धनकुटामा बढ्यो तरकारी उत्पादन

धनकुटामा बढ्यो तरकारी उत्पादन

धनकुटा । धनकुटामा तरकारी उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा तरकारी उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषकहरू व्यवसायिक कृषि कर्ममा लाग्ने क्रम बढेपछि तरकारी उत्पादन वृद्धि भएको पाइएको हो । गत आर्थिक वर्ष १ लाख ३७ हजार ४ सय ४८ मेट्रिकटन तरकारी उत्पादन भएको छ । त्यस अघिको वर्ष १ लाख ३३ हजार ५ सय ९५ दशमलव ५० मेट्रिक टन तरकारी उत्पादन भएको क...
धनकुटाको सिधुवामा बन्यो स्रोत केन्द्रसहितको सामुदायिक पुस्तकालय

धनकुटाको सिधुवामा बन्यो स्रोत केन्द्रसहितको सामुदायिक पुस्तकालय

धनकुटा । धनकुटाको सिधुवामा सिधुवा छथर जोरपाटी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सञ्चालनमा आएको छ । शनिबार पुस्तकालय दिवसको अवसरमा उक्त केन्द्रको उद्घाटन गरियो । छथरजोरपाटी गाउँपालिका–६, सिधुवा बजारमा निर्माण भएको पुस्तकालय जापानी राजदूतावासका मिसन उपप्रमुख ताकाहिरो तामुरा र छथारजोरपाटी गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले संयुक्त रुपमा उद्‌घाटन गरेका थिए । उक्त पुस्तकालय जापान सरकार र ...
जसपा साँगुरीगढी गाउँ समिति अध्यक्षमा खड्ग आङ्गला

जसपा साँगुरीगढी गाउँ समिति अध्यक्षमा खड्ग आङ्गला

धनकुटा । जनता समाजपादी पार्टी (जसपा) नेपालको साँगुरीगढी गाउँ समिति अध्यक्षमा खड्ग आङ्ला चयन भएका छन् । आङ्लाको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति पुनर्गठन गरिएको हो । उपाध्यक्षमा भीम लिम्बू र पुनम लिम्बू राई छन् भने सचिवमा सुरेश याम्फू, सहसचिव नरेन्द्र लिम्बू र कोषाध्यक्षमा सुबोध इबाहाङ्ग चयन भएका छन् । यसैगरी, समितिको सदस्यहरूमा दुर्गाप्रसाद थेगिम, संगीता लिम्बू, सुमन लिम्बू, रजुला राई, हे...
श्रीकृष्ण जन्माष्टमीः धनकुटामा र्‍याली

श्रीकृष्ण जन्माष्टमीः धनकुटामा र्‍याली

धनकुटा । श्रीकृष्ण जन्माष्टमीका अवसरमा धनकुटामा विविध कार्यक्रम आयोजना गरिएको छ । विश्व हिन्दु परिषद् नेपाल र राधाकृष्ण मन्दिर व्यवस्थापन समिति धनकुटाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । यसै अवसरमा भीमनारायण चोकबाट र्‍याली निकालिएको थियो । र्‍याली भीमसेनथान, निशान मन्दिर, परिचय मोड, कोशी ग्यास र हुलाक टोल हुँदै बजारका विभिन्न भाग परिक्रमा गरी जिरो प्वाइन्टमा रहेको राधाकृष्ण मन्दिरमा प...
धनकुटामा बोलेरो गाडी दुर्घटनाः दुईजना घाइते (अपडेट)

धनकुटामा बोलेरो गाडी दुर्घटनाः दुईजना घाइते (अपडेट)

धनकुटा । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डमा पर्ने धनकुटा नगरपालिका–६ फोकल्याण्ड टापु नजिक बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा दुईजना बालबालिका घाइते भएका छन् । संखुवासभाको मादीबाट सुनसरीको इटहरीतर्फ गइरहेको को १ ज २१३७ नम्बरको गाडी दिउ“सो साढे १ बजे ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था साम...
धनकुटामा बढ्यो आँप उत्पादन

