धनकुटाका सात वटै पालिकामा एमालेले सङ्गठन कमिटी बनाउँदै
धनकुटा । नेकपा एमालेले धनकुटाका सात वटै पालिकामा सङ्गठन कमिटी निर्माण गर्ने भएको छ । पालिका कमिटीहरूको अवधि सकिएकाले अधिवेशनसम्म तत्कालका लागि सात वटै पालिकामा सङ्गठन कमिटी निर्माण गर्न थालिएको हो ।
पाख्रीवास र महालक्ष्मीमा सङ्गठन कमिटी निर्माण भइसकेको छ । अब, छथर जोरपाटी, साँगुरीगढी, चौबिसे, सहिदभूमि र धनकुटा नगरमा सङ्गठन कमिटी निर्माण गरिने एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन ...






























