धनकुटाको महालक्ष्मीका कृष्णबहादुरलाई पुर्ख्यौली पेशा नै भरपर्दो

धनकुटाको महालक्ष्मीका कृष्णबहादुरलाई पुर्ख्यौली पेशा नै भरपर्दो

धनकुटा । धनकुटाको महालक्ष्मीका कृष्णबहादुर विश्वकर्मा आफ्नो पुर्ख्यौली पेसाबाट राम्रो आम्दानी गरिरहेका छन् । काठका विभिन्न हस्तकला सामग्रीलाई आधुनिक रूप दिएर उनले मासिक ७० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गा घर भएका विश्वकर्माले धनकुटाको हिलेमा कोसेली घर एण्ड पञ्चकन्या घरेलु ठेकी, तोङ्बाका भाँडा बनाउने उद्योग सञ्चालन गरेका छन् । २०६३ सालमा कामको ख...
धनकुटामा ‘पानी पतिया’ को परिचर्चा

धनकुटामा ‘पानी पतिया’ को परिचर्चा

धनकुटा । धनकुटामा युद्धकवि तथा लेखक काङमाङ नरेश राईको ‘पानी पतिया’ कृतिको परिचर्चा गरिएको छ । बुद्धिजीबी परिषद धनकुटाले आज आयोजना गरेको कार्यक्रममा उक्त कृतिमाथि परिचर्चा गरिएको हो । कृतिमाथि संविधानसभा सदस्य राजकुमार राई र जिल्ला समन्वय समितिका धनकुटाका उपप्रमुख सावित्रा राईले टिप्पणी गरेका थिए । कार्यक्रममा कवि, लेखक, साहित्यकार, विश्लेषक, जनप्रतिनिधि र विभिन्न राजनैतिक दलका प्रतिनिधि सहभागी ...
पाख्रीबासकी क्यान्सरपीडित अस्मितालाई उपचार खर्च अभाव

पाख्रीबासकी क्यान्सरपीडित अस्मितालाई उपचार खर्च अभाव

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–५, स्थित कटहरेकी क्यान्सरपीडित अस्मिता बराइलीलाई उपचारमा समस्या भएको छ । उपचारका लागि आवश्यक पर्ने रकम अभाव हुँदा उनी समस्यामा परेकी हुन् । पाठेघरको मुखको क्यान्सर रोगबाट ग्रसित भएपछि उनी उपचार गराउँदै आएकी छन् । स्थानीय झमक विश्वकर्मा र विमला विश्वकर्माकी छोरी २६ वर्षीया अस्मिता दुई वर्षअघि सामान्य पेट दुखेकाले जिल्ला अस्पताल धनकुटामा जँचाउन आएकी थिइन् । ...
धनकुटाकाे देब्रेबासमा कार दुर्घटना

धनकुटाकाे देब्रेबासमा कार दुर्घटना

धनकुटा । पाख्रीबासबाट धनकुटा सदरमुकाम आउँदै गरेको कार देब्रेबासमा दुर्घटना भएको छ । पाख्रीबास व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमको को २ च १३४१ नम्बरको कार दुर्घटना भएको हो । प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा हुने बैठकमा सहभागी हुन आइरहेका कर्मचारी सवार उक्त कार धनकुटा नगरपालिका–४ देब्रेबासमा २ः२० बजे दुर्घटना भएको हो । सडकबाट करिब २५ मिटर तल खसेर स्थानीयको घरको भित्तामा कार ठोक्किएक...
गंर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय अध्यक्षमा पुनः बराल

गंर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय अध्यक्षमा पुनः बराल

धनकुटा । धनकुटामा रहेको गंर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयको अध्यक्षमा घनश्याम बराल पुनः निर्वाचित भएका छन् । पुस्तकालयको १३औं वार्षिकोत्सव तथा साधारणसभाले उनको नेतृत्वमा कार्यसमिति गठन गरेको हो । कार्यसमिति उपाध्यक्षमा यज्ञप्रकाश चापागाईं र दामोदर मिश्र, महासचिवमा मुकुन्द प्रयास, कोषाध्यक्षमा सुमना तिम्सिना र सचिवमा रविन्द्र नेपाली छन् । सदस्यमा रमेशबहादुर दाहाल, नोकेन्द्रकुमारी रिजाल, ...
भुक्तानी माग्न जाँदा पाख्रीबास नगर प्रमुखले दुर्व्यवहार गरेको आरोप

