धनकुटा अस्पतालमा अप्रेशन गराउँदा सुत्केरीको मृत्यु

धनकुटा अस्पतालमा अप्रेशन गराउँदा सुत्केरीको मृत्यु

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा अप्रेशन गराउँदा सुत्केरीको मृत्यु भएको छ । पहिलो सन्तान जन्माउँन जिल्ला अस्पताल आएकी छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्ककी १६ बर्षीया ज्योती लिम्बुको अप्रेशनपछि मृत्यु भएको हो । घटना गत सोमबारको हो । मृतकका काका ससुरा बमबहादुर लिम्बुका अनुसार ज्योतीलाई सुरक्षित प्रसुतिका लागि आईतबार नै जिल्ला अस्पताल ल्याइएको थियो । सोमबार दिउँसो करिव १ बजे जिल्ला अस्पतालका चिकि...
चौबिसे गाउँपालिकाद्वारा पहिलो चरणको राहत वितरण

चौबिसे गाउँपालिकाद्वारा पहिलो चरणको राहत वितरण

धनकुटा । चौबिसे गाउँपालिकाले लकडाउन प्रभावितहरुलाई पहिलो चरणको राहत वितरण गरेको छ । दैनिक ज्यालादारी काम गर्दै आएका गरिब, विपन्न, असहाय परिवारलाई राहत वितरण गरिएको चौबिसे गाउँपालिकाले जनाएको छ । ८ वटै वडाका एक हजार १ सय १६ परिवारलाई पहिलो चरणमा राहत वितरण गरिएको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । ‘लकडाउन सुरु हुने बित्तिकै खाद्यान्न अभाव हुँदैन, हाम्रो गाउँपालिकामा ग्रामिण क्षेत्...
काठमाडौंमा अलपत्र धनकुटेलीका लागि पूर्व मन्त्री थापाद्वारा खाद्य सामाग्री प्रदान

काठमाडौंमा अलपत्र धनकुटेलीका लागि पूर्व मन्त्री थापाद्वारा खाद्य सामाग्री प्रदान

काठमाडौं । पूर्व मन्त्री सुनिल बहादुर थापाले काठमाडौंमा अलपत्र परेका धनकुटेलीका लागि बुधबार राहत प्रदान गरेका छन् । लकडाउनका कारण काठमाडौंमा रोकिएर बिजोक अवस्थामा बस्दै आएका धनकुटेलीका लागि थापाले खाद्यान्न सामाग्री प्रदान गरेका हुन् । सूर्य बहादुर थापा प्रतिष्ठानका अध्यक्षसमेत रहेका थापाले काठमाडौंमा प्रतिष्ठानको तर्फबाट धनकुटा–काठमाडौं सम्पर्क समाजका अध्यक्ष प्रेम बस्नेतलाई सामाग्री हस्तान्तर...
लकडाउनको चौथो साता यस्तो देखियो काठमाडौं (फोटो फिचर)

लकडाउनको चौथो साता यस्तो देखियो काठमाडौं (फोटो फिचर)

काठमाडौं । विश्वभर महामारी फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले मुलुकलाई लकडाउन गरेको तीन साता बितिसकेको छ । चैत ११ गतेबाट सुरु भएको लकडाउनलाई सरकारले पटक–पटक म्याद थप गर्दै बैशाख १५ गतेसम्मका लागि लागु गरेको छ । लामो समयको लकडाउनले मुलुकभरको जनजीवन प्रभावित छ । लकडाउनका कारण मुलुकको राजधानी प्रभावित नहुने कुरै भएन । तीन साताको लकडाउन पार गर्दा कस्तो देखिएको छ काठमाण्डौ ? हेर्...
कोरोना संक्रमितसँगै आएका युवा सेल्फ क्वारेनटाईनमा

