धनकुटामा महिला फुटबलः कनकाई नगर सेमिफाइनलमा

धनकुटामा महिला फुटबलः कनकाई नगर सेमिफाइनलमा

धनकुटा । झापाको कनकाई नगरपालिका धनकुटामा जारी सहिद रामकृष्ण श्रेष्ठ चौथो संस्करण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा धनकुटाको साँगुरीगढी गाउँपालिकालाई ० का विरुद्ध ६ गोलले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको ३ मिनेटमा कनकाईकी प्रतीक्षा राईले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । ८ मिनेटमा कनकाईकै जेनिफोर रानामगरले गोल गरिन् भने टिम...
महिला फुटबलः धनकुटा सेमिफाइनलमा प्रवेश

महिला फुटबलः धनकुटा सेमिफाइनलमा प्रवेश

धनकुटा । धनकुटामा जारी चौथो संस्करण सहिद रामकृष्ण श्रेष्ठ कोशी प्रदेशस्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सोमबार भएको दोस्रो खेलमा विजयी हुँदै धनकुटा नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । पाख्रीवास नगरपालिकालाई ० का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै धनकुटा सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको दोस्रो हाफको २५औँ मिनेटमा धनकुटाकी जर्सी नम्बर १२ की खेलाडी मनिता तामाङले १ गोल गरी खेल गरेकी ...
धनकुटामा महिला फुटबलः छथरजोरपाटीको विजयी सुरुआत

धनकुटामा महिला फुटबलः छथरजोरपाटीको विजयी सुरुआत

धनकुटा । धनकुटामा सुरु भएको सहिद रामकृष्ण श्रेष्ठ कोशी प्रदेशस्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगितामा छथरजोरपाटी गाउँपालिकाले विजयी सुरुवात गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकालाई टाइब्रेकरमा १–० गोल अन्तरले पराजित गर्दै छथरजोरपाटी सेमिफाइनलमा प्रवेश गरेको हो । आइतबार भएको उद्घाटन खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा छथरजोरपाटीकी ९ नम्बर जर्सीकी ...
धनकुटामा विद्यालयस्तरीय क्रिकेटः शितलादेवी र गोकुण्डेश्वर विजयी

धनकुटामा विद्यालयस्तरीय क्रिकेटः शितलादेवी र गोकुण्डेश्वर विजयी

धनकुटा । धनकुटामा भएको अन्तर–विद्यालय महिला तथा पुरुष टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खेलमा शितलादेवी माध्यमिक विद्यालय पाख्रीबासले उपाधि हात पारेको छ । बालसंसार आवासीय माविलाई १४७ रनले पराजित गर्दै शितलादेवीले उपाधि हात पारेको हो । धनकुटाको तल्लो टुँडिखेलमा भएको फाइनल खेलमा शितलादेवीले प्रस्तुत गरेको १८२ रनको लक्ष्य बालसंसारले निर्धारित २० ओभरमध्ये १० ओभरमा अलआउट हुँदै ३४ रनमा सी...
धनकुटाबाट प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताका लागि चारजना छानिए

धनकुटाबाट प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताका लागि चारजना छानिए

धनकुटा । प्रदेशस्तरीय वुद्धिचाल प्रतियोगिताका लागि धनकुटाबाट चारजना छनौट भएका छन् । बुधबार र बिहीबार धनकुटामा भएको खेलबाट फाइनलमा पुगेका २ महिला र २ पुरुष खेलाडी छनोट भएका हुन् । प्रतियोगिताबाट १५ वर्षभन्दा मुनिका खेलाडी छनौट गरिएको हो । आगामी जेठ ३०, ३१ र ३२ गते पोखरामा सञ्चालन हुने बुद्धिचाल प्रतियोगिताका लागि धनकुटामा खेलाडी छनोट सकिएको छ । छनोट भएकामा पुरुषतर्पm आयान श्रेष्ठ र मिल्सन राई तथ...
आयोजकलाई हराउँदै सल्हेश युथ क्लबले जित्यो रारा गोल्डकपको उपाधि

आयोजकलाई हराउँदै सल्हेश युथ क्लबले जित्यो रारा गोल्डकपको उपाधि

धनकुटा । धनकुटाको राजारानीमा सम्पन्न ११औं रारा गोल्डकपको उपाधि सिरहाको सल्हेश युथ क्लबले जितेको छ । चौबिसे गाउँपालिका–६ स्थित पुण्य माविको खेल मैदानमा भएको फाइनलमा आयोजक रारा क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सिरहाले उपाधि हात पारेको हो । खेलको २५औँ मिनेटमा राराका प्रदिप भण्डारीले पहिलो गोल गरेका थिए । ५५औँ मिनेटमा सल्हेशका खेलाडी फागुराम थारुले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्...
धनकुटाको सल्लेरी बन क्षेत्रमा आगलागी, निभाउने प्रयास जारी