धनकुटामा बढ्यो आँप उत्पादन

धनकुटा । धनकुटामा आँप उत्पादन बढेको छ । अघिल्ला वर्षहरूको तुलनामा गत आर्थिक वर्ष आँप  उत्पादन वृद्धि भएको हो । धनकुटामा ५९ हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/०८० मा ५४ हेक्टर क्षेत्रफलमा आँप खेती गरेका किसानले १ सय ५९ मेट्रिक टन आँप उत्पादन गरेका थिए । गत आर्थिक वर्ष २०८०/०८१ मा आँप उत्पादन बढेर २ सय १८ दशमलब ३ मेट्रिक टन पुगेको कृषि...
धनकुटामा मनाइयो रोपाइँजात्रा

धनकुटामा मनाइयो रोपाइँजात्रा

धनकुटा । गाईजात्राको भोलिपल्ट मनाइने रोपाइँजात्रा आज धनकुटामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । धनकुटा बजार क्षेत्रमा प्रतीकात्मक रुपमा रोपाइँ गरी यो जात्रा मनाइएको हो । हातमा बीउ लिएका रोपाहार र कोदाली बोकेर युवकहरु रोपाइँ जात्रामा निस्केका थिए । खेतमा गोरु नारेजसरी मान्छेलाई गोरुको स्वरुप जस्तै बनाई बाटोमा हिँडाइएको थियो । पुरुषले महिलाको र महिलाले पुरुषको पोशाक लगाएर जात्रामा सहभागी ...
धनकुटामा विभिन्न कार्यक्रम गरी मनाइयो गाईजात्रा

धनकुटामा विभिन्न कार्यक्रम गरी मनाइयो गाईजात्रा

धनकुटा । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज धनकुटामा पनि मनाइएको छ । धनकुटासहित देशका विभिन्न ठाउँमा बसोवास गर्ने नेवार समुदायले विभिन्न कार्यक्रम आयोजना गरी यो पर्व मनाइरहेका छन् । गाईजात्रा पर्व विशेषगरी एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइन्छ । गाई वा मानिसलाई गाईका रूपमा सिँगारी जात्रामा सहभागी गराउने चलन छ । धनकुटाको श्रीवा...
पार्टी आमूल परिवर्तनका लागि अघि बढेको छः एमाले उपाध्यक्ष बराल

पार्टी आमूल परिवर्तनका लागि अघि बढेको छः एमाले उपाध्यक्ष बराल

धनकुटा । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बरालले पार्टी आमूल परिवर्तनका लागि अघि बढिरहेको बताएका छन् । पार्टी जिल्ला समितिको तेस्रो पूर्ण बैठक तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका उनले आज यस्तो बताएका हुन् । एमाले सुधारवादी नभई सुधारको कामले रूपान्तरण गर्ने पार्टी भएको बरालले बताए । ‘पार्टी सुधारवादमा नभई आमूल परिवर्तनमा लागिपर्छ’ बरालले भने । समग्र नेपाली जनताको आर्थि...
पहिरो खसेपछि धनकुटाको सेउले-मधुगंगा ग्रामीण सडक अवरुद्ध

पहिरो खसेपछि धनकुटाको सेउले-मधुगंगा ग्रामीण सडक अवरुद्ध

धनकुटा । धनकुटा नगरपालिका–३ स्थित चिउरीबोटे नजिक पहिरो खसेपछि सेउले–मधुगंगा ग्रामीण सडक अवरुद्ध भएको छ । गएराति सडक माथिबाट पहिरो खस्दा पैदल हिँड्न समेत समस्या भएको छ । सवारी साधन सञ्चालन हुन सकेको छैन । सेउले र चिउरीबोटे बीचको खहरे खोला माथिबाट खसेको पहिरोले करिब ५० मिटर सडक क्षति पुगेको स्थानीय चेतनाथ वाग्लेले बताए । पहिरोका कारण स्थानीयले उत्पादन गरेका कृषिजन्य सामग्री बजार पुर्याउन पनि कठिन...
धनकुटामा एक वर्ष अवधिमा ५३ जनाले गरे आत्महत्या

