धनकुटामा मिनिट्रक पल्टिँदा सह-चालकको मृत्यु

धनकुटामा मिनिट्रक पल्टिँदा सह-चालकको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका-९ पाँचगोलाईमा मिनिट्रक दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ । चालक घाइते छन् । धनकुटाबाट सब्जी बोकेर धरानतर्फ जाँदै गरेको प्र-३-०१-००३ क ६९०६ नम्बरको मिनिट्रक गएराती करिब २ बजे पल्टिएको छ । दुर्घटनामा ट्रकका सह-चालक उदयपुरको रानिटारका १८ वर्षीय दिनेश क्षेत्रीको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । दुर्घटनामा सहचालक क्षेत्र र चालक उद...
बिर्तामोडमा खुकुरी र बसिला प्रहार गरेर युवकको हत्या, दुई जना पक्राउ

बिर्तामोडमा खुकुरी र बसिला प्रहार गरेर युवकको हत्या, दुई जना पक्राउ

विराटनगर । झापाको बिर्तामोड नगरपालिका-७ खालबाडीमा धारिलो हतियार प्रहारबाट एक युवकको हत्या भएको छ । खुकुरी र बसिला प्रहार गरेर अन्दाजी ३६ वर्षीय फुर्वा तामाङको आज बिहान हत्या भएको हो । झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बिर्तामोड-७ का अन्दाजी २८ वर्षीय प्रेमकुमार राई र ३३ वर्षीय रामकुमार राईलाई पक्राउ गरिएको खड्काले...
न्यूरो हस्पिटलले सप्ताहव्यापी कार्यक्रम गरेर मनायो रजत जयन्ती

न्यूरो हस्पिटलले सप्ताहव्यापी कार्यक्रम गरेर मनायो रजत जयन्ती

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले २५ वर्ष पुगेको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम गरेर रजत जयन्ती मनाएको छ । मैत्रीपूर्ण फुटसल, मानवसेवा आश्रमका वृद्धवृद्धालाई भोजन, रक्तदान लगायत कार्यक्रम गरेर रजत जयन्ती मनाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा विराटनगरको विरेन्द्र सभागृहमा शनिवार रजत जयन्ती समारोह गरिएको छ । सो अवस...
भलिवल उत्सव: पुरुषतर्फ चौबिसे र महिलातर्फ साँगुरीगढीले जित्यो उपाधि

भलिवल उत्सव: पुरुषतर्फ चौबिसे र महिलातर्फ साँगुरीगढीले जित्यो उपाधि

धनकुटा । धनकुटामा सञ्चालित भलिवल उत्सवको उपाधि पुरुषतर्फ चौविसे गाउँपालिका र महिलातर्फ साँगुरीगढी गाउँपालिकाले जितेको छ । टुँडिखेलमा शनिवार भएको फाइनल खेलमा पुरुषतर्फ पाख्रीवास नगरपालिकालाई पराजित गर्दै चौबिसे गाउँपालिकाले उपाधि जितेको हो भने महिलातर्फ सहिदभूमि गाउँपालिकालाई हराउँदै साँगुरीगढी गाउँपालिकाले उपाधि चुमेको हो । पुरुषतर्फ चौविसेले पाख्रीवासलाई २५–२०, २५–२०, २५–२१ र २५–२१ को सेटले पर...
धनकुटामा वृहत मोटरसाइकल र्‍याली निकालेर एमालेले गर्यो गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन

धनकुटामा वृहत मोटरसाइकल र्‍याली निकालेर एमालेले गर्यो गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन

धनकुटा । नेकपा एमाले धनकुटाले आज धनकुटा बजारमा वृहत मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, यसबाट प्राप्त उपलब्धी र संविधानको रक्षाका लागि एमालेले वृहत जनजागरण मोटरसाइकल र्‍याली प्रदर्शन गरेको हो । सयौँ मोटरसाइकलको ताँतीसहित बसपार्कबाट सुरु भएको र्‍यालीले धनकुटा बजार परिक्रमा गरेको छ । र्‍याली बसपार्कबाट डाँडागाउँ, हुलाकटोल, वीचबजार, भीमनारायण चोक, माथ्लो कोप्चे, तल्लो...
प्रेस चौतारीको कोशी प्रदेश सचिवमा संगालोखबरका सञ्चालक रबिन कटेल निर्वाचित

