- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ नुनथला नजिक ट्रक दुर्घटना भएर सडक थुनिदा आज बिहान दुई घण्टा कोशी राजमार्ग अवरुद्ध भएको छ । इटहरीबाट होमपाईप लिएर बसन्तपुर जाँदै गरेको लु.१ क.३१४० नम्बरको ट्रक नुनथला स्थित कालिकाथान मन्दिर छेउमा दुर्घटना भएको हो ।

भिरालो सडकमा तेल सकिदा ट्रक पछाडी सरेर भित्तामा ठोक्किएको हो ।

भित्तामा ठोक्किएर सडकमा ट्रक तेस्रिनुका साथै होमपाईप यत्रतत्र छरिदा सिधुवा–बसन्तपुर सडक अवरुद्ध भएको सिधुवाका ट्राफिक प्रहरी रामचन्द्र कटुवालले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार बिहान ९ देखि ११ बजेसम्म करिव दुई घण्टा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि जेसिवी झिकाएर ट्रक र होमपाईप पन्साई सवारी आवतजावत सुचारु गरिएको ट्राफिक प्रहरी कटुवालले बताए । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

दुई घण्टासम्म कोशी राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन रोकिएका थिए । तेह्रथुम र संखुवासभाबाट धनकुटा हुँदै तराई झर्ने र तराईबाट ती जिल्ला जाने सवारी साधन सोहि सडक हुँदै आवतजावत गर्ने गर्छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!