धनकुटाको सल्लेरी बन क्षेत्रमा आगलागी, निभाउने प्रयास जारी

धनकुटा । धनकुटा नगरपालिका–६ मा पर्ने सल्लेरी बन क्षेत्रमा आगलागी भइरहेको छ । आँखा अस्पतालभन्दा अलि मास्तिरको क्षेत्रमा आगलागी भएको हो । दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको छ । नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाउने प्रयासमा लागिरहेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
रारा गोल्डकपको उपाधिका लागि सिरहा र आयोजक भिड्दै

रारा गोल्डकपको उपाधिका लागि सिरहा र आयोजक भिड्दै

धनकुटा । धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकपको उपाधि कसले हात पार्छ भन्ने टुंगो बुधबार लाग्दैछ । प्रतियोगिताको फाइनल खेलमा सिरहाको सलहेश युथ क्लब र आयोजक रारा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । चौबिसे गाउँपालिका–६ राजारानीस्थित पुण्य माविको खेलमैदानमा दिउँसो २ बजे दुवै टिम उपाधि कब्जा गर्ने लक्ष्यसहित उत्रँदैछन् । उपाधि जित्ने टिमले ५ लाख रुपैयाँसहित ट्रफी हात पार्नेछ । साबिक विजेता सल...
रारा गोल्डकपः सलहेश क्लब सिरहा फाइनलमा

रारा गोल्डकपः सलहेश क्लब सिरहा फाइनलमा

धनकुटा । सलहेश युथ क्लब सिरहा धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा बिर्तामोड युनाइटेड क्लब झापालाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै साबिक विजेता सलहेश युथ क्लब उपाधि नजिक पुगेको हो । चौबिसे गाउँपालिका–६ राजारानीस्थित मैदानमा भएको खेलको ३२औं मिनेटमा सलहेशका आदित्य शाक्यले गोल गरेका थिए । त्यस्तै, खेलको ६२ औ...
धनकुटामा ट्याक्टर दुर्घटना: एकजनाको मृत्यु, १९ घाइते (अपडेट)

धनकुटामा ट्याक्टर दुर्घटना: एकजनाको मृत्यु, १९ घाइते (अपडेट)

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–४, पाथीभरा डाँडानजिक भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका चारजना घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । सिधुवाबाट मलामी लिएर त्रिवेणी घाटतर्फ जा...
रारा गोल्डकपः आयोजक रारा फुटबल क्लब उपाधिनजिक

रारा गोल्डकपः आयोजक रारा फुटबल क्लब उपाधिनजिक

धनकुटा । आयोजक रारा फुटबल क्लब धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ । सोमवार भएको पहिलो सेमिफाइनल खेलमा मोरङको डाँगीहाट युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै आयोजक उपाधिनजिक पुगेको हो । चौबिसे गाउँपालिका–६ राजारानीस्थित पुण्य माविको खेलमैदानमा भएकोे खेलमा आयोजकले घरेलु दर्शकको राम्रो साथ पाएको थियो । खेलको ३६औँ मिनेटमा राराका शिशिर लेखीले गोल गरी...
रारा गोल्डकपः पहिलो सेमिफाइनलमा मोरङ र आयोजक भिड्दै

रारा गोल्डकपः पहिलो सेमिफाइनलमा मोरङ र आयोजक भिड्दै

धनकुटा । धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार पहिलो सेमिफाइनलमा डाँगीहाट युथ क्लब मोरङ र आयोजक रारा फुटबल क्लब भिड्दै छन् । यी दुवै टिम फाइनलमा पुग्ने लक्ष्यसाथ चौबिसे गाउँपालिका–६ स्थित पुण्य माविको खेल मैदानमा दिउँसो ३ बजे उत्रँदैछन् । धनकुटाको डाँडाबजार युथ क्लबलाई ५–१ गोलले पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा पुगेको हो । यस्तै, भोजपुर फुटबल क्लबलाई ३–२ ग...
रारा गोल्डकपः सिरहाको सलहेश युथ क्लब सेमिफाइनलमा