प्रेस चौतारीको कोशी प्रदेश सचिवमा संगालोखबरका सञ्चालक रबिन कटेल निर्वाचित

विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको सचिवमा संगालोखबर अनलाइनका सञ्चालक रविन कटेल निर्वाचित भएका छन् । प्रदेश राजधानी विराटनगरमा बुधबार सम्पन्न भएको प्रेस चौतारी कोशी प्रदेशको दोस्रो अधिवेशनबाट कटेल सर्वसम्मत रुपमा सचिवमा निर्वाचित भएका हुन् । प्रेस चौतारी धनकुटाका निवर्तमान अध्यक्षसमेत रहेका कटेल विगत १६ वर्ष अघिदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । उनी पत्रकार महासंघ धनकुटाका ...
इटहरीमा राजावादीका नाममा बम आतङ्क

इटहरीमा राजावादीका नाममा बम आतङ्क

सुनसरी । सुनसरीको इटहरीमा राजावादीको नाममा आज बम आतङ्क मच्चाइएको छ । इटहरी उपमहानगरपालिका कार्यालय, भोटेपुल र वुढी खोला पुलमा बम राखेको भनेर आतङ्क मच्चाइएको हो । विभिन्न ठाउँमा बम राखेको भन्दै प्रहरी कार्यालयको नम्बरमा म्यासेज आएको थियो । सोही बमोजिम इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी र...
विकास निर्माणका काममा प्रदेश सरकार अगाडि छ : मुख्यमन्त्री कार्की

विकास निर्माणका काममा प्रदेश सरकार अगाडि छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार विकास निर्माणका काममा सबैभन्दा अगाडि रहेको बताएका छन् । बिहीबार विराटनगरमा आयोजित सङ्घीय शासन प्रणाली सबलीकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले विगत ३० वर्षमा हुन नसकेको काम सङ्घीयता आएपछि भएको दाबी गरे । ‘प्रचार प्रसार गर्न नसक्दा हाम्रो बदनाम भएको छ । हामी माथि प्रहार भएको छ’, मुख्यमन्त्री कार्कील...
विराटनगरमा क्रिप्टोकरेन्सी कारोबार गर्ने ६ जना पक्राउ

विराटनगरमा क्रिप्टोकरेन्सी कारोबार गर्ने ६ जना पक्राउ

विराटनगर । क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५ स्थित एक घरबाट क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीम दाहालका अनुसार पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ का २२ वर्षीय शिवशंकर यादव, राजगढ गाउँपालिका–३ का २० वर्षीय दिपक मण्डल,...
झापामा भएका बेग्लाबेग्लै दुर्घटनामा एकजनाको मृत्यु, २१ घाइते

झापामा भएका बेग्लाबेग्लै दुर्घटनामा एकजनाको मृत्यु, २१ घाइते

झापा । झापाको बिर्तामोडमा पिकअप भ्यानले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको छ । मंगलवार बिहान भएको दुर्घटनामा मोरङको रतुवामाई–८ की ७० वर्षीया टंकमाया सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मे १ च ६६१३ नम्बरको भ्यान र चालक बिर्तामोड–१ का ४५ बिर्खबहादुर थेवेलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी, कमल गाउँपालिका चुलाचुलीमोडमा टिप्पर र बस ठोक्किएर भएको दुर्घटनामा २१ जना...
विराटनगरमा प्याब्सन कप फुटबल सुरू

विराटनगरमा प्याब्सन कप फुटबल सुरू

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगिता सोमबार सुरु भएको छ । पहिलो दिन भएका खेलमा विराटनगरका चारवटा विद्यालय विजयी भएका छन् । प्याब्सन विराटनगरको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ग्यालेक्सी, मदरल्याण्ड एकाडेमी, दर्पन र मोर्डन एरा स्कुल विजयी भएका हुन् । विराटनगरको सहिद मैदानमा भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले अर्पन स्कुललाई १–० गोलले पराजित गर्यो । जितको ...
सकियो ढल्केबर-इनरुवा प्रसारण लाइन, औद्योगिक क्षेत्रमा अब समस्या नहुने

सकियो ढल्केबर-इनरुवा प्रसारण लाइन, औद्योगिक क्षेत्रमा अब समस्या नहुने

विराटनगर । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सकिएको छ । अब ४०० केभी प्रसारण लाइनबाट पर्याप्त विद्युत आपूर्ति हुने भएकाले भोल्टेज सुधार भई मोरङ–सुनसरी औद्योगिक करिडोरको विद्युत आपूर्ति सुधार हुने विद्युत प्राधिकरणले जनाएको छ । यसअघि भोल्टेज कम हुने र आपूर्ति अनियमित हुने समस्याले औद्योगिक क्षेत्र प्रभावित बनेको थियो । सुनसरी–मोरङ औद्योगिक करिडोरसहित यस क्...
संखुवासभाको सभापोखरी घुम्न आएका पोखराका वृद्धको मृत्यु

