संगालोखबर


विराटनगर । चिनयाँ महिलाले ढाड दुखाई कम गर्न आठ वटा जीवित भ्यागुता निलेकी छन् ।  झेजियाङ प्रान्तको हाङझाउकी एक वृद्ध महिलाले ढाड दुखाई कम हुन्छ भन्ने हल्ला सुनेपछि जीवित भ्यागुता निलेकी हुन् ।

समाचारमा उल्लेख गरिए अनुसार झाङ उपनाम भएकी ती महिलाले आफन्तहरूलाई केही मध्यम आकारका भ्यागुता समात्न आग्रह गरेकी थिइन् । तर उनीहरूलाई केका लागि हो भन्ने सुनाइन् ।

Advertisement

उनले एक दिन पाँच र अर्को दिन थप तीनवटा जीवित भ्यागुता निलिन् । धेरै समय नबित्दै उनले पेट दुखाइको अनुभव गर्न थालिन् । सुरुमा झाङले पेटमा थोरै मात्र असहज महसुस गरेकी थिइन् । तर दिन बित्तै जाँदा उनमा पीडा थपियो ।

जब सहन नसक्ने भइन्, त्यसपछि मात्रै परिवारलाई जीवित भ्यागुता निलेको स्वीकार गरिन् । त्यसपछि उनलाई झेजियाङ विश्वविद्यालयको पहिलो सम्बद्ध अस्पताल भर्ना गरिएको थियो ।

जीवित भ्यागुता निल्दा उनको पाचन प्रणालीमा क्षति पुगेको थियो । अस्पतालमा दुई हप्ता बिताएपछि झाङ पूर्ण रूपमा निको भएर डिस्चार्ज भइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!