संगालोखबर

विराटनगर । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूका लागि विराटनगरको सारडा ग्रुपले १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बाढी प्रभावितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकम प्रदान गर्न लागिएको हो ।

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सोमबार भेटेर चेक हस्तान्तरण गरिने सारडा ग्रुपका निर्देशक पवनकुमार सारडाले जानकारी दिए । ‘अहिले सारडा ग्रुपको स्थापना दिवस पनि परेको छ, स्थापना दिवसकै अवसर पारेर बाढी पीडितलाई सहयोगका लागि भोलि एक करोडको चेक हस्तान्तरण गर्दैछौ,’ सारडाले संगालोखबरसँग भने, ‘विपत्तिका बेला सहयोग गर्नु सबैको दायित्व भएकाले सारडा ग्रुप अन्तर्गतका सबै उद्योगहरूको तर्फबाट एकमुष्ठ सहयोग गर्न लागेका हौँ ।’

उद्योगी पवन कुमार सारडा, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पनि हुन् । उनको सारडा ग्रुप र महेश जाजु नेतृत्वको जाजु ग्रुपको तर्फबाट यसअघि नै ६० लाख बराबरको चाउचाउ, बिस्कुट र जुस प्रदान गर्ने घोषणा पनि गरिएको छ ।

बाढी पीडितका लागि रगत संकलन गर्न रक्तदान

यसैबीच, सारडा ग्रुपको स्थापना दिवसको अवसर पारेर आज बाढीमा घाइते भएकाहरूको उपचारका लागि रगत संकलन गर्न रक्तदान गरिएको छ । सारडा ग्रुपले विराटनगर र काठमाडौंमा रक्तदान कार्यक्रम गरेको हो ।

रेडक्रसको प्राविधिक सहयोगमा गरिएको रक्तदानबाट विराटनगरमा ७० पिन्ट र काठमाडौंमा ५० पिन्ट रगत संकलन भएको छ । संकलित १२० पिन्ट रगत बाढीपीडितको उपचारका लागि पठाइने सारडा ग्रुपका निर्देशक पवन कुमार सारडाले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!