संगालोखबर


विराटनगर । विराटनगर-३ कञ्चनबारीमा रहेको आर्या न्युरो अस्पतालले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि आर्थिक सहयोग गरेको छ ।

आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अस्पतालले एक लाख एक हजार रुपैयाँ जम्मा गरेको हो । सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले विपद्का बेला प्रभावित समुदायलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने उद्देश्यले कोषमा रकम हस्तान्तरण गरेको हो ।

विपद्का बेला सहानुभूति व्यक्त गरेर मात्र जिम्मेवारी पूरा नहुने भन्दै अस्पतालले प्रभावितको उद्धार, राहत र पुनःस्थापनामा आफ्नो क्षमताअनुसार योगदान गरेको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!