कोरोना संक्रमितसँगै आएका युवा सेल्फ क्वारेनटाईनमा

दमक । कोरोना भाइरस संक्रमित युवतीसँगै जहाजमा आएका एक युवा झापाको दमकमा सेल्फ क्वारेनटाईनमा बसेका छन् । धनकुटाको चौबिसे गाउँपालिका–५ बोधे पुर्खौली घर भई हाल दमक बसाई सरेका युवक गत ४ गते कतार एयरवेजको क्यूआर ६५२ जहाजबाट काठमाण्डौं आएका हुन् । फ्रान्सबाट कतार ट्रान्जिट हुँदै उनीसँगै आएकी १९ बर्षीय युवतीलाई कोरोनाको संक्रमण पुष्टि भएर अहिले आईसुलेशनमा छिन् । युवती सवार जहाजमा सँगै आएका यात्रुको खोज...
नेपालमा कोरोना संक्रमित अर्का व्यक्ति भेटिए : संक्रमितको संख्या तीन पुग्यो

नेपालमा कोरोना संक्रमित अर्का व्यक्ति भेटिए : संक्रमितको संख्या तीन पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित अर्का व्यक्ति फेला परेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बुधबार अर्का व्यक्तिमा कोरोनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा कोरोना पोजेटिभ देखिएको हो । बिरामीको थप जानकारी गोप्य राखिएको छ । योसँगै कोरोना संक्रमित बिरामीको संख्या तीन पुगेको छ । नेपालमा अहिलेसम्म...
भारतमा चार बलात्कारीलाई दिईयो फाँसी

भारतमा चार बलात्कारीलाई दिईयो फाँसी

नयाँदिल्ली । भारतमा निर्भया बलात्कारकाण्डका ४ जना दोषीलाई शुक्रबार बिहान फाँसी दिईएको छ । बलात्कार घटनाका दोषीहरु विनय शर्मा, पवन गुप्ता, मुकेश सिंह र अक्षय कुमारलाई तिहाड जेलमा बिहान साँढे ५ बजे झुण्ड्याएर फाँदी दिईएको हो । बिहीबार निर्भया मामिलाका चार दोषीका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा याचिका दायर गरे पनि दुवै अदालतले खारेज गरेका थिए । दिल्ली हाईकोर्टले...
ट्रक दुर्घटना हुँदा सिधुवा–बसन्तपुर सडक अवरुद्ध (फोटो फिचरसहित)

ट्रक दुर्घटना हुँदा सिधुवा–बसन्तपुर सडक अवरुद्ध (फोटो फिचरसहित)

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ नुनथला नजिक ट्रक दुर्घटना भएर सडक थुनिदा आज बिहान दुई घण्टा कोशी राजमार्ग अवरुद्ध भएको छ । इटहरीबाट होमपाईप लिएर बसन्तपुर जाँदै गरेको लु.१ क.३१४० नम्बरको ट्रक नुनथला स्थित कालिकाथान मन्दिर छेउमा दुर्घटना भएको हो । भिरालो सडकमा तेल सकिदा ट्रक पछाडी सरेर भित्तामा ठोक्किएको हो । भित्तामा ठोक्किएर सडकमा ट्रक तेस्रिनुका साथै होमपाईप यत्रतत्र छरिदा सिधुवा–ब...
बेलहारामा लडेर बृद्धको मृत्यु

बेलहारामा लडेर बृद्धको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–९ बेलहारामा गएराति लडेर एक बृद्धको मृत्यु भएको छ । राति सवा ८ बजे गाउँबाट घर फर्कने क्रममा चिप्लिएर बाटोमा लड्दा बेलहाराका ६३ बर्षीय रिकमान तामाङको मृत्यु भएको हो । छोरीसँग घर फर्किदै गर्दा बाटोमा लडेर बृद्ध तामाङ गंभीर घाईते भएका थिए । स्थानीय बेलहारा स्वास्थ्य चौकीमा उपचारका क्रममा राती करिव ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुदर्शन कोईरा...
धनकुटामा राजनीतिक पार्टीलाई चाडपर्वको चटारो : शुभकामना आदानप्रदानले सकारात्मक संकेत

धनकुटामा राजनीतिक पार्टीलाई चाडपर्वको चटारो : शुभकामना आदानप्रदानले सकारात्मक संकेत

