संगालोखबर


विराटनगर । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज एकैदिन प्रतितोला आठ हजार एक सय रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार पाँच सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला तीन हजार तीन सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला तीन हजार दुई सय २० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!