संगालोखबर
फाइल तस्बिर

विराटनगर । मोरङ कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका-६ का ५० वर्षीय काजीमान सार्कीको शनिबार कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार हृदयघातका कारण उनको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

Advertisement

सार्की २०८१ पुस २९ गते आगूऔषधसम्बन्धी कसुरमा पुर्पक्षका लागि कारागार चलान भएका थिए । उनलाई यसअघि पनि स्वास्थ्यमा समस्या देखिने गरेको कारागार प्रशासनले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!