धनकुटा । धनकुटाका राजनीतिक पार्टीहरुलाई अहिले चाडपर्वको चटारो छ । जिल्लाका बिभिन्न स्थानमा दशैं अघिदेखिनै चाडपर्वको शुभकामना आदानप्रदानमा जुटेका दलहरु अहिले पनि त्यस मै व्यस्त छन् । दलहरुले बिभिन्न ठाउँमा दशैं, तिहार, छठ, नेपाल सम्वत, उधौली उभौली, मंसिरे चाड, ल्होछार लगायत पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेका छन् । अन्य दलको तुलनामा सत्ताधारी दल नेकपा र प्रमुख प्रतिपक्षी दल ने...
तमोर नदीले बगाउँदा माझी बेपत्ता

तमोर नदीले बगाउँदा माझी बेपत्ता

तेह्रथुम । तेह्रथुमको फेदापका एक बृद्धलाई तमोर नदीले बगाएको छ । फेदाप गाउँपालिका–१ माझीगाउँका ६४ बर्षीय बीरबहादुर माझी तमोरमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । नदीको बिचमा रहेको बास निकाल्न जाने क्रममा माझीलाई नदीले बगाएको हो । बेपत्ता माझीलाई आफन्त र पोक्लाबुङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
हिलेमा बनाईयो बुद्धपार्क

हिलेमा बनाईयो बुद्धपार्क

धनकुटा । धनकुटाको हिले बजारमा बुद्धपार्क निर्माण गरिएको छ । पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले हिलेको न्यूरोडमा करिव १६ लाख लागतमा बुद्धपार्क निर्माण गरिएको हो । पार्क निर्माणमा धनकुटा नगरपालिकाले ११ लाख र १ नम्बर वडा कार्यालयले ५ लाख बजेट खर्चेका छन् । झण्डै अढाई बर्ष लगाएर निर्माण गरिएको पार्कको उद्घाटन भईसकेको छ । पर्यटन र व्यापारिक केन्द्रको रुपमा चिनिएको हिलेमा थप पर्यटक आकर्षि...
जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी : कम्तीमा नौ जनाको मृत्यु, लाखौं मानिस प्रभावित

जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी : कम्तीमा नौ जनाको मृत्यु, लाखौं मानिस प्रभावित

जापान । जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी आउँदा कम्तीमा नौ जना मानिसको मृत्यु भएको र कैयौँ अरू हराइरहेका छन्। शनिवार आएको दशकौं यताको शक्तिशाली आँधीका कारण राजधानी टोक्यो अस्तव्यस्त भएको छ। करिब पाँच लाख मानिसकहाँ बिजुली काटिएको छ। हगिबिस अहिले उत्तरतिर बढिरहेको छ र समुन्द्रतिरै फर्कने ठँनिएको छ। हगिबिस आँधीले स्थानीय समय अनुसार साँझ ७ बजे जापानी तटलाई हानेको थियो। त्यसपछि उक्त आँधी जापान...
धनकुटाका ६० वटै वडा कार्यालयबाट सुरु भयो कर संकलन

धनकुटाका ६० वटै वडा कार्यालयबाट सुरु भयो कर संकलन

धनकुटा । धनकुटाका सवै वडा कार्यालयबाट कर संकलन थालिएको छ । स्थानीय तह गठन भएको चार वर्षपछि जिल्लाका ६० वटै वडाबाट कर संकलन सुरु भएको हो । अब सर्वसाधारणले एकीकृत सम्पत्ति कर, घरवहाल करलगायत कर आफ्नै वडा कार्यलयबाट तिर्न सक्नेछन् । कर तिर्नका लागि गाँउ वा नगरपालिकाको केन्द्रसम्म पुग्नुपर्ने बाध्यता हटेपछि सर्वसाधारणलाई सहज भएको छ । धनकुटा नगरपालिका अन्र्तगतका १० वटै वडा कार्यालयले असोज १ गतेबाट ...
रबि लामिछानेको बयान सकियो, यस्तो छ बयान

रबि लामिछानेको बयान सकियो, यस्तो छ बयान

चितवन । पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या प्रदुरुत्साहन मुद्धा खेपिरहेका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेको बयान सकिएको छ । बयानका क्रममा उनले पुडासैनीलाई आत्महत्या गर्ने सम्मको दुखः आफुले नदिएको र दिनुपर्ने कारण पनि नरहेको दावी गरेका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले चितवन अदालतमा पेस गरेको लामिछानेको बयानमा सो कुरा उल्लेख छ । यस्तो छ बयान... ‘निजले मर्नुअघि बनाए...
छिन्ताङ्गमा अबिरल बर्षाका कारण बिद्यालय भवन भत्किदा पठनपाठन अवरुद्ध

