संगालोखबर


काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एउटा जेनजी समूहले भोटेकोशी पावर कम्पनीलाई दबाब दिँदै भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत शेयर सित्तैमा लिएको छ ।

आइतबार भोटेकोशी पावर कम्पनी र जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडबीच १० प्रतिशत शेयर लेनदेनमा सम्झौता भएको हो ।

Advertisement

भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडको नाममा स्थानीय समूहले ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत शेयर माग्दै आयोजनाको कामकाज एक महिनादेखि बन्द गराएको थियो । सम्झौता भएसँगै आयोजनाको कामकाज सुरु भएको छ ।

सम्झौता पत्रमा जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी कम्पनीका तर्फबाट सचिव विश्वमोहन कर्माचार्य लगायतले हस्ताक्षर गरेका छन् ।

यसअघि नै राजनीतिक दलका प्रतिनिधिसमेतको रोहबरमा आयोजनाले स्थानीयलाई  ६ प्रतिशत शेयर दिने सम्झौता भएको थियो । तर भदौ २३-२४ गतेको जेनजी आन्दोलनको क्रममा ‘भोटेकोशी जेनजी ग्रुप’को नाममा स्थानीयको एक समूहले आयोजना बन्द गराउँदै १० प्रतिशत शेयर निःशुल्क मागेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!