सुन्दरहरैँचामा माघ ३० देखि चौथो संस्करणको विराट एक्स्पो
विराटनगर । मोरङको सुन्दरहरैँचामा माघ ३० गतेदेखि चौथो संस्करणको विराट एक्स्पो सुरु हुने भएको छ । उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको एक्स्पो आगामी फागुन १० गतेसम्म संचालन हुनेछ ।
सार्वजनिक शौचालय निर्माणका लागि विराट एक्स्पो आयोजना गरिएको संयोजक भोलेश्वर दुलालले जानकारी दिए । आज पत्रकार सम्मेलन गर्दै एक्स्पोको आन्तरिक तयारी पुरा भएको तथा फिल्ड निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी गराइए...


























