
काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको सूचना प्राप्त भएको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको प्रहरीले जनाएको छ ।
चिनियाँ पक्षबाट सूचना आएपछि नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन अनुरोध गरिएको छ । छोचेन खोला र पुरेपु त्रिशूली नदी अन्तर्गतका माथिल्ला सहायक नदीको रूपमा चिनिन्छ ।

यी नदीहरू चीनको तिब्बत स्वायत्त क्षेत्रमा उद्गम भई बग्ने र नेपाल प्रवेश गरेपछि त्रिशूली नदीका मुख्य स्रोत बन्ने गर्छन् । तिब्बतबाट बगेर आउने पुरेपु र छोचेन खोला नेपालको रसुवागढी नजिक प्रवेश गरेपछि भोटेकोशी र त्रिशूली नदी प्रणालीमा गाभिन्छन् ।
बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो । तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान चीनको जलस्रोत मन्त्रालयले गरेको थियो ।

संगालोखबर 