भुक्तानी माग्न जाँदा पाख्रीबास नगर प्रमुखले दुर्व्यवहार गरेको आरोप

धनकुटा । जालपादेवी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वृषबहादुर राईले आफूलाई पाख्रीबासका नगरप्रमुख ज्ञानबहादुर गुरुङले दुर्व्यवहार गरेको बताएका छन् । पत्रकार सम्मेलन गर्दै उनले आफूलाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरिएको बताएका हुन् । पाख्रीबास नगरपालिका–४ स्थित जालपादेवी क्याम्पसमा नगरबाट आर्थिक वर्ष ०८०/८१ मा १० लाख रुपैयाँ विनियोजन भएको थियो । सोही अनुसार भएको कामबारे कागजी अभिलेखसहित नगरमा ...
धनकुटामा भानुजयन्ती: विभिन्न क्षेत्रमा योगदान दिनेहरू पुरस्कृत

धनकुटामा भानुजयन्ती: विभिन्न क्षेत्रमा योगदान दिनेहरू पुरस्कृत

धनकुटा । २११औं भानु जयन्तीका अवसरमा धनकुटामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्ताकलय धनकुटाले आदिकवि भानुभक्त आचार्यको स्मृतिमा कार्यक्रम आयोजना गरेको हो । त्यस अवसरमा धनकुटा नगरपालिका–५, देवानटारमा रहेको पुस्तकालयले विभिन्न क्षेत्रमा योगदान योगदान दिने ९ जना अग्रज व्यक्तित्वलाई नगदसहित सम्मान गर्यो । कार्यक्रममा दुलव लामिछाने स्मृति छन्द पुरस्कार पाख्रीबास–...
धमाधम बन्द हुँदै कोशी प्रदेशका सामुदायिक रेडियो स्टेसन

धमाधम बन्द हुँदै कोशी प्रदेशका सामुदायिक रेडियो स्टेसन

धनकुटा । कोशी प्रदेशका पहाडी तथा तराईका विभिन्न जिल्लामा सञ्चालित सामुदायिक रेडियो स्टेसनहरु बन्द हुने क्रम बढेको छ । आर्थिक मन्दीलगायत विभिन्न प्रविधिक कारणले पछिल्लो समय रेडियोहरु बन्द हुने क्रम बढेको हो । जनसमुदायमाझ सहज रुपमा पुग्न सक्ने महत्वपूर्ण र प्रभावकारी माध्यम मानिने सामुदायिक रेडियो स्टेसनहरु धमाधम बन्द हुँदा ठूलो समुदाय सुसूचित हुनबाट वञ्चित हुने अवस्था आएको छ । पछिल्लो तथ्यांकअनु...
धनकुटाका किसानले पाएनन् दुधको १३ करोड रुपैयाँ भुक्तानी

धनकुटाका किसानले पाएनन् दुधको १३ करोड रुपैयाँ भुक्तानी

धनकुटा । धनकुटाका दुग्ध किसानले सात महिनादेखि दुधको भुक्तानी पाउन सकेका छैनन् । उनीहरुले १३ करोड रुपैयाँभन्दा बढी रकम पाउन बाँकी छ । दुग्ध विकास संस्थान (डीडीसी) को दुग्ध वितरण आयोजना विराटनगरले दुधको रकम भुक्तानी नदिएपछि उनीहरु समस्यामा परेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा दुध उत्पादक किसानहरु छन् । छथरजोरपाटी गाउँपालिका–१ स्थित हात्तीखर्क दुग्ध उत्पादनक सहकारी संस्था लिमिटेडमा दैनिक १ हजार ...
‘पूर्ण खोप सुनिश्चित जिल्ला’ बन्यो धनकुटा

‘पूर्ण खोप सुनिश्चित जिल्ला’ बन्यो धनकुटा

धनकुटा । धनकुटालाई ‘पूर्ण खोप सुनिश्चित जिल्ला’ घोषणा गरिएको छ । बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चित भएपछि आज एक कार्यक्रमका बीच पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप पाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको जनाइएको छ । कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका...
धनकुटा जिल्ला अदालतले २५ प्रतिशत मुद्दा टुंग्याउन बाँकी

