संगालोखबर


विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कोशी प्रदेशका १३० जना नागरिक सम्पर्कविहीन भएका छन् । रोजगारी, व्यापार, पर्यटन, अन्य काम तथा धार्मिक स्थल भ्रमणका क्रममा रसुवा, नुवाकोट, धादिङलगायत पुगेका उनीहरू बाढीपछि सम्पर्कविहीन भएका हुन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आफन्त र परिवारले विवरण टिपाउने क्रम जारी रहेका कारण सम्पर्कविहीन भएकाहरूको संख्या बढ्न सक्छ ।

प्रहरीको विवरणअनुसार सबैभन्दा धेरै सोलुखुम्बुका ३८ जना सम्पर्कविहीन हुँदा १ जना परिवारको सम्पर्कमा आएका छन् । सुनसरीका १७ जना सम्पर्कविहीन भएका हुँदा २ जना परिवारको सम्पर्कमा आएका प्रहरीले जनाएको छ ।

त्यस्तै, मोरङका १४ जना र उदयपुरका १३ जना सम्पर्कविहीन भएका छन् । उदयपुरका ३ जना परिवारको सम्पर्कमा आएका छन् । ओखलढुंगाका १२ जना सम्पर्कविहीन हुँदा १ जना सम्पर्कमा आएका छन् ।

इलामका ९ जना सम्पर्कविहीन हुँदा १ जना परिवारको सम्पर्कमा आएका छन् भने झापा र खोटाङका ८/८ जना सम्पर्कविहीन भएका छन् । यसैगरी, ताप्लेजुङका ६, संखुवासभाका ३ तथा धनकुटा र भोजपुरका १/१ जना सम्पर्कविहीन भएका कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले बाढीपछि परिवारका सदस्यसँग सम्पर्क हुन नसकेका व्यक्तिका सम्बन्धमा सम्बन्धित प्रशासन वा नजिकको प्रहरी कार्यालयमा तत्काल जानकारी गराउन आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!