संगालोखबर


विराटनगर । उदयपुरबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । आज बिहान कटारी नगरपालिका-६ बाँकेटारस्थित शान्तिवन क्षेत्रबाट प्रहरीले एक हजार एक सय २२ किलो गाँजा बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वन भित्र खोजतलास गर्ने क्रममा बा १६ च ५२६९ नम्बरको बोलेरो र जंगलको विभिन्न स्थानमा ५२ वटा प्लास्टिकको बोरामा लुकाएर राखिएको गाँजा बरामद गरेको छ ।

गाँजा बरामद भएसँगै ओसार-पसारमा संलग्न ताप्ली गाँउपालिका-१ का ५५ वर्षीय राम बहादुर मगर, २१ वर्षीय नेक बहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गाँजासहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!