माल्टामा सडक दुर्घटनामा ज्यान गुमाएकी बरालको शव नेपाल ल्याइने
विराटनगर । माल्टामा सडक दुर्घटनामा ज्यान गुमाएकी गौरी कुमारी बरालको शव नेपाल ल्याइने भएको छ । उनको शव आज माल्टाबाट नेपाल पठाइने भएको हो । एनआरएनए माल्टाका अनुसार बरालको शव शनिबार नेपाल आइपुग्ने छ ।
बर्दिबासकी बराल जनवरी ६ मा दुर्घटनामा परेकी थिइन् । उनको उपचारका क्रममा जनवरी ११ मा मृत्यु भएको थियो । एनआरएनए माल्टाका अनुसार टाउकोमा गहिरो चोट लागेका कारण उनलाई बचाउन नसकिएको हो । २५ वर्षीया बराल २...
































