संगालोखबर


विराटनगर । भोटेकोशी बाढीपीडितलाई विराटनगरको विष्णुमाया पुस्तकालय र विष्णुमाया सामुदायिक भवनले सहयोग गरेका छन् । भीषण बाढीले नेपाली र विदेशी नागरिकहरूको ज्यान गएको र राष्ट्रको सम्पत्तिमा अपूरणीय क्षति पुर्याएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।

दुवै संस्थाहरूले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्‍त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । राष्ट्र नै शोकाकुल भएको यस दुःखद घडी तथा राष्ट्रिय संकटको अवस्थामा पुस्तकालय र सामुदायिक भवनबाट संयुक्त रूपमा मनाइने तीजको कार्यक्रम स्थगित गरिएको छ ।

सो कार्यमा लाग्ने सम्पूर्ण खर्च रकम र त्यसमा अपुग रकम थप गरी जम्मा ५१ हजार १ सय १० रुपैयाँ सहयोग गर्ने निर्णय भएको पुस्तकालयले जनाएको छ ।  सो सहयोग स्वरूपको रकम भोटेकोशी नदीबाट प्रताडित भएका बाढीपीडितहरूको उद्धार र सहयोगका लागि प्रधानमन्त्री राहतकोषमा पठाइने पुस्तकालयका कार्यवाहक अध्यक्ष शिवबहादुर कार्कीले बताए ।

उनले पुस्तकालय र सामुदायिक भवन दुवै संस्थाको आज विराटनगरमा बसेको संयुक्त बैठकले प्रधानमन्त्री राहतकोषमा सो रकम पठाउने निर्णय गरेको बताए ।

सामुदायिक भवन व्यवस्थापन समितिका अध्यक्ष दामोदरप्रसाद घिमिरेका अनुसार यसअघिका वर्षहरूमा यी दुवै संस्थाले नेपाली धर्म-संस्कृतिको जगेर्ना र तिनीहरूको संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले तीज मनाउँदै आएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!