सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार चार सय ७५ रुपैयाँ कायम भएको छ । शुक्रबार...
जिल्ला प्रहरी कार्यालय मोरङमा धर्ना दिने २६ अभियन्ता पक्राउ

जिल्ला प्रहरी कार्यालय मोरङमा धर्ना दिने २६ अभियन्ता पक्राउ

विराटनगर । जेनजी अभियन्ता माजिद अन्सारीको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङको गेट अगाडि धर्ना दिन पुगेका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, कार्यालयको मुख्य गेटमा आवागमन नै प्रभावित हुने गरी प्रदर्शन गरेपछ...
विराटनगरबाट कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

विराटनगरबाट कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

विराटनगर । विराटनगर-१४ जतुवाबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोल र गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानीको टोलीले ३१ वर्षीय सुभासचन्द्र यादवलाई पक्राउ गरेको हो । आज बिहान जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका यादवको कोठा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने एक राउन्ड गोली र १४० ग्राम गाँजा बरामद भएको सश...
जेनजी आन्दोलनमा ध्वस्त पारिएको विराटनगरको भाटभटेनी पुनः सञ्चालन

जेनजी आन्दोलनमा ध्वस्त पारिएको विराटनगरको भाटभटेनी पुनः सञ्चालन

विराटनगर । विराटनगरको भाटभटेनी सुपरमार्केट ११ महिनापछि पुनः सञ्चालनमा आएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी गरिएपछि क्षतिग्रस्त भएको भाटभटेनी आजबाट सञ्चालनमा आएको हो । भाटभटेनीकी सञ्चालक सावित्री गुरुङले वैदिक सनातन पद्धतिअनुसार पूजाआजा गरी स्टोरको उद्‌घाटन गरिन् । उद्घाटनका क्रममा सञ्चालक गुरुङले ग्राहकहरूको सद्भाव, सहानुभूति र स्नेहका कारण नै भाटभटेनी परिवार खरानीबाट पुनः उठ्न स...
धनकुटामा जलाइयो एक हजार किलो गाँजा

धनकुटामा जलाइयो एक हजार किलो गाँजा

धनकुटा । धनकुटामा विभिन्न समयमा बरामद गरिएको एक हजार किलो बढी गाँजा जलाएर नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले मूलघाटस्थित तमोर नदी किनारमा एक हजार दुई किलो तीन सय ग्राम गाँजा जलाएर नष्ट गरेको हो । यस्तै तीन हजार आठ सय ३६ ट्रामाडोल क्याप्सुल, तीन हजार सात सय ८१ ट्याब्लेट रेसिसपासल, ४१ ट्याब्लेट स्पासपेन र डेकोलिक एक ट्याब्लेट पनि जलाएर नष्ट गरिएको छ । विभिन्न समयमा बरामद गरिएको लागू...
ओखलढुङ्गा र सोलुखुम्बुका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

ओखलढुङ्गा र सोलुखुम्बुका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोलुखुम्बु । ओखलढुङ्गा र सोलुखुम्बुका तीन विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सेवा र विकासका लागि युवाको आयोजना एवं प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा सय जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-९ मा रहेको कालिका माध्यमिक विद्यालय र सुनकोशी गाउँपालिका-१० मा रहेको त्रिवेणीधाम गुरुकुल संस्कृत आधारभूत विद्यालयका विद्या...
युवकको मृत्यु भएपछि विराटनगरको भेडियारीमा तनाव, प्रहरीद्वारा लाठीचार्ज

युवकको मृत्यु भएपछि विराटनगरको भेडियारीमा तनाव, प्रहरीद्वारा लाठीचार्ज

विराटनगर । विराटनगर-१८ भेडियारीमा गाँजा र भारतीय नम्बरको मोटरसाइकल छाडेर पोखरीमा हाम फालेका किशोर मृत फेला परेपछि प्रहरी र स्थानीयबीच झडप भएको छ । स्थानीयवासी र प्रहरीबीच भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि अवस्था तनावग्रस्त बनेको हो । वार्ता विफल भएपछि आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ । घटनाका क्रममा प्रहरीले एक जना...
विराटनगरमा गाँजासहित मोटरसाइकल छाडेर पोखरीमा हाम फालेका किशोर मृत फेला