धनकुटा जिल्ला अदालतले २५ प्रतिशत मुद्दा टुंग्याउन बाँकी

  धनकुटा । आर्थिक वर्ष २०८०/८१ मा जिल्ला अदालत धनकुटाले २५ प्रतिशत मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको पाइएको छ । आज अदालतले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै चालु आर्थिक वर्षमा ७५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको जनाएको छ । अदालतले कुल ६६६ मुद्दामध्ये ५०५ वटाको टुंगो लगाएको जनाएको छ । अदालतमा देवानी ४७४, सरकारवादी फौजदारी १३१ र दुनियाँवादी फौजदारी ५७ गरी ६६६ मुद्दा दर्ता भएका थिए । तीमध्ये...
रैथाने खेल जोगाउन जुटे धनकुटाको कोप्चेका युवा

रैथाने खेल जोगाउन जुटे धनकुटाको कोप्चेका युवा

धनकुटा । परम्परागत रुपमा खेलिने रैथाने खेल लोप हुँदै गएपछि यसको संरक्षणमा धनकुटाको कोप्चेका बासिन्दा जुटेका छन् । रैथाने खेल हराउँदै जाँदा सामूहिक सद्भाव र मेलमिलापको भावनामा समेत ह्रास हुँदै गएको भन्दै उनीहरु संरक्षणमा जुटेका हुन् । धनकुटा नगरपालिका–५, कोप्चेमा रहेको सामाजिक विकासका लागि युवाहरुको प्रयास नामक संस्था रैथाने खेल संरक्षणमा लागिपरेको हा् । अहिलेका बालबालिका तथा किशोरकिशोरी इन्टरने...
जीर्ण बन्दै धनकुटाकोे उत्तरपानी बहुप्राविधिक शिक्षालयका संरचना

जीर्ण बन्दै धनकुटाकोे उत्तरपानी बहुप्राविधिक शिक्षालयका संरचना

धनकुटा । धनकुटा नगरपालिका–१०, उत्तरपानीमा रहेको कृषि प्रविधि पढाइ हुने उत्तरपानी बहुप्राविधिक शिक्षालयका भवनलगायत संरचना जीर्ण बन्दै गएका छन् । सम्बन्धित निकायबाट मर्मत सम्भारका लागि बजेट विनियोजन नहुँदा जीर्ण बन्दै गएको हो । उत्तरपानी बहुप्राविधिक शिक्षालय जिल्लाको एकमात्र कृषि प्रविधि पढाइ हुने संस्था हो । २०४० सालमा स्थापना भएको शिक्षालयको करिब ८६५ रोपनी क्षेत्रफल जग्गा छ । त्यहाँ ४७ वटा भवन...
धनकुटामा ६ महिनायता मानवअधिकार उल्लंघनका ५६ घटना

धनकुटामा ६ महिनायता मानवअधिकार उल्लंघनका ५६ घटना

धनकुटा । धनकुटामा गत ६ महिनाको अवधिमा मानवअधिकार उल्लंघनका ५६ वटा घटनाहरु भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाद्वारा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनमा यो तथ्यांक प्रस्तुत गरिएको हो । जनवरीदेखि जुन महिनासम्म भएका मानवअधिकारसँग सम्बन्धित विभिन्न घटनाहरु प्रस्तुत गरिएको थियो । त्यसअनुसार एकजनाको हत्या, दुईजनाको हत्या प्रयास, तीन महिला र पाँचजना बालबालिका बलात्...
धनकुटाका यातायात व्यवसायीको गुनासो, ‘खर्च बढ्दो, आम्दानी घट्दो’

धनकुटाका यातायात व्यवसायीको गुनासो, ‘खर्च बढ्दो, आम्दानी घट्दो’

धनकुटा । धनकुटाका सार्वजनिक यातायात व्यवसायीहरुले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न कठिनाइ भएको गुनासो गरेका छन् । उनीहरुले दोहोरोतेहेरो करले गर्दा थप समस्या भोग्नुपरेको बताएका छन् । कोशी प्रदेशको सुशासन तथा योजना संसदीय समितिले आयोजना गरेको सार्वजनिक यातायात सञ्चालनका समस्या र चुनौती विषयक अन्तरक्रियाका सहभागी व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् । बढ्दो सञ्चालन खर्च र घट्दो आम्दानीले व्यवस...
भेडेटारका व्यवसायीहरूलाई करसम्बन्धी प्रशिक्षण

