- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–९ बेलहारामा गएराति लडेर एक बृद्धको मृत्यु भएको छ । राति सवा ८ बजे गाउँबाट घर फर्कने क्रममा चिप्लिएर बाटोमा लड्दा बेलहाराका ६३ बर्षीय रिकमान तामाङको मृत्यु भएको हो ।

छोरीसँग घर फर्किदै गर्दा बाटोमा लडेर बृद्ध तामाङ गंभीर घाईते भएका थिए ।

स्थानीय बेलहारा स्वास्थ्य चौकीमा उपचारका क्रममा राती करिव ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुदर्शन कोईरालाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!