विराटनगरमा गाँजासहित मोटरसाइकल छाडेर पोखरीमा हाम फालेका किशोर मृत फेला

विराटनगर । विराटनगर-१८ भेडियारीमा गाँजासहित भारतीय नम्बरको मोटरसाइकल छाडेर पोखरीमा हाम फालेका किशोर मृत फेला परेका छन् । प्रहरीले पिछा गरेको थाहा पाएपछि पोखरीमा हाम फालेका १७ वर्षीय मञ्जितकुमार यादव दुई दिनपछि मृत भेटिएका हुन् । आज बिहान १०ः३० बजेतिर पोखरीको बीच भागमा तैरिरहेको अवस्थामा उनको शव भेटिएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले प्रहरी टोली घटनास्थलमा ...
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन

काठमाडौँ  । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । मुगुको सोरु गाउँपालिका-१ घर भएकाका २५ वर्षीय नेपालीको वीर अस्पतालमा निधन भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था थप बिग्रिएको थियो । यसअघि अस्पतालले नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकार...
कोशीमा ३१.४९ प्रतिशत धान रोपाइँ

कोशीमा ३१.४९ प्रतिशत धान रोपाइँ

विराटनगर । कोशी प्रदेशमा ३१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशको तथ्याङ्क अनुसार असार २२ गतेसम्म ३१.४९ प्रतिशत रोपाइँ भएको हो । गतवर्ष यही समयमा २९.५४ प्रतिशत रोपाइँ भएको थियो । कोशीमा कुल दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जसमध्ये ८७ हजार ३३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । निर्देशनालयका अनुसार उच्च पहाडमा २३.८३, मध्य पहाडमा ४२.७...
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर ।  आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार चार सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला एक सय ७० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला चार हजार पाँच सय १० र...
मोरङको जहदामा कारबाट गाँजा बरामद, कार छाडेर भागे चालक

मोरङको जहदामा कारबाट गाँजा बरामद, कार छाडेर भागे चालक

विराटनगर । मोरङको जहदाबाट सशस्त्र प्रहरीले कारबाट गाँजा बरामद गरेको छ । जहदा गाउँपालिका-१ नयाँ बस्तीबाट सशस्त्र प्रहरीले बिहीबार राति बा १२ च ७५५२ नम्बरको कारसहित गाँजा बरामद गरेको हो । सशस्त्रलाई देख्‍नासाथ चालक भने कार छाडेर फरार भएका छन् । सशस्त्र प्रहरी बल नेपाल बीओपी मधुमल्लाबाट खटिएको गस्ती टोलीले नयाँ बस्तीबाट कुलरिया नाका हुँदै भारततर्फ जाँदै गरेको कारलाई नियन्त्रणमा लिएको हो । कार निय...
सुनसरीमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

सुनसरीमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-८ स्थित महेन्द्र राजमार्गमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । भण्टाबारीबाट लौकहीतर्फ जाँदै गरेको प्र १-०२-००२ च ४८३१ नम्बरको खाली पिकअप गएराति अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा पिकअप चालक मोरङको रंगेली नगरपालिका-३ दर्वेशाका ४२ वर्षीय पदम राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि जि...
नोबेल अस्पताल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, सबै सेवामा २५ प्रतिशत छुट

नोबेल अस्पताल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, सबै सेवामा २५ प्रतिशत छुट

विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र कोशी प्रदेश प्रहरी कार्यालयबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौतासँगै अब कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गत कार्यरत प्रहरी कर्मचारी तथा उनीहरूका परिवारले विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने भएका छन् । अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत छुट सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा हस...
सप्तकोसी नदीमा तैरिरहेको ३०८ किलो गाँजा बरामद

सप्तकोसी नदीमा तैरिरहेको ३०८ किलो गाँजा बरामद

विराटनगर । सप्तकोसी नदीमा तैरिरहेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको छ । आज बिहानको राति करिब १ः३० बजे गस्तीमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । सुनसरी कोसी गाउँपालिका-७ स्थित केराबारी र भन्टाबारी बीच भागको सप्तकोसी नदीबाट ३०८ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । नदीको किनार छेउमा पानीमा तैरिरहेको अवस्थामा आठ वटा प्लास्...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर ।  आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार सात सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला एक सय ६० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार तीन सय ४० ...
विराटनगरमा फोटो स्टुडियोबाट नक्कली नागरिकता बनाउने गिरोहका दुई जना पक्राउ

विराटनगरमा फोटो स्टुडियोबाट नक्कली नागरिकता बनाउने गिरोहका दुई जना पक्राउ

विराटनगर । नक्कली नागरिकता प्रमाणपत्र बनाएर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर-५ का ३८ वर्षीय धनदेव राजवंशी र विराटनगर-११ का ६१ वर्षीय अशोक कुमार श्रेष्ठ रहेका छन् । सप्तरी स्थायी घर भई हाल विराटनगर-१४ बस्ने ३० वर्षीया मनिषा कुमारी कामत बुधबार जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचय पत्र बनाउन पुगिन् । सो क्रम...
ज्यान मुद्दाका बन्दीको कोशी अस्पतालमा मृत्यु