भेडेटारका व्यवसायीहरूलाई करसम्बन्धी प्रशिक्षण

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा एकदिने करदाता शिक्षा सञ्चालन गरिएको छ । उद्योग वाणिज्य संघ धनकुटा र साँगुरीगढी गाउँपालिकाको संयुक्त आयोजनामा करदाता शिक्षा सञ्चालन गरिएको हो । कार्यक्रममा विभिन्न प्रकारका करसम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा भेडेटार आसपासका होटल सञ्चालक तथा व्यवसायीको सहभागिता थियो । सहभागीहरुले विगतको भन्दा अहिले कर बुझाउन झन्झटिलो प्रक्रिया रहेका...
धनकुटामा असार १५ को रमझम (तस्वीरहरू)

धनकुटामा असार १५ को रमझम (तस्वीरहरू)

धनकुटा । असार १५ का दिन आज धान दिवसका रुपमा धनकुटामा पनि विभिन्न कार्यक्रम गरिएको छ । धनकुटा नगरपालिका–६ स्थित पात्लेमा पञ्चेबाजासहित बेठी लगाएर धान रोपाइँ गरियो । विभिन्न सरकारी निकाय, संघ संस्था, कृषि पर्यटन प्रवर्द्धनमा महिला अभियानलगायत संस्थाको संयुक्त आयोजनामा धान दिवस मनाइएको हो । धनकुटामा रहेको निजामती आवसीय माविका विद्यार्थीहरुले पनि खेतमा धान रोपेर उत्साहका साथ धान दिवस मनाएका थिए । ...
पर्यटन ‘हब’ बन्दै धनकुटा, पूर्वाधारमा लगानी बढाउँदै प्रदेश सरकार

पर्यटन ‘हब’ बन्दै धनकुटा, पूर्वाधारमा लगानी बढाउँदै प्रदेश सरकार

धनकुटा । पूर्वको मनोरम पर्यटकीय गन्तव्य हो– धनकुटाको भेडेटार । यहाँ दैनिक पर्यटकको आवतजावत चलिरहने भएकाले दर्जनौँ होटल व्यवसाय सञ्चालन हुँदै आएका छन् । आन्तरिक तथा बाह्य पर्यटकहरूले भेडेटार दैनिकजसो भरिभराउ हुने गर्दछ । भेडेटारमा पर्यटकलाई आकर्षित गर्न वार्षिक रूपमा खाना महोत्सवको आयोजना समेत गरिँदै आइएको छ । विशेषतः यस क्षेत्रमा भारतीय पर्यटकहरू आउने क्रम बढेको छ । साँगुरीगढी गाउँपालिका–६, स्थ...
धनकुटासहित देशभरिका २६ जिल्लामा कृषि विकासका लागि अनुदान

धनकुटासहित देशभरिका २६ जिल्लामा कृषि विकासका लागि अनुदान

धनकुटा । नेपालका २६ जिल्लामा कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि अनुदान वितरण गरेको जानकारी दिइएको छ । नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाले आज धनकुटामा गरेको एक कार्यक्रममा यो जानकारी दिइएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले २६ जिल्लाअन्र्तगत १ ७१ स्थानीय तहहरुमा ४४७ उप–आयोजनाहरुलाई अनुदान प्रदान गरेको जनाइएको छ । नेपालको कृषि क्षेत्...
धनकुटाका दलित समुदायको गुनासोः राज्यले परम्परागत पेशा संरक्षणमा ध्यान दिएन

धनकुटाका दलित समुदायको गुनासोः राज्यले परम्परागत पेशा संरक्षणमा ध्यान दिएन

धनकुटा । परम्परागत पेशा संरक्षणमा राज्यले ध्यान दिन नसकेको धनकुटाको दलित समुदायका अगुवाहरुले गुनासो गरेका छन् । परम्परागत पेशा संरक्षणमा ध्यान नदिंदा कतिपय स्थानीय उद्योगकरु प्रभावित भएको पनि उनीहरुले बताए । दलित विकास केन्द्र नेपाल र राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशले आयोजना गरेको कार्यक्रमका सहभागीले यस्तो गुनासो गरेका हुन् । दलित समुदायको परम्परागत सीप, कला र संस्कृतिको संरक्षण एवं दलि...
धनकुटाको हिलेका व्यापारीले अनुगमन टोलीलाई सटरभित्र थुनिदिए