धनकुटामा एक वर्ष अवधिमा ५३ जनाले गरे आत्महत्या

धनकुटा । धनकुटामा गत आर्थिक वर्ष २०८०/०८१ मा ५३ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी झुन्डिएर आत्महत्या गरेको तथ्याङ्क छ । आत्महत्या गर्नेहरू मध्ये पुरुष ३५, महिला १२, बालक ३ र बालिका ३ जना छन् । त्यस्तै, विष सेवन गरी ७ जनाले आत्महत्या गरेका छन् । तीमध्ये पुरुष ६ र महिला एकजना छन् । आफैँलाई आगो लगाएर एकजना पुरुषले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।  झुन्ड...
धनकुटाको कुरुलेमा वर्षाको पानी जम्मा गर्न पोखरी, कृषि कर्मलाई सजिलो

धनकुटाको कुरुलेमा वर्षाको पानी जम्मा गर्न पोखरी, कृषि कर्मलाई सजिलो

धनकुटा । कुनै समय खानेपानीको समस्या हुँदा बस्ती नै विस्थापित भएको धनकुटा कुरुलेस्थित बन्दुकेडाँडा अचेल हराभरा हुँदै गएको छ । सुख्खाग्रस्त यो ठाउँमा पोखरी निर्माण गरिएपछि हरियाली बढ्न थालेको हो । चौबिसे गाउँपालिका–३, कुरुलेस्थित बन्दुके डाँडामा पोखरी निर्माण भएसँगै अवस्था फेरिन थालेको स्थानीय बासिन्दाले बताए । कृषिसम्बन्धी गतिविधि गर्दै आएको तमोर पर्माकल्चर नामक संस्थाले बन्दुके डाँडामा पोखरी नि...
धनकुटा बजारमा म्याद गुज्रेका सामान, जफतपछि नष्ट गरियो

धनकुटा बजारमा म्याद गुज्रेका सामान, जफतपछि नष्ट गरियो

धनकुटा । धनकुटा बजार क्षेत्रका किराना पसल तथा होटलमा छड्के अनुगमन गरिएको छ । बजारका आधा दर्जनभन्दा बढी पसल तथा होटलमा आज अनुगमन गरिएको हो । धनकुटा नगरपालिका-७ का ५ वटा किराना पसल र ४ वटा होटलको अनुगमन गरिएको हो । अनुगमनका क्रममा ८ हजार २ सय ८५ रुपैयाँभन्दा बढीको सामान जफत गरिएको छ । अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्यवस्तु नष्ट गरिनुका साथै मूल्यसूची अनिवार्य टाँस गर्न निर्देशन दिइएको छ ...
धनकुटाको विश्रान्ति मन्दिरमा साउनको अन्तिम सोमबार श्रद्धालुको भीड

धनकुटाको विश्रान्ति मन्दिरमा साउनको अन्तिम सोमबार श्रद्धालुको भीड

धनकुटा । आज साउन महिनाको अन्तिम सोमबार धनकुटाको विश्रान्ति मन्दिरमा श्रद्धालु भक्तजनको भीड लागेको छ । धनकुटा नगरपालिका–९ स्थित विश्रान्ति मन्दिरमा भक्तजनहरुले तमोर नदी र लेउती खोलाको संगम स्थलबाट जल ल्याएर चढाउने गरेका छन् ।  उक्त संगम स्थलबाट ल्याएको जल चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । विश्रान्तिमा बिहानैदेखि भक्तजनहरू जल लिएर बोलबम भजनसहित आएका थिए । मन्दिरमा धनकुटासहित कोशी प...
सिधुवामा प्रहरी चौकी बनेको तीन वर्ष भयो, सञ्चालन भएन

सिधुवामा प्रहरी चौकी बनेको तीन वर्ष भयो, सञ्चालन भएन

धनकुटा  । धनकुटाको सिधुवा प्रहरी चौकी निर्माण भएको तीन वर्ष बितिसक्दा पनि प्रयोग भएको छैन । चौकीसम्म पुग्ने सडक स्तरोन्नति र खानेपानी व्यवस्था नहुनु जस्ता कारणले चौकी सञ्चालनमा आउन नसकेको हो । छथरजोरपाटी गाउँपालिका–६, सिधुवा बजारमा प्रहरी चौकी निर्माण गरिएको छ । निर्माण सम्पन्न भई २०७८ असार ६ गते उद्‌घाटन पनि भएको थियो । तत्कालीन प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीले चौकी भवन उद्‌घाटन गरेक...
धनकुटाको बक्रकुण्ड पञ्चेश्वर मन्दिरमा नागपञ्चमी मेलाको रमझम

