संगालोखबर


विराटनगर । नेपालसँग सिमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशस्थित महाराजगन्जमा गण्डक नदीमा चार शव र कुशीनगरमा तीन शव फेला परेका छन् ।

पाँच महिला र दुई पुरुषका शव नेपालमा आएको भीषण बाढीले बगाएर भारत पुर्याएको आशंका गरिएको बीबीसी हिन्दीले जनाएको छ । सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीको निगरानी गर्दा तैरिरहेको अवस्थामा शव फेला परेका हुन् ।

टोलीले मोटरबोट प्रयोग गरेर नदीबाट शव निकालेर महाराजगन्ज र कुशीनगर जिल्ला सदरमुकाम पठाएको छ । शव पहिचान हुन सकेको छैन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!