छिन्ताङ्गमा अबिरल बर्षाका कारण बिद्यालय भवन भत्किदा पठनपाठन अवरुद्ध

धनकुटा । अबिरल बर्षाका कारण धनकुटाको शहिदभूमी गाउँपालिका–३ छिन्ताङ्ग स्थित अजम्बरी प्राथमिक बिद्यालयको भवन भत्किदा पठनपाठन अवरुद्ध भएको छ । बिद्यालय छेउमा पहिरो जाँदा कक्षा कोठामा क्षति पुगेपछि बिद्यालयमा पठनपाठन रोकिएको हो । पहिरोका कारण एउटा कक्षाकोठा भत्किएको र अन्य कोठाको भित्ता पनि चर्किएकाले संभावित जोखिमलाई मध्यनजर गर्दै बिद्यालय बन्द गरिएको प्रधानाध्यापक लोकेन्द्र राईले संगालोखबरलाई जा...
नोबेलमा ‘ओपन हार्ट सर्जरी’ सुरु गर्ने तयारी

नोबेलमा ‘ओपन हार्ट सर्जरी’ सुरु गर्ने तयारी

बिराटनगर। नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको छ । ओपन हार्ट सर्जरी सुरु गर्नका लागि अन्तिम तयारी भईरहेको नोबेल अस्पतालले जनाएको छ । असार महिना भित्रै सेवा सुरु गरिने मुटु रोग बिशेषज्ञ डा.राजेश नेपालले जानकारी दिए । ‘सामान आईसक्यो, केहि प्राविधिक काम सकेपछि ओपन हार्ट सर्जरी सुरु गर्छौ ।’ डा.नेपालले भने । नेपालका केहि अस्...
काठमाण्डौंमा १३ हजारसँग हतियार

काठमाण्डौंमा १३ हजारसँग हतियार

काठमाडौँ, ५ बैशाख । काठमाडौँमा १३ हजार व्यक्तिले लाइसेन्स लिएर हतियार राखेका छन् । तर, ती हरियार नवीकरण भए–नभएको र को–कोसँग छ भन्ने सरकारी निकायलाई नै जानकारी छैन । सरकारले १० वर्षसम्म पनि व्यक्तिसँग भएका निजी हतियारको लगत संकलन गर्न नसकेको हो । जुनसुकै जिल्लाबाट हतियार नविकरण गर्न मिल्ने कानुन भएकाले पनि विवरण संकलनमा कठिनाइ भएको छ । यस्तै, नविकरण नभएका हतियारारे प्रशासनलाई जानकारी नहुन...
पाल्पामा बम विस्फोट, गाउँपालिका भवनमा क्षति

पाल्पामा बम विस्फोट, गाउँपालिका भवनमा क्षति

पाल्पा, ५ बैशाख । पाल्पामा आज बिहान सुतली बम बिस्फोट भएको छ ।  जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौलीमा रहेको गाउँपालिका भवनमा बम पड्किएको हो । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ । भर्खरै भएको बम विस्फोटपछि प्रहरीको टोली त्यसतर्फ लागेको छ । विप्लव समूहको नेकपाकाले बम पड्काएको हुनसक्ने अनुमान गरिएको छ ।  घटनाबारे थप विवरण आउन बाँकी छ ।
यो किला होटलका कोठा सन् २०२० सम्मलाई बुकिङ भैसकेका छन् 

यो किला होटलका कोठा सन् २०२० सम्मलाई बुकिङ भैसकेका छन् 

१९ औं शताब्दीमा मदिरा सेवन तथा गैरकानुनी कामका लागि कुख्याति कमाएको लन्डनको डायडेन किला अहिले रोमान्टिक जोडिहरूको लोकप्रिय गन्तब्य बन्न थालेको छ । फोन र इन्टरनेटको सुविधा नभएको यो किलालाई अहिले होटलमा परिणत गरिएको छ । यही कारणले पनि यो किला होटलमा रात बिताउन जोडीहरूले त“छाडमछाड गर्न थालेका छन् । परिणामस्वरूप यो किला होटलका कोठा सन् २०२० सम्मलाई बुकिङ भैसकेका छन् । लन्डनको कर्नबेल क्षे...
कपालमा ओयल मसाज गर्दा यस्ता कुरा ध्यान दिनुहोस्