धनकुटाको बक्रकुण्ड पञ्चेश्वर मन्दिरमा नागपञ्चमी मेलाको रमझम

धनकुटा । धनकुटा नगरपालिका–१, हिलेमा रहेको बक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिरमा नागपञ्चमी अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नागपञ्चमी तथा मन्दिरको १४औं वार्षिकोत्सव अवसरमा मन्दिर परिसरमा एक दिने मेलाको आयोजना गरिएको हो । मेला भर्न बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । विभिन्न ठाउँबाट पूजापाठ गरी मेला भर्न आउनेको सङ्ख्या उल्लेख्य थियो । प्रत्येक वर्ष यो मन्दिरमा नागपञ्चमीको अवसरमा मे...
तीन जिल्लाका प्रशासक र सुरक्षा अधिकारी धनकुटामाः अपराध नियन्त्रणमा सहकार्य गरिने

तीन जिल्लाका प्रशासक र सुरक्षा अधिकारी धनकुटामाः अपराध नियन्त्रणमा सहकार्य गरिने

धनकुटा । धनकुटाको पख्रीबासमा कोशी प्रदेशका तीन जिल्लाका प्रशासक तथा सुरक्षा अधिकारीहरूको सहभागिता सुरक्षा तथा समन्वयको बैठक गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा आज भएको बैठकमा सङ्खुवासभा, भोजपुर र धनकुटाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । बैठकमा तीनवटै जिल्लाका साझा विषयमा विषयमा छलफल भएको थियो । जिल्लामा विपत व्यवस्थापन सम्बन्धी, शान्ति सुरक्षा व...
भोजपुरको अरुण गाउँपालिका कार्यालय अन्यत्र नसार्न माग

भोजपुरको अरुण गाउँपालिका कार्यालय अन्यत्र नसार्न माग

धनकुटा । भोजपुरको अरुण गाउँपालिकाको प्रशासनिक कार्यालय अन्यत्र नसार्न स्थानीयले माग गरेका छन् । उक्त कार्यालय अन्यत्र सार्न लागिएको भन्दै उनीहरूले त्यसो नगर्न माग गर्दै सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटामा ज्ञापन पत्र बुझाएका हुन् । अरुण गाउँपालिका पूर्वअध्यक्ष गजेन्द्रबहादुर कार्की, स्थानीय बासिन्दा, जनप्रतिनिधि र विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू सहित कार्यपालिका सदस्यहरूले ज्ञापन पत्र ब...
लिम्बुवानको बन्दः अरुण पूर्वका ९ जिल्लामा आंशिक प्रभाव

लिम्बुवानको बन्दः अरुण पूर्वका ९ जिल्लामा आंशिक प्रभाव

धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषदले आह्वान गरेको बन्दका कारण पूर्वको जनजीवन आंशिक प्रभावित बनेको छ । परिषदले आज धनकुटासहित अरुण पूर्वका नौ जिल्लामा बन्द आह्वान गरेको हो । धनकुटामा बिहानैदेखि यातायातका साधन सञ्चालन भइरहेका छन् । तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लाबाट धनकुटा हुँदै तराईसम्म पुग्ने साथै लामो तथा छोटो दूरीमा जाने यातायातका साधन सञ्चालनमा रहेको जिल्ला ट्राफिक ...
उच्च अदालतको धनकुटा इजलासले टुङ्ग्यायो ३ सयभन्दा बढी मुद्दा

उच्च अदालतको धनकुटा इजलासले टुङ्ग्यायो ३ सयभन्दा बढी मुद्दा

धनकुटा । उच्च अदालत विराटनगर अन्तर्गत धनकुटा इजलासले गत आर्थिक वर्षमा ३७९ वटा मुद्दा फछ्र्यौट गरेको छ । आज अदालतले गरेको पत्रकारहरूसँगको अन्तरक्रियामा यो जानकारी दिइएको हो । धनकुटा इजलासमा २०८० साउनदेखि २०८१ असार सम्ममा रहेका ४५२ मुद्दामध्ये ३७९ वटा टुङ्गो लगाइएको जनाइएको छ । जिम्मेवारी सरेका १३२ र नयाँ दर्ता ३२० गरी ४५२ थान मुद्दा दर्ता भएको अदालतले जनाएको छ । अदालतमा एक वर्षमा ८३ दशमलव ८५ प्...
धनकुटा नगरपालिकाले व्यापारिक भवनको भाडा बढाएकामा व्यवसायीको विरोध