रारा गोल्डकपः सिरहाको सलहेश युथ क्लब सेमिफाइनलमा

धनकुटा । धनकुटाको राजारानीमा जारी ११औँ संस्करण रारा गोल्डकपअन्तर्गत आइतबार भएको खेलमा विजयी हुँदै सिरहाको सल्हेश युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । चौबिसे गाउँपालिका–६ स्थित पुण्य मावि राजारानीको खेलमैदानमा भएको खेलमा सुनसरीको गोल्डेन स्टारलाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै सल्हेश सेमिफाइनलमा प्रवेश गरको हो । पहिलो हाफको ८ मिनटमा सल्हेश युथ क्लबका जर्सी नम्बर १४ का खेलाडी अर्मन विज...
रारा गोल्डकपमा आज सिरहा र सुनसरी भिड्दै

रारा गोल्डकपमा आज सिरहा र सुनसरी भिड्दै

धनकुटा । धनकुटाको राजारानीमा जारी ११औँ संस्करणको रारा गोल्डकप अन्तर्गत आइतबार सिरहाको सलहेश युथ क्लब र सुनसरी गोल्डेन स्टार युथ क्लबबीच खेल हुँदैछ । खेल चौबिसे गाउँपालिकाको राजारानीस्थित पुण्य माविको खेलमैदानमा ३ बजे सुरु हुनेछ । सलहेश र गोल्डेन स्टार बीचको यो पहिलो चरणको अन्तिम खेल हो । प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल सोमबार डाँगीहाट युथ क्लब मोरङ र आयोजक रारा फुटबल क्लबबीच हुनेछ । दो...
रारा गोल्डकपः भोजपुरलाई हराउँदै आयोजक सेमिफाइनलमा

रारा गोल्डकपः भोजपुरलाई हराउँदै आयोजक सेमिफाइनलमा

धनकुटा । आयोजक रारा फुटबल क्लब धनकुटाको राजारानीमा जारीे रारा गोल्डकप फुटबल प्रयिोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको तेस्रो खेलमा भोजपुर फुटबल क्लबलाई ३–२ गोलले पराजित गर्दै आयोजक क्लबले अन्तिम चारमा स्थान बनाएको हो । खेलको १९औँ र ४८औँ मिनटमा भोजपुर फुटबल क्लबका निशान लिम्बूले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ६६औँ मिनटमा राराका ग्लोरीले गोल गर्दै खेल २–१ गोलको अवस्थामा पुर्याए ...
गोर्खा रारा गोल्डकपः बिर्तामोड सेमिफाइनलमा

गोर्खा रारा गोल्डकपः बिर्तामोड सेमिफाइनलमा

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब धनकुटाको राजारानीमा जारी ११औँ गोर्खा रारा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा रियल स्टार युथ क्लब हेटौंडालाई ४–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको हो । चौबिसे गाउँपालिका–६ स्थित पुण्य माविको खेल मैदानमा भएको खेलको दोस्रो मिनटमै बिर्तामोडका जर्सी नम्बर ९ का आशीष चापागाईँले ...
धनकुटाको चौबिसेमा रारा गोल्डकप सुरु, डाँगीहाटको विजयी सुरुवात

धनकुटाको चौबिसेमा रारा गोल्डकप सुरु, डाँगीहाटको विजयी सुरुवात

धनकुटा । धनकुटाको चौबिसेमा सुरु भएको ११औँ गोर्खा रारा फुटबल प्रतियोगितामा मोरङको डाँगीहाट फुटबल क्लबले विजयी सुरुवात गरेको छ । बिहिवार भएको उद्घाटन खेलमा डाँडाबजार एफसी धनकुटालाई ५–१ ले पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा प्रवेश गरेको हो । चौबिसे गाउँपालिका–६ स्थित पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिताको उद्घाटन चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले गरेका थिए । डाँगीहाटका जर्...
धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरू

धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरू

धनकुटा । धनकुटामा बुधबारदेखि प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवं फुड फेष्टिबल–२०८१ सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा मेला आयोजना गरेको हो । मेलाको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पानसका दीप प्रज्वलन तथा रिवन काटेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले धनकुटामा एक सय शैय्याको अस्प...
धनकुटामा ७ हजारभन्दा बढी बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइने

धनकुटामा ७ हजारभन्दा बढी बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइने

धनकुटा । धनकुटामा आगामी जेठ १३ देखि १६ गतेसम्म पोलियो विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय धनकुटाले कार्यक्रमको आयोजना गरी जिल्लामा खोप सञ्चालन हुने जानकारी दिएको हो । अभियानका क्रममा जिल्लामा ७ हजार ३ सय ५३ जना बालबालिकाहरुलाई लगाइनेछ । धनकुटाका सातवटै पालिकामा चार दिनसम्म चल्ने अभियानका लागि विभिन्न स्थानमा ३२० वटा खोप केन्द्र छन् । ५ देखि ८ वर्षका बालबालिकालाई लगाईने...
धनकुटामा बजार अनुगमन: म्याद गुज्रेका सामान भेटियो

