
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म ५ सय ३८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो ३ बजेसम्मको तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
सबैभन्दा धेरै चितवनमा २ सय २१ जनाको शव फेला परेको छ । यसैगरी नवलपरासी पूर्वमा १ सय ३४, गोरखामा विभिन्न मानव अङ्गसहित ४६, नुवाकोटमा ३७ र धादिङमा ३३ जनाको शव फेला परेको छ ।
तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको तथ्याङ्क छ । विपद्मा परी ७३ जना घाइते भएका छन् । जसमा रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना छन् ।


संगालोखबर 