कपालमा ओयल मसाज गर्दा यस्ता कुरा ध्यान दिनुहोस्

एजेन्सी । तेल मसाज गर्दा सफासँग नुहाएको कपाल हुनुपर्छ । कन्डिसनर प्रयोग नगरेको कपाल हुनुपर्छ यदि कन्डिसनर प्रयोग गरेको छ भने कपाललाई मात्र स्याम्पु गरी कपाल सुकाएर गर्नु पर्दछ । किनकी कन्डिसनरले कपालको क्यूटिकल लक गर्ने भएको हुदाँ तेल भित्र पस्न पाउँदैन र यसरी तेल मसाज गर्दा कुनै पनि समस्या समाधान हुन सक्दैन । – कपालको समस्या हेरेर सहि तेल छनौट गर्नु पर्दछ । – कपाल धेरै झरेको छ भने जैतुनको ते...
सिङ्गो गाउँ बाख्रापालनमा

सिङ्गो गाउँ बाख्रापालनमा

दमौली, १३ चैत । तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका शिवकुमार आलेले ७० वटा बाख्रा पाल्नुभएको छ । उहाँले बाख्रापालनबाट वार्षिक रु दश लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । सोही ठाउँका श्रीमाया आलेले ४५ वटा बाख्रा पाल्नुभएको छ । उहाँको आम्दानी वार्षिक रु पाँच लाखभन्दा बढी छ । अर्का किसान खिमबहादुर थापाले ४० वटा बाख्रा पालेर एक वर्षमा त्यही हाराहारीमा आम्दानी गर्नुहुन्छ । उहाँहरु मात्रै होइन यस ठाउँका ...
मिथेन ग्यास उत्खनन गरिँदै

मिथेन ग्यास उत्खनन गरिँदै

दैलेख, १३ चैत । पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाख तेस्रो हप्तादेखि गरिने भएको छ । चीनकोतर्फबाट चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच बेइजिङमा सम्झौता भएपछि उक्त पेट्रोलियम मिथेन ग्यासको उत्खननका लागि सरकार तयार भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार हुँदा नाकाबन्दीसँगै मुलुकभर...
जलेर नाबालिकाको मृत्यु

जलेर नाबालिकाको मृत्यु

दाङ, ११ चैत । दाङमा एक नाबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहका अनुसार राप्ती गाउँपालिका–१ बगाहसोती निवासी हिमाल राना मगरकी एक महीनाकी छोरी सङ्गीताको जलेर मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक शाहले हिमालका अन्दाजी ४ वर्षीय छोरा अमितले उनकी बहिनी सङ्गीता सुतिरहेको कपडामा खेल्ने क्रममा आइतबार बेलुका ७.३० बजे सलाइ कोर्दा आगलागी ...
घोषणामै सीमित भयो झापाको सदरमुकाम चन्द्रगढीमा रहेको ‘शहीद पार्क’

घोषणामै सीमित भयो झापाको सदरमुकाम चन्द्रगढीमा रहेको ‘शहीद पार्क’

भद्रपुर, १० चैत । झापाको सदरमुकाम चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’लाई जनआन्दोलनका बेला नाम फेरेर ‘शहीद पार्क’ घोषणा गरिएको १२ वर्ष बिते पनि उचित व्यवस्थापन नहुँदा नयाँ नामकरण सार्थक बन्न सकेको छैन । भद्रपुर नगरपालिका वडा नं ८ चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको पूर्व, मेची रङ्गशालाको उत्तर, जिल्ला प्रहरी कार्यालयको पश्चिम र जिल्ला अदालतको दक्षिण मोहडामा एक बिघा दुई कठ्ठा दश धुर जग्गामा फैलिए...
आमाछोरी महीना दिनदेखि बेपत्ता

