संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएका थियो ।

Advertisement

आज चाँदीको मूल्य भने यथावत छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!