१९ औं शताब्दीमा मदिरा सेवन तथा गैरकानुनी कामका लागि कुख्याति कमाएको लन्डनको डायडेन किला अहिले रोमान्टिक जोडिहरूको लोकप्रिय गन्तब्य बन्न थालेको छ ।

Advertisement

फोन र इन्टरनेटको सुविधा नभएको यो किलालाई अहिले होटलमा परिणत गरिएको छ । यही कारणले पनि यो किला होटलमा रात बिताउन जोडीहरूले त“छाडमछाड गर्न थालेका छन् ।

परिणामस्वरूप यो किला होटलका कोठा सन् २०२० सम्मलाई बुकिङ भैसकेका छन् ।

लन्डनको कर्नबेल क्षेत्रमा रहेको डायडेन किलालाई १९ औं शताब्दीमा गोप्य क्षेत्रका रूपमा निर्माण गरिएको थियो । त्यति बेला यो किलामा बिजुली, पानी र बाथरुमको कुनै सुविधा थिएन ।

मनमोहक स्थलमा अवस्थित उक्त होटलको कोठामा भने एक जोडी मात्र बस्न मिल्ने सुविधा छ, जसका कारण सन् २०२० को जुलाई महिनासम्म यो किलाको कोठा बुक भएको हो ।

यो किलाको कोठामा दुई रात बिताएबापत करिब ७० हजार रुपैया“ तिर्नुपर्ने हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!