संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले पनि अस्थायी र करारका कर्मचारीको नियुक्ति तथा सम्झौता रद्द गर्ने भएको छ । नगरपालिकाले आज सूचना जारी गर्दै अस्थायी र करारका कर्मचारीहरूसँगको सम्झौता र नियुक्ति आगामी कात्तिक १ गतेबाट रद्द हुने जानकारी दिएको हो ।

Advertisement

यसले नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय र वालविकासका २७ जना कर्मचारीको जागिर गुम्ने नगरपालिकाले जनाएको छ । सबैभन्दा बढी नगर स्वास्थ्य केन्द्रका कर्मचारीको जागिर गुम्ने भएको छ । ७ वटा नगर स्वास्थ्य केन्द्रका करिब १५ जना कर्मचारी हट्नेछन् । त्यस्तै, शिक्षक, सामाजिक परिचालक र कार्यालय सहयोगीको पनि जागिर गुम्नेछ ।

सरकारले स्वीकृत दरबन्दी बाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाइने भनेर निर्देशन गरेकाले कर्मचारीहरू हटाउने निर्णय गरिएको मेयर ध्रुवराज राया बताउँछन् । ‘सरकारले निर्देशन गरेपछि कर्मचारी हटाउनुपर्ने अवस्था आयो,’ मेयर रायाले संगालोखबरसँग भने, ‘यसले धेरै काम प्रभावित हुन्छ, शिक्षा शाखा त अब कसरी चलाउने भन्ने अन्यौल भएको छ ।’

सरकारको निर्देशनपछि धेरै पालिकाहरूले अस्थायी र करारका कर्मचारीहरू धमाधम हटाउन थालेका छन् । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पनि सम्झौता रद्द गर्ने निर्णय गरिसकेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!