धनकुटा नगरपालिकाले व्यापारिक भवनको भाडा बढाएकामा व्यवसायीको विरोध

धनकुटा । धनकुटा बसपार्कमा रहेको व्यापारिक भवनको भाडादर वृद्धि गरेको भन्दै व्यवसायीले विरोध गरेका छन् । व्यवसायीले आज पत्रकार सम्मेलन गर्दै नगरपालिकाले मनोमानी ढङ्गले भाडावृद्धि गरी मर्कामा पारेको भन्दै विरोध गरेका हुन् । बसपार्कस्थित नगरपालिकाको स्वामित्वमा रहेको व्यापारिक भवन भाडामा लगाइएको छ । उक्त भवनमा १३ जनाले व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनीहरुले आफूहरूलाई मर्कामा पार्ने गरी नगरपालिका...
बेस्याहार भए धनकुटाको मुगाका मौलिक घरहरू

बेस्याहार भए धनकुटाको मुगाका मौलिक घरहरू

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–८, मुगामा रहेका मौलिक संरचनायुक्त घरहरू संरक्षण अभावमा बेस्याहार बनेका छन् । दुई सय वर्षभन्दा पुराना कलाकौशल सहितका घरहरू संरक्षणको पर्खाइमा छन् । तत्कालीन मुगा गाविस–४ र साबिक पाख्रीबास नगरपालिका–८ मा पर्ने मुगामा रहेका यी घर संरक्षण नहुँदा मासिने अवस्थामा पुगेका छन् । ‘मुगाली थापा’ भनेर यहाँका थापाहरु चर्चित छन् । दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थाप...
धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको पाख्रीवासमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । गएराती वर्षासँगै परेको चट्याङ लागेर पाख्रीवास नगरपालिका-६ छरछरेका ६५ वर्षीय गणेशबहादुर कार्कीको मृत्यु भएको हो । राती करिव साढे १० बजे घरमा सुतिरहेका बेला चट्याङ लागेर कार्कीको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । चट्...
बसाइँ सराइले उजाडिएका धनकुटाको कुरुलेका डाँडा कृषि कर्मले हराभरा

बसाइँ सराइले उजाडिएका धनकुटाको कुरुलेका डाँडा कृषि कर्मले हराभरा

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–३, कुरुलेस्थित बन्दुके डाँडा क्षेत्र बसाइँ सराइले रित्तिँदै गएको थियो । अवसरको खोजीमा स्थानीय बासिन्दा अन्यत्र जाने क्रम तीव्र बनेको थियो । तर पछिल्लो समय भारतीय मूलका अमेरिकी नागरिक राजीव गोयलले स्थानीयसँग मिलेर ‘तमोर पर्माकल्चर’ सञ्चालनमा ल्याएसँगै उजाडिएको क्षेत्र हराभरा भएको छ । अवसर र सुविधाको खोजीमा उक्त गाउँका बासिन्दा अन्यत्र गएसँगै गाउँ लगभग रित्तो ब...
धनकुटा र तेह्रथुमका कृषकलाई २ करोडभन्दा बढी अनुदान

धनकुटा र तेह्रथुमका कृषकलाई २ करोडभन्दा बढी अनुदान

धनकुटा । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले कृषकलाई २ करोड रुपैयाँभन्दा बढीको अनुदान वितरण गरेको छ । धनकुटा र तेह्रथुमका कृषक तथा पशुपक्षी पालक कृषकहरूलाई अनुदान वितरण गरिएको हो । केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा धनकुटा र तेह्रथुमका ९२ वटा पशुपालन सम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीलाई २ करोड ३८ लाख ७० हजार २ सय रुपैयाँ अनुदान उपलब्ध गराइएको छ । विभिन्न ५ शीर्षकमा कृषकले ...
धनकुटामा पिकअप र मोटरसाइकल जुध्दा मोरङको सुन्दरहरैँचाका युवकको मृत्युु

