
काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध सर्वाेच्च अदालतमा रिट परेको छ । आज बिहान सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरूद्ध रिट परेको अदालतले जनाएको छ ।
अदालतका अनुसार सरकार असंवैधानिक रहेको भनेर एउटा र प्रतिनिधि सभा विघटनविरूद्ध दुइटा रिट परेको छ । रिट अध्ययनकै क्रममा रहेकाले अध्ययनपछि मात्रै बाँकी प्रक्रिया अगाडि बढ्ने जनाइएको छ ।
जेनजी प्रदर्शनपछि सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो । प्रधानमन्त्री कार्कीकै सिफारिसमा सोही रात राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए ।

संगालोखबर 