धनकुटामा बजार अनुगमन: म्याद गुज्रेका सामान भेटियो

धनकुटा । धनकुटा नगरपालिका–६ र ७ वडाका किराना पसल तथा हार्डवेयर पसलहरुमा अनुगमन गरी ४७ हजार रुपैयाँभन्दा बढीको सामान जफत गरिएको छ । आज मंगलबार बजार क्षेत्रमा रहेका आधा दर्जनभन्दा पसलहरुमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा बजारमा म्याद गुज्रेका खाद्य सामान पाइएको थियो । त्यस्तै, बढी मूल्य लिएको गुनासोका आधारमा धनकुटा बजारमा रहेका केही किराना पसल, डिलर, ग्यास डिलर, हार्डवेयर पसलहरुको अनुगमन गरिएक...
झापाले जित्यो भीमनारायण गोल्डकपको उपाधि

झापाले जित्यो भीमनारायण गोल्डकपको उपाधि

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब यहाँ आज सम्पन्न शहीद भीमनारायण गोल्डकपको च्याम्पियन बनेको छ । विभागीय टिम सशस्त्र प्रहरीको एपीएफलाई ३–० गोल अन्तरले हराउँदै झापाले उपाधि चुमेको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफ सुरु भएको छैटौं मिनटमा झापाका आशिष चापागाईंले गोल गर्दै आफ्नो टिमका लागि खाता खोलेका थिए । एक गोलको अग्रता पाएपछि...
भीमनारायण गोल्डकपको उपाधि हात पार्न एपीएफ र झापा आमनेसामने हुँदै

भीमनारायण गोल्डकपको उपाधि हात पार्न एपीएफ र झापा आमनेसामने हुँदै

धनकुटा । धनकुटामा जारी शहीद भीमनारायण गोल्डकपको उपाधि पाउने टिमको आज टुंगो लाग्दैछ । उपाधि हात पार्न फाइनल खेलमा दुई बलिया टिम भिड्दैछन् । धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो २ बजे हुने खेलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ र झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब आमनेसामने हुनेछन् । झापाले हिजो अन्तिम सेमिफाइनल खेलमा आयोजक धनकुटालाई ० का विरुद्ध ३ गोल अन्तरले निराश पार्दै फाइनल यात्रा तय गरेको ह...
आयोजकलाई निराश पार्दै झापा भीमनारायण गोल्डकपको फाइनलमा

आयोजकलाई निराश पार्दै झापा भीमनारायण गोल्डकपको फाइनलमा

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब यहाँ जारी शहीद भीमनारायण गोल्डकप फुटबलको उपाधिनजिक पुग्न सफल भएको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक धनकुटालाई ३–० गोलले निराश पार्दै झापा फाइनलमा पुगेको हो । आज विजयी हुँदै बिर्तामोड युनाइटेडले विभागीय टिम सशस्त्र प्रहरीको एपीएफसँग फाइनलमा भेट पक्का गरेको छ । बिर्तामोड युनाइटेडले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो । बिर्तामोडका जर्सी नम्...
भीमनारायण गोल्डकपको फाइनलमा पुग्न झापा र आयोजक भिड्दै

भीमनारायण गोल्डकपको फाइनलमा पुग्न झापा र आयोजक भिड्दै

धनकुटा । धनकुटामा जारी १६औँ संस्करण शहीद भीमनारायण गोल्डकपको अन्तिम सेमिफाइनल खेल आज हुँदैछ । आज हुने खेलमा फाइनलमा पुग्ने लक्ष्यसाथ झापाको बिर्तामोड युनाइटेड क्लब र आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानको टिम मैदानमा उत्रँदै छन् । धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ३ बजेपछि दुई टिम आमनेसामने हुनेछन् । आजको खेलको विजेताले भोलि विभागीय टिम एपीएफसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । त्यसैले पनि आ...
विभागीय टिम एपीएफ भीमनारायण गोल्डकपको फाइनलमा

विभागीय टिम एपीएफ भीमनारायण गोल्डकपको फाइनलमा

धनकुटा । धनकुटामा जारी भीमनारायण गोल्डकपको आजको पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ फाइनल प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लव सुनसरीलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै एपीएफ उपाधिनजिक पुगेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको मध्यान्तरपछि आक्रामक...
भीमनारायण गोल्डकपः पहिलो सेमिफाइनलमा भिड्दै सुनसरी र एपीएफ

