ट्राफिक जरिवाना व्यावहारिक बनाउन माग गर्दै मोरङका युवाहरूले बुझाए सरकारलाई ज्ञापनपत्र
विराटनगर । नेपाल सरकारले प्रस्ताव गरेको नयाँ ट्राफिक जरिवाना दर तत्काल पुनर्विचार गरी फिर्ता लिन माग गर्दै मोरङका युवाहरूले सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
मङ्गलबार मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलमार्फत विभिन्न सङ्घसंस्था, मानवअधिकारकर्मी तथा सर्वसाधारण नागरिकले ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरूले आम नागरिकको भावना, नेपालको वर्तमान आर्थिक अवस्था तथा न्यायोचित दण्ड प्रणालीलाई दृष्टि...































