झापामा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन हवाइ फायर, दुई भारतीय पक्राउ
झापा । झापामा गोली चलाएर दुई लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको छ । कनकाई नगरपालिका-४ स्थित भित्री सडकखण्डमा गएराति गोली प्रहार गरेर दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जर आलम र उनका भाइ १९ वर्षीय यूसुब आलामलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइ...