धनकुटामा पिकअप र मोटरसाइकल जुध्दा मोरङको सुन्दरहरैँचाका युवकको मृत्युु

धनकुटा । धनकुटा नगरपालिका–३, कागतेमा पिकअप गाडी र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार मोरङ, सुन्दरहरैँचा नगरपालिका–२ का ३२ वर्षीय सुमन सुबेदी छन् । धनकुटाबाट छथरजोरपाटीतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ च १३३६ नम्बरको पिकअप गाडी र प्रदेश १–०२–०५३ प ३१६८ नम्बरको मोटरसाइकल आज साँझ आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । त्य...
पूर्व राज्यमन्त्री खेवाको स्मृतिमा अनाथ बालबालिकालाई सहयोग

पूर्व राज्यमन्त्री खेवाको स्मृतिमा अनाथ बालबालिकालाई सहयोग

धनकुटा । पूर्व अर्थराज्यमन्त्री हरिराज खेवा लिम्बूको आठौँ स्मृति दिवस अवसरमा अनाथ बालबालिकालाई फलफूल वितरण गरिएको छ । धनकुटा नगरपालिका–४ स्थित श्रीपञ्चमी पार्कमा रहेको अनाथालयका बालबालिकालाई खाद्यान्न र सामग्री वितरण गरिएको हो । कार्यक्रममा धनकुटा नगरपालिका उपप्रमुख भीमादेवी खनाल, प्रतिष्ठानकी संरक्षक तथा छथर जोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गीता गुरुङ खेवा, धनकुटा नगरपालिकाकी पूर्व उपप्रमुख शकुन...
भेडेटारमा बन्यो ‘स्काइवाक टावर’

भेडेटारमा बन्यो ‘स्काइवाक टावर’

धनकुटा । धनकुटा र सुनसरीको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीयस्थल भेडेटारमा निर्माण गरिएको ‘स्काइवाक टावर’ उद्‌घाटन गरिएको छ । आज आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतले उद्‌घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि कार्की, धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, धरान उपमहानगरका मेयर हर्क साङ्पाङले सामूहिक रुपमा रिवन काटेर स्काइवाकको उद्‌घ...
महालक्ष्मी आगलागीः करोडभन्दा बढीको क्षति

महालक्ष्मी आगलागीः करोडभन्दा बढीको क्षति

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित शिवरात्रिमा भएको आगलागीमा १ करोड रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ । हिजो अपराह्‍न भएको आगलागीबाट स्थानीयका तीनवटा घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । घरसहित धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट स्थानीय यज्ञबहादुर खड्का, श्रीचन्द्र बुढाथोकी र सूर्यबहादुर श्रेष्ठको घर जलेर नष्ट भएका छन् । यज्ञबहादुरको किराना पसल, सुनलगायत धनमाल चल्...
धनकुटाको महालक्ष्मीमा आगलागी

धनकुटाको महालक्ष्मीमा आगलागी

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित शिवरात्रिमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आज अपराह्‍न भएको आगलागीबाट स्थानीय बासिन्दाका घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट स्थानीय यज्ञबहादुर खड्का, श्रीचन्द्र बुढाथोकी र सूर्यबहादुर श्रेष्ठको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिए । नेपाल प्रहरी र स्थानीयको सहयोग...
धनकुटामा तयार हुँदै अल्पसंख्यक आठपहरिया जातिको सङ्ग्रहालय

धनकुटामा तयार हुँदै अल्पसंख्यक आठपहरिया जातिको सङ्ग्रहालय

धनकुटा । धनकुटा जिल्लामा मात्र बसोबास रहेको अल्पङ्ख्यक आठपहरिया जातिको सङ्ग्रहालय निर्माणको कामले गति लिएको छ । आठपहरिया जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले निर्माण थालिएको सङ्ग्रहालयको काम धमाधम भइरहेको हो । धनकुटा नगरपालिका–४ स्थित बिहिवारे हटिया छेउमा सङ्ग्रहालय निर्माणको काम भइरहेको छ । धनकुटा नगर विकास समितिको तीन रोपनी क्षेत्रफलमा सङ्ग्रहालय निर्माण भइरहेको हो ।  तीन वर्षअघि थालिएको...
error: Content is protected !!