संगालोखबर

विराटनगर । विराटनगर-४ गणेश चोकमा मध्यराति चोरी गर्न गएका एक पुरुषले घरको तीन तलामाथिबाट खसेर ज्यान गुमाएका छन् । पुरुषोत्तम न्यौपानेको घरमा चोरी गर्न पुगेका पुरुषको गएराति छतबाट खसेर मृत्यु भएको हो । 

छिमेकको अर्को घरबाट माथि चढेका ती व्यक्ति पछि न्यौपानेको घरमा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तीन तलामाथि पुगेका उनी घरधनीले थाहा पाएर हो-हल्ला गर्दा हामफालेर भाग्न खोज्दा गम्भीर घाइते भएका थिए । 

उनको राति १२ः२० बजेतिर घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए । अन्दाजी ३५/४० वर्षीय जस्तो देखिने मृतकको पहिचान खुल्न बाँकी रहेको श्रेष्ठले संगालोखबरसँग बताए । 

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगेको छ । मृतकको पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!