ज्यान मुद्दाका बन्दीको कोशी अस्पतालमा मृत्यु

विराटनगर । विराटनगरको कोशी अस्पतालमा उपचारका क्रममा एक बन्दीको मृत्यु भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका-१ घर भएका ३१ वर्षीय सन्देश राईको आज मृत्यु भएको हो । कर्तव्य ज्यान मुद्दाका बन्दी राईलाई उपचारका लागि असार १८ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । राईलाई जिल्ला अदालत पाँचथरले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न २०८२ मंसिर ७ गते आदेश दिएको थियो । अदालतको आदेशसँगै उनलाई जिल्ला कारागार पा...
विराटनगरबाट गाँजासहित एक जना पक्राउ, एक जना पोखरीमा बेपत्ता

विराटनगरबाट गाँजासहित एक जना पक्राउ, एक जना पोखरीमा बेपत्ता

विराटनगर । विराटनगर-१८ भेडियारीमा गाँजासहित भारतीय नम्बर प्लेटको मोटरसाइकल छाडेर भागेका चालक पोखरीमा डुबेर बेपत्ता भएका छन् । आज बिहान ८ः५० बजेतिर विराटनगर-१८ का मञ्जितकुमार यादव पोखरीमा डुबेर बेपत्ता भएका हुन् । दुई जना सवार बीआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा चालक मोटरसाइकल छाडेर फरार भएका थिए । फरार हुने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका यादवको खोजी तीव्र पारिएको मोरङ प्रहरीका...
विराटनगरकी २० वर्षीया सञ्जुको करेन्ट लागेर मृत्यु

विराटनगरकी २० वर्षीया सञ्जुको करेन्ट लागेर मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिका-४ नयाँबजारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-५ घर भएकी २० वर्षीया सञ्जु सहनीको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार सहनीको माइती घर कटहरी हो । माइतीघर गएकी उनलाई आज बिहान ७ः१५ बजेतिर पानी तान्ने मोटरको तारबाट करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खेलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पानीको कल चलाउने क्रममा करेन्ट...
कोशी प्रदेश सरकारको बजेट पारित

कोशी प्रदेश सरकारको बजेट पारित

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट पारित भएको छ । आज बसेको प्रदेशसभाको बैठकबाट बजेट पारित गरिएको हो । सरकारले ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट प्रदेशसभामा पेश गरेको थियो । पारित बजेटमा कुल विनियोजितमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ, वित्तीय व्यवस्थातर्फ १५ करोड रुपैयाँ र वित्तीय हस्तान्...
सांसद राजेन्द्र राईसँग किन रिसाए सभामुख ?

सांसद राजेन्द्र राईसँग किन रिसाए सभामुख ?

विराटनगर । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईलाई सभामुख डोलप्रसाद अर्यालले बोल्न रोकेका छन् । आफैँले बोल्न समय दिएका सभामुखले सांसद राईले बोल्न सुरु गरेको केही सेकेन्डमै थप अगाडि नबढ्न निर्देशन दिएका हुन् । सांसद राईले सभामुख र सभाको अवहेलना गरेको भन्दै सभामुख अर्यालले बोल्न रोकेका छन् । सुरुमै सांसद राईले ‘सम्माननीय सभामुख महोदय, सभामुखलाई एउटा निवेदन गर्नु पर्यो। तपा...
सुनसरीबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ, एकजना १२ वर्ष जेल बसेर छुटेका व्यक्ति

सुनसरीबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ, एकजना १२ वर्ष जेल बसेर छुटेका व्यक्ति

विराटनगर । सुनसरीको गढी गाउँपालिका-१ बाट प्रहरीले एक थान चाइनिज पेस्तोल र तीन राउन्ड गोलीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । आज बिहानको राति १ः२० बजेको समयमा मधेली झण्डा चोकमा पैदल हिँडिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा विराटनगर-१७ रानीका ५१ वर्षीय नुर महमद र विराटनगर-८ अशोक चोकका ३२ वर्षीय इमरान खान भनिने मोहम्मद अहमद छन् । उनीहरूलाई रोकेर चेकजाँच गर्ने क्रममा एक ...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर ।  आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य ५५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला चार हजार पाँच सय रुपैयाँ कायम भएको छ । मंगलबार चा...
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना विचौलिया पक्राउ