भीमनारायण गोल्डकपः पहिलो सेमिफाइनलमा भिड्दै सुनसरी र एपीएफ

धनकुटा । धनकुटामा जारी १६ औँ संस्करणको शहीद भीमनारायण गोल्डकप अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा राष्ट्रिय जागृति क्लब सुनसरी र सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं भिड्दै छन् । धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ३ बजेपछि यी दुई टिम प्रतिस्पर्धामा उत्रने छन् । मोरङको फोरस्टार युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै एपीएफ सेमिफाइनलसम्म आइपुगेको हो । त्यस्तै, बुटबल लुम्बिनी फुटबल क्लब बुटबललाई ...
आयोजक टिम भीमनारायण गोल्डकपको सेमिफाइनलमा

आयोजक टिम भीमनारायण गोल्डकपको सेमिफाइनलमा

धनकुटा । आयोजक धनकुटा टिम यहाँ जारी शहीद भीमनारायण गोल्डकप फुटबलको अन्तिम चारमा प्रवेश गरेको छ । आज भएको खेलमा सिरहाको सहलेस युवा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आयोजक सेमिफाइनल पुग्न सफल भएको हो । आयोजक टिमका तर्फबाट दोस्रो हाफको २५ औँ मिनेटमा जर्सी नम्बर १० का खमिर गिल्सन कन्दङ्वाले गोल गरेका थिए । उनको त्यही गोल आजको खेलका लागि निर्णायक बन्यो । आजको खेलमा बेस्ट किपरका रुपमा आयोजक टिमका ...
धनकुटामा ४ विद्यार्थीलाई छात्रवृत्ति, विपन्न २१ परिवारलाई राहत

धनकुटामा ४ विद्यार्थीलाई छात्रवृत्ति, विपन्न २१ परिवारलाई राहत

धनकुटा । धनशोभा राई स्मृति सेवा केन्द्रद्वारा ४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । यसैगरी, विपन्न २१ परिवारलाई राहत वितरण गरिएको छ । केन्द्रको दशौं स्मृति दिवस अवसरमा बुधबार राहत तथा छात्रवृत्ति वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले राहत तथा छात्रवृत्ति हस्तान्तरण गरेका थिए । उत्कृष्ट अंकसहित कक्षा ९ बाट १० मा गएका ४ जना विद्यार्थीहरुला...
भीमनारायण गोल्डकपमा आज आयोजक धनकुटा र सिरहा भिड्दै

भीमनारायण गोल्डकपमा आज आयोजक धनकुटा र सिरहा भिड्दै

धनकुटा । धनकुटामा जारी १६ औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज आयोजक टिम धनकुटा र सल्हेस फुटबल क्लब सिरहा भिड्दै छन् ।  खेल दिउँसो ३ बजेबाट तल्लो टुँडिखेलमा सुरु हुनेछ । प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल भोलि विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौं र राष्ट्रिय जागृति क्लब सुनसरीबीच हुनेछ । यी दुई टिमबीचको प्रतिस्पर्धा कडा हुने देखिन्छ । त्यस्तै, दोस्र...
सुनसरीको राष्ट्रिय जागृति क्लब भीमनारायण गोल्डकपको सेमिफाइनलमा

सुनसरीको राष्ट्रिय जागृति क्लब भीमनारायण गोल्डकपको सेमिफाइनलमा

धनकुटा । सुनसरीको राष्ट्रिय जागृति क्लब धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा राष्ट्रिय जागृतिले बुटवल लुम्बिनी फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । खेलको १६ औँ मिनेटमा राष्ट्रिय जागृतिका जर्सी नम्बर ७ का उमेश राईले गोल गरेका थिए । यसैगरी, दोस्रको हाफमा थपिएको ३ मिनेटको समयमा बुटवल लुम्ब...
भीमनारायण गोल्डकप : आर्मीलाई हराउँदै बिर्तामोड सेमिफाइनलमा

भीमनारायण गोल्डकप : आर्मीलाई हराउँदै बिर्तामोड सेमिफाइनलमा

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बिर्तामोड युनाइटेडले त्रिभुवन आर्मी क्लबलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । गोल गर्ने केही अवसरहरु पाए पनि दुवै टिमबाट गोल हुन सकेन । खेलको दोस्रो हाफको ३१ औँ मिनटमा...
error: Content is protected !!