संगालोखबर


धनकुटा । नेकपा माओवादी केन्द्र महालक्ष्मी नगर कमिटी धनकुटाको अध्यक्षमा पदम रखाल चयन भएका छन् । शनिबार माओवादी केन्द्र नगर कमिटीको सम्मेलनले रखाललाई अध्यक्षतामा चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा टिकाराम श्रेष्ठ र सानु कार्की चयन भएका छन् । सचिवमा लोकबहादुर नेपाल, सह-सचिवमा लिला गुरुङ र कोषाध्यक्षमा दुर्गा भुजेल चयन भएका छन् ।

Advertisement

कार्यक्रममा नेकपा माओवादी केन्द्र धनकुटा सचिव ओमप्रकाश निरौला, महालक्ष्मी नगर इन्चार्ज दुर्गा कुँवर लगायतको उपस्थिति रहेको थियो ।  

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!