संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारले २६ अर्ब बढी बजेट खर्च गरेको छ । कोशी सरकारले आर्थिक वर्ष २०८२/८३ मा जम्मा २६ अर्ब २५ करोड बजेट खर्च गरेको हो ।

प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार प्रदेश सरकारले २६ अर्ब २५ करोड २५ लाख ४८ हजार २२१ रुपैयाँ खर्च गरेको छ ।

Advertisement

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । स्रोत व्यवस्थापन र खर्चको अवस्थालाई हेर्दै मध्यावधि समीक्षा बजेटलाई घटाएर ३२ अर्ब ४५ करोडमा झारिएको थियो ।

सरकारले चालु तर्फ १३ अर्ब ८२ करोड १२ लाख रुपैयाँ खर्च गरेको थियो । पुँजीगत तर्फ १२ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ खर्च गरेको थियो । पुँजीगत खर्च तर्फ ७२.२४ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगत तर्फ १७ अर्ब १४ करोड ६५ लाख बजेट विनियोजन भएको थियो ।

मन्त्रालयगत तर्फ १० अर्ब ६४ करोड ४३ लाख बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले ७ अर्ब ४५ करोड ३३ लाख खर्च गरेको छ । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले ४ अर्ब ९ करोड ८७ लाख खर्च गरेको छ ।

स्वास्थ्य मन्त्रालयले २ अर्ब ५० करोड, आर्थिक मामिला तथा योजना मन्त्रालयले १ अर्ब ८९ करोड र उद्योग, कृषि तथा सहकारी मन्त्रालयले १ अर्ब १९ करोड ७९ लाख बजेट खर्च गरेको छ ।

यस्तै पर्यटन, वन तथा वातावरण मन्त्रालयले २ अर्ब १२ करोड ४३ लाख, सामाजिक विकास मन्त्रालयले ८९ करोड ९६ लाख, आन्तरिक मामिला तथा कानून मन्त्रालयले ६४ करोड ६७ लाख लाख बजेट खर्च गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!