धनकुटाको हिलेका व्यापारीले अनुगमन टोलीलाई सटरभित्र थुनिदिए

धनकुटा । धनकुटा नगरपालिका–१ हिलेमा एक व्यापारीले अनुगमनमा गएका टोलीलाई आफ्नो पसलको सटरभित्र थुनिदिएका छन् । शुक्रबार बजार अनुगमनका क्रममा पुगेको टोलीलाई स्थानीय व्यापारी भीमप्रसाद खतिवडाले थुनिदिएका हुन् । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्च लगायतले संयुक्त रुपमा बजार अनुगमन गरेका थिए । खतिवडाको पसलम...
धनकुटाको हिले बजारमा अनुगमनः म्याद गुज्रेका अखाद्य वस्तु जफत

धनकुटाको हिले बजारमा अनुगमनः म्याद गुज्रेका अखाद्य वस्तु जफत

धनकुटा । धनकुटा नगरपालिका–१ स्थित हिले बजारका होटल तथा किराना पसलहरुमा छड्के अनुगमन गरिएको छ । बजार क्षेत्रमा रहेका आधा दर्जनभन्दा बढी होटल तथा पसलहरुमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा बजारका पसलहरुमा म्याद गुज्रेका खाद्य सामान रहेको पाइएको थियो । ती पसलहरुमा भेटिएका म्याद गुज्रेका अखाद्य वस्तु जफत गरिएको छ । उपभोग्य मिति सकिएका खाद्य वस्तु जफत गरी नष्ट गरिएको छ । कतिपय पसलहरुमा मूल्यसूची नर...
धनकुटाको साँगुरीगढीकी क्यान्सरपीडित लिम्बुको उपचारमा सहयोगको अपिल

धनकुटाको साँगुरीगढीकी क्यान्सरपीडित लिम्बुको उपचारमा सहयोगको अपिल

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३, खुवाफोककी रुपमाया लिम्बुको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ । स्तन क्यान्सर रोगबाट ग्रसित भएपछि उपचारमा समस्या भएको भन्दै परिवारले सहयोगको अपिल गरेको हो । स्थानीय भीमबहादुर लिम्बुकी श्रीमती ६० वर्षीया रुपमायाको हाल भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण थप उपचारमा समस्या भएको परिवारले जनाएको छ । उनको एक वर...
तमोर करिडोर सडक कालोपत्रे गर्न सुरू

तमोर करिडोर सडक कालोपत्रे गर्न सुरू

धनकुटा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनसरीको चतरादेखि धनकुटाको मूलघाट हुँदै पाँचथरको गणेश चोकसम्मको सडक कालोपत्रे गर्न थालिएको छ । तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित फलामेटार सडकखण्डमा कालोपत्रेको काम सुरु भएको हो । कालोपत्रेसहित सडक व्यवस्थित गर्नका लागि तत्काल ३० करोड रुपैयाँ विनियोजन भएको जनाइएको छ । उक्त सडक खण्डअन्तर्गत पहिलो चरणमा चौबिसे गाउँपालिका–४ स्थित फ...
स्थानीय उत्पादनको बजारीकरण गरिदिन धनकुटाको चौबिसेका उद्यमीको माग

स्थानीय उत्पादनको बजारीकरण गरिदिन धनकुटाको चौबिसेका उद्यमीको माग

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाका उद्यमीले उत्पादन गरेका वस्तु बजारीकरणमा समस्या भएको गुनासो गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले चौबिसे गाउँपालिकामा गरेको अन्तरक्रिया कार्यक्रममा उद्यमीहरुले यस्तो गुनासो गरेका हुन् । धनकुटाको चौबिसे र साँगुरीगढी गाउँपालिका क्षेत्रमा उद्योगहरुको सम्भावना र अवसर विषयमा उद्यमीहरुसँग बुधबार अन्तरक्रिया गरिएको थियो । सहभागी उद्यमीले स्थानीय उत्पा...
धनकुटाको भेडेटारमा उभौली साकेलाको सांस्कृतिक रमझम

धनकुटाको भेडेटारमा उभौली साकेलाको सांस्कृतिक रमझम

धनकुटा । धनकुटाको भेडेटारमा किरातीहरुको महत्वपूर्ण चाड उभौली साकेलाको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको छ । किरात राई यायोख्खा समिति साँगुरीगढीको आयोजनामा सांस्कृतिक कार्यक्रम गरी उभौली पर्व मनाइएको हो । त्यस अवसरमा किराती समुदायले विभिन्न कला संस्कृति झल्काउने झाँकी, चण्डी नाच प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्वमन्त्री सुदन किरातीको पनि सहभागिता थियो । त्यस अवसरमा उनले भेडेटारलाई प...
सांस्कृतिक उत्सवमा रमाउँदै धनकुटाको किरात समुदाय