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना विचौलिया पक्राउ

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) बाट १० जना विचौलिया पक्राउ परेका छन् । उपचारमा आउने बिरामीहरू र आफन्तलाई निजी मेडिकलबाट सस्तोमा औषधी मिलाइदिने प्रलोभनमा दुःख दिने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । मंगलबार घोपाको इमर्जेन्सी भवन अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । पक्राउ पर्नेमा स...
सुनसरीमा बसमा मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

सुनसरीमा बसमा मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-५ मा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा रामधुनी-५ का २९ वर्षीय साजन गौतमको मृत्यु भएको हो । मंगलबार महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १-०४-००१ प ७६१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको प्र १-०१-००१ ख ४१०२ नम्बरको बसको पछाडि ठोक्किएको थियो । दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका साजनको व...
विराटनगरमा २ लाख १६ हजार मूल्य बराबरको अवैध मल्टिभिटामिन बरामद गरी नष्ट

विराटनगरमा २ लाख १६ हजार मूल्य बराबरको अवैध मल्टिभिटामिन बरामद गरी नष्ट

विराटनगर । सशस्त्र प्रहरी बलले विराटनगरबाट भन्सार छली अवैध रूपमा भित्र्याइएको ठुलो परिमाणको मल्टिभिटामिन बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बिओपि जहदा-भुटाहा मोरङबाट खटिएको मोबाइल गस्ती टोलीले सोमबार बिहान ७ः४० बजे विराटनगर महानगरपालिका-१७, कब्रिस्तान नजिकैबाट उक्त सामग्री नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा दुई लाख १६ हजार मूल्य बराबरको ४३२ वटा मल्ट...
विराटनगरमा ‘अर्थ र विकास पत्रकारिता’ सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम

विराटनगरमा ‘अर्थ र विकास पत्रकारिता’ सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम

विराटनगर । विराटनगरमा क्रियाशील पत्रकारहरूका लागि सञ्चालित ‘अर्थ र विकास पत्रकारिता’ विषयमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । संगालोखबर मिडिया प्रा.लि. विराटनगरको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो । असार २०, २१ र २२ गतेसम्म सञ्चालित कार्यक्रममा कोशी प्रदेशका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको सहभागिता थियो । कार्य...
विराटनगरको भाटभटेनी सुपरमार्केट असार २७ गतेदेखि पुनः सञ्चालनमा आउने

विराटनगरको भाटभटेनी सुपरमार्केट असार २७ गतेदेखि पुनः सञ्चालनमा आउने

विराटनगर । विराटनगरको भाटभटेनी सुपरमार्केट असार २७ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा ध्वस्त भएको भाटभटेनी असार २७ गते शनिबारदेखि सञ्चालनमा आउने भएको हो । करिब १० महिनाको पुनर्निर्माणपछि स्टोर सञ्चालनमा आउन लागेको हो । सोमबार स्टोरमा विशेष पूजासमेत गरिएको  छ । सो अवसरमा भाटभटेनीकी निर्देशक सावित्री घले गुरुङले पुनर्निर्माणमा अहोरात्र खटिएका करिब ३०० मजदुरलाई...
विराटनगर महानगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा डी फ्रिज र सिँचाइ मोटर वितरण

विराटनगर महानगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा डी फ्रिज र सिँचाइ मोटर वितरण

विराटनगर । खाद्य स्वच्छता प्रवर्द्धन तथा कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यसहित विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा मासु व्यवसायीलाई डी फ्रिज तथा कृषक समूहलाई सिँचाइ मोटर वितरण गरेको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा नेपाल सरकारको ‘मिट मार्ट’ कार्यक्रमअन्तर्गत ससर्त अनुदानमार्फत मापदण्ड पूरा गरी सञ्चालनमा रहेका सात वटा मासु पसललाई डी फ्रिज हस्तान्तरण गरिएको हो । आधुनिक भण्डारण प्रण...
विराटनगरबाट भारततर्फ लैजाँदै गरेको घरेलु मदिरा बरामद गरी नष्ट

विराटनगरबाट भारततर्फ लैजाँदै गरेको घरेलु मदिरा बरामद गरी नष्ट

विराटनगर । विराटनगरमा सशस्त्र प्रहरीले एक सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । विराटनगर-१८ रेल्वे लाइनबाट सोमबार दिउँसो भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले घरेलु मदिरा बरामद गरेको थियो । सोही मदिरा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । नष्ट गरिएको मदिरा करिब १५ हजार रुपैयाँ बराबरको रहेको जनाइएको छ । सशस्त्र प्रहरी बलको नेपाल बिओपी जहदा-भुटाहा मोरङको ग...
error: Content is protected !!