँझ करिब ५ बजे चट्याङ लागेर मजदुरहरू घाईते भएका हुन् ।

चट्याङ लाग्दा हाइड्रोपावरको टनेलमा कार्यरत बागलुङको ढोरपाटन गाउँपालिका-८ का २० वर्षीय सुमन घर्तीमगर, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-९ का ४९ वर्षीय दलबहादुर ढुंगेल, रामेछाप मन्थली नगरपालिका-८ का ३६ वर्षीय प्रह्लाद ढुंगेल, २५ वर्षीय प्रकाश पहरी र दाङ शान्तिनगर नगरपालिका-६ का ३० वर्षीय बर्नसिंह चौधरी घाइते भएका छन् ।

स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी उनीहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!