संगालोखबर


विराटनगर । रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुगेको छ । प्रहरी प्रधान कार्यालयको आज बिहान ७ बजेसम्मको विवरण अनुसार ४६९ जनाको शव फेला परेको हो ।

रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बिहीबार रातिसम्मको विवरणले ९७७ जना सम्पर्कविहीन रहेको भनेको छ ।

नेपाल प्रहरीका २८ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरीका १३ जना, अध्यागमन कार्यालयका ४ जना, रसुवाका १६१ जना, नुवाकोटका १ जना, मकवानपुरका ६६ जना र मकवानपुरका ६६ जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढीमा परी हालसम्म ७३ जना घाइते भएका छन् । जसमध्ये रसुवाका ४३ जना, धादिङका ३ जना र नुवाकोटका २७ जना छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!