सांस्कृतिक उत्सवमा रमाउँदै धनकुटाको किरात समुदाय

धनकुटा । धनकुटामा परम्परागत खानपान, भौलिक भेषभूषा प्रदर्शनी तथा सांस्कृतिक उत्सव सुरु भएको छ । किराँत राई यायोख्खा धनकुटाको आयोजनामा आइतवारदेखि सांस्कृतिक उत्सव सुरु भएको हो । उत्सवको उद्घाटन संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्रकुमार राईले गरेका थिए । उत्सव त्यस अवसरमा विभिन्न जातिका मौलिक सांस्कृतिक नाच प्रस्तुत गरिएको थियो । धनकुटाको तल्लो टुँडिखेलमा किरात संस्कृतिको संरक्षण एवं उभौली पर्...
धनकुटामा किराती समुदायले मनाए उभौली साकेला केलाङ

धनकुटामा किराती समुदायले मनाए उभौली साकेला केलाङ

धनकुटा । धनकुटामा किराती समुदायले आफ्नो दोस्रो महत्वपूर्ण चाड उभौली साकेला केलाङ पर्व सांस्कृतिक उत्सवका रुपमा मनाएका छन् । लेउती जलाधार प्राकृतिक सांस्कृतिक प्रवर्द्धन समिति साँगुरीगढीको आयोजनामा शनिवार यो पर्व मनाइएको हो । साँगुरीगढी गाउँपालिका–१ स्थित साकेला केलाङ पार्कमा भेला भएका किरात समुदायले यो पर्व भव्य रुपमा मनाएका हुन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा कोशी प्रदेश सांसद तथा पूर्वमन्...
सहिद रामकृष्ण श्रेष्ठ फुटबलः झापाको कनकाईले जित्यो उपाधि

सहिद रामकृष्ण श्रेष्ठ फुटबलः झापाको कनकाईले जित्यो उपाधि

धनकुटा । धनकुटामा सम्पन्न सहिद रामकृष्ण श्रेष्ठ चौथो संस्करण महिला फुटबल प्रतियोगिताको उपाधि झापाको कनकाईले हात पारेको छ । बिहिवार भएको फाइनल खेलमा धनकुटालाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि चुमेको हो । तल्लो टुँडिखेलमा भएको खेलको पहिलो हाफको २०औं मिनेटमा धनकुटाकी मनिता तामाङले गोल गर्दै खेललाई अग्रता दिलाइन् । दोस्रो हाफको पहिलो मिनेटमा झापाकी जेनिफर मगरले गोल गर्दै खेललाई ...
धनकुटा र कनकाई फाइनलमा भिड्ने पक्का

धनकुटा र कनकाई फाइनलमा भिड्ने पक्का

धनकुटा । धनकुटा नगरपालिका यहाँ जारी सहिद रामकृष्ण श्रेष्ठ चौथो संस्करण महिला फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा छथरजोरपाटी गाउँपालिकालाई ० का विरुद्ध ३ गोलले हराउँदै धनकुटा उपाधिनजिक पुगेको हो । धनकुटाका लागि पहिलो हाफको १८ मिनेट र दोस्रो हाफको ३ मिनेटमा सन्जु तामाङले गोल गरिन् । २० मिनेटमा विपना राईले थप एक गोल गरी आफ्नो टिमलाई विजयी बनाउन सफल भइन् । खेल...
धनकुटाको पाख्रीबासकी मिर्गौला पीडितद्वारा सहयोगको अपिल

धनकुटाको पाख्रीबासकी मिर्गौला पीडितद्वारा सहयोगको अपिल

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–४ की अनिशा कार्कीले आफ्नो उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेकी छन् । दुवै मिर्गौला ‘फेल’ भएपछि उपचारमा समस्या भएका कारण उनले सहयोगको अपिल गरेकी हुन् । स्थानीय कुलबहादुर कार्की र कमला बरुवालकी छोरी २५ वर्षीया अनिशाको दुबै मिर्गौलामा खराबी आएपछि हाल पाटन हस्पिटलमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण थप उपचारमा समस्या भएको उनले बताएकी छन् । कार्की करि...
error: Content is protected !!