संगालोखबर
फाइल तस्बिर

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आइपुगेकी छन् । भोलिदेखि सुरु हुने उपप्रमुखहरूको राष्ट्रिय सम्मेलनमा सहभागि हुन भण्डारी विराटनगर आएकी हुन् ।

उपप्रमुखहरूको सम्मेलन बाहेक पूर्वराष्ट्रपति भण्डारी कोशी प्रदेशका अन्य कार्यक्रममा पनि सहभागि हुने उनको सचिवालयले जनाएको छ ।

Advertisement

एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा जेठ २४ गते आयोजना गर्ने प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा पनि भण्डारी सहभागि हुनेछिन् ।

सचिवालयका अनुसार अनौपचारिक रूपमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!