
रौतहट । रौतहटमा घाँस लिन जाँदा पानीमा डुबेका तीन बालिकाको मृत्यु भएको छ । गौर नगरपालिका-१ को सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा राजदेवी नगरपालिका-८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठा रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सात जनाको समूहमा गौरतर्फ घाँस लिन जाँदै गर्दा पानीमा डुबेका थिए । जसमध्ये चार जनालाई स्थानीयले उद्धार गरेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा तीन जना बालिकाको शव फेला पारेको हो ।

संगालोखबर 













