संगालोखबर


विराटनगर । भारतमा भएको सवारी दुर्घटनामा परेर झापाका मामा-भान्जाको मृत्यु भएको छ । दुर्घटनामा भद्रपुर नगरपालिका-५ सुन्दरबस्तीका २५ वर्षीय विजय सहनी र उनका मामा ३१ वर्षीय अशोक सहनीको मृत्यु भएको हो ।

सिलिगुडी घुम्न मोटरसाइकलमा निस्किएका उनीहरू भारतको पश्चिम बंगालस्थित बतासी अधिकारी बाइपास रोडअन्तर्गत केलाबारी क्षेत्रमा दुर्घटनामा परेका हुन् । तीव्र गतिमा आएको कारले उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

कारको ठक्करबाट विजयको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका अशोकलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले कार चालकलाई पक्राउ गरेको छ । पक्राउ परेका चालकलाई आज अदालतमा पेस गरिएको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!