जनअपेक्षा अनुसार काम गर्न सकिएको छैनः मुख्यमन्त्री कार्की
उदयपुर । प्रदेश सरकारको नेतृत्व गरिरहँदा जनताको अपेक्षाअनुसार काम गर्न नसकेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । उदयपुरस्थित चौदण्डीगढी नगर कमिटीद्वारा शनिबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको जनाउँदै दुःख ब्यक्त गरेका हुन् ।
स्थिर सरकार नभएर फेरबदलको खेल मुख्य जिम्मेवार भएको भन्दै मुख्यमन्त्री कार्कीले कांग्रेससँगको वर्तम...






