संखुवासभाको सभापोखरी घुम्न आएका पोखराका वृद्धको मृत्यु

संखुवासभा । सभापोखरी गाउँपालिका–५ स्थित धार्मिक तथा पर्यटकीयस्थल भ्रमण गर्न आएका पोखराका एकजना वृद्धको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२९ का ७० वर्षीय बुद्धिबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार आफ्ना छोरा २७ वर्षीय सागर गुरुङसहित भ्रमणमा आएका उनी चैनपुर नगरपालिका–१ गुफापोखरीबाट सभापोखरीतर्फ गएका थिए । त्...
धनकुटामा आजदेखि औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरु हुँदै

धनकुटामा आजदेखि औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरु हुँदै

धनकुटा । धनकुटामा आजदेखि कोशी प्रदेश स्तरीय औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरु हुँदैछ । घरेलु तथा कृषि उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले मेला आयोजना गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिउँसो १ बजे मेला उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक संस्थाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए । धनकुटा-६ स्थित औद्योगिक ग्...
लायन्स क्लवद्वारा अनाथ आश्रमलाई दुई करोड ९१ लाख सहयोग

लायन्स क्लवद्वारा अनाथ आश्रमलाई दुई करोड ९१ लाख सहयोग

विराटनगर । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट '३२५ सी' ले मानवसेवा आश्रम र मायाघर आश्रमलाई सहयोग गरेको छ । कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा लायन्सले सहयोग रकम जुटाएको हो । सहयोग रकमबाट विराटनगरको मानव सेवा आश्रममा सुविधासम्पन्न भान्सा घर र मायाघर आश्रम इटहरीमा आवास भवन निर्माण हुने लायन्स क्लव डिस्ट्रिक्ट ३२५ सीका डिस्ट्रिक्ट गर्भनर लायन विजयह...
कोशी प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन आह्वान

कोशी प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन आह्वान

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका छन् । नयाँ सरकार गठनको लागि खापुङले बैशाख २८ गते ५ बजेसम्मको समय दिएका छन् । प्रदेशसभामा बहुमत जुटाउनसक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दावी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन् । मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि प्रदेश...
रिलायबलद्वारा धनकुटामा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अढाई लाखको सहयोग

रिलायबलद्वारा धनकुटामा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अढाई लाखको सहयोग

धनकुटा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.ले धनकुटा नगरपालिका-१० उत्तरपानीस्थित आधारभुत विद्यालयलाई दुई लाख पचास हजार बराबरको सामग्री प्रदान गरेको छ । बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरू अध्ययन गर्ने सो विद्यालयमा कम्पनीले सोमबार सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान गरेको हो । नुहाउन तातो पानी आउँने सोलार हिटर सिस्टम, इलेक्ट्रिक फिल्टर, खानेपानीको टङ्की २ थान र ग्यास सिलिन्डर २ थान प्रद...
पानी ओसार्न थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्था अन्त्य गर्छौ: मन्त्री राई

पानी ओसार्न थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्था अन्त्य गर्छौ: मन्त्री राई

धनकुटा । खानेपानी मन्त्री राजेन्द्र राईले पानी ओसार्नका लागि थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्ने बताएका छन् । आइतबार धनकुटाको साँगुरीगढी गाउँपालिका-६ नाम्जेस्थित नाम्जे विद्यालय समुदाय सिँचाइ योजनाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । अहिले पनि खानेपानी ओसार्नका लागि आमा दिदीबहिनीहरूले धेरै दुख गर्नु परिरहेको भन्...
धनकुटाबाट पहिलो पटक गैरआवासीय नेपालीलाई दिइयो नागरिकता

धनकुटाबाट पहिलो पटक गैरआवासीय नेपालीलाई दिइयो नागरिकता

धनकुटा । धनकुटाबाट पहिलो पटक बिहीबार गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले गैरआवासीय नेपाली पार्वती कार्कीलाई नागरिकता प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्कीलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरे । नागरिकता प्रदान गर्नुअघि उनलाई नेपालको संविधान र कानुनको पालना गर्ने भनी लिखित प्रतिबद्धता पत्रमा हस्ताक्षर र सपथ ग्...
शितलादेवीमा विद्यार्थीको खेलकुद प्रतियोगिता

शितलादेवीमा विद्यार्थीको खेलकुद प्रतियