उद्योग व्यवसायको प्रवर्द्धनका लागि विराटनगरमा पुस ९ गतेदेखि विराट ट्रेड एक्स्पो
विराटनगर । विराटनगरमा आगामी पुसमा ‘विराट ट्रेड एक्स्पो-२०२५’ हुने भएको छ । मोरङ व्यापार उद्योग संघको आयोजनामा पुस ९ गतेदेखि १९ गतेसम्म एक्स्पो हुन लागेको हो ।
संघले आज पत्रकार सम्मेलन गर्दै शान्ति चोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको निजी जग्गामा एक्स्पो आयोजना गर्न लागेको जनाएको छ ।
जेनजी आन्दोलनपछि उत्पन्न भएको विद्यमान शिथिल तथा अनिश्चित आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै स्वदेश...





