आमाछोरी महीना दिनदेखि बेपत्ता

पर्वत, १० चैत । पर्वतको फलेवास नगरपालिका–२ थापाठानाकी एक महिला महीना दिनदेखि चार वर्षीया छोरीसहित बेपत्ता हुनुभएको छ । गत फागुन २ गते काठमाडौँबाट चार वर्षीया छोरी सुप्रियालाई लिएर पर्वतका लागि हिँडेकी २४ वर्षीया शर्मिला थापा ३६ दिनसम्म बेखबर बन्नुभएको हो । उहाँ काठमाडौँबाट घरमा जान भनी हिँड्नु भएकामा हालसम्म परिवार तथा माइती पक्षको सम्पर्कमा आउनुभएको छैन । फलेवास नगरपालिका–२ थापाठानास्थित खनार ...
तीस वर्ष नपुगेसम्म व्यक्ति वयस्क नहुने

तीस वर्ष नपुगेसम्म व्यक्ति वयस्क नहुने

बीस वर्ष हाराहारीको उमेर हुँदा के तपाईँलाई कसैले 'परिपक्व बन्नुपर्छ' भनेका थिए?  अथवा त्यो उमेरमा तपाईँलाई इन्टरनेटमा बिरालोका रमाइला भिडियो हेर्ने रहर बाँकी थियो? यदि त्यसो हो भने तपाईँ किन त्यो उमेरसम्म वयस्क जस्तो व्यवहार गरिरहनु भएको छैन भन्ने कुराबारे वैज्ञानिक कारण हुनसक्छ। मस्तिष्क अध्ययन गर्ने वैज्ञानिकहरूका अनुसार मानिसहरू ३० वर्षको उमेर नटेक्दा सम्म पुर्णरूपमा 'वयस्क' हुन सक्दैनन्। न...
पुर्जा भएको जमीन भारतीयको कब्जामा

पुर्जा भएको जमीन भारतीयको कब्जामा

भीमदत्तनगर, ४ चैत । आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाउनुभएको छैन ।उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् । “विसं २०५८ मा खेतमा लगाएको अन्नबालीसमेत भारतीय सुरक्षाकर्मीले सङ्कलन गर्न दिएनन् ।” सुनारले भन्नु...
विराटनगरबाट १४ क्षेत्रमा हवाई उडान सञ्चालन गरिने

विराटनगरबाट १४ क्षेत्रमा हवाई उडान सञ्चालन गरिने

विराटनगर, १ चैत । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा हवाई उडान सञ्चालन गर्न पहल शुरु भएको बताउनुभएको छ । नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट(नाटा)को आठौँ प्रदेशस्तरीय वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रदेशका पहाडी जिल्लामा हवाई उडानका लागि सङ्घीय सरकारका साथै निजी वायुसेवालाई अनुरोध गरिएका...
समयमै अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न आग्रह

समयमै अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न आग्रह

काठमाडौँ, ३० फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले समयभित्रै अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न आग्रह गरेको छ । विभागले विज्ञप्ति जारी गरी २०७५ साल असार मसान्तसम्म दर्ता भई प्रमाणपत्र लिएका अनलाइन सञ्चारमाध्यमले २०७५ पुस मसान्तभित्र नवीकरण गर्न छुट भएका अनलाइन सञ्चारमाध्यमलाई २०७५ चैत मसान्तभित्र नवीकरण गर्न आग्रह गरेको हो । अनलाइन सञ्चारमाध्यम सञ्चालन (पहिलो संशोध...
जनतासँगै श्रमदानमा खटिँदै जनप्रतिनिधि

जनतासँगै श्रमदानमा खटिँदै जनप्रतिनिधि

गलेश्वर, ३० फागुन । जनताले दिएको मतबाट निर्वाचन जितेपछि आफूलाई सर्वशक्तिमान ठानेर जनमतको बेवास्ता गर्दै आफू अनुकूलका काम गर्ने भनेर जनप्रतिनिधिको आलोचना भइरहेका बेला म्याग्दीका केही जनप्रतिनिधिले आफैँ अगुवा बनेर उदाहरणीय काम गरेका छन् । आफ्नो पेशा व्यावसाय र घरायसी कामलाई समेत त्यागेर अनरवत जनताको काममा लाग्ने र आफैँ ज्यामी मजदुर बनेर जनतासँगै काममा खटिने जनप्रतिनिधि पनि म्याग्दीमा छन् । जिल्ला...
error: Content is protected !!