
विराटनगर । उदयपुरमा गुड्दै गरेको कारमा आगलागी भएको छ । उदयपुरगढी-७ स्थित मदन भण्डारी राजमार्गको अँधेरी सडक खण्डमा इलामबाट काठमाडौं जाँदै गरेको बा ९ च ४६६८ नम्बरको कारमा आगलागी भएको हो ।
उदयपुरका प्रहरी प्रवक्ता डीएसपी केदारमान दोङका अनुसार आज बिहान करिब ९ः५० बजे कारमा अचानक आगो लागेको थियो । ‘कार काठमाडौं जाँदै गरेको रहेछ । परिवारका सदस्यहरू हुनुहुँदो रहेछ’, डीएसपी दोङले संगालोखबरसँग भने, ‘एक जना बच्चालाई सामान्य चोट लागेको रहेछ । सामान्य उपचारपछि डिस्चार्ज भइसकेको छ ।’
कार पूर्णरूपमा जलेर नष्ट भएको छ । मानवीय क्षति भने नभएको उनले जानकारी दिए । आगलागीको कारण खुल्न बाँकी रहेको डीएसपी दोङले बताए ।

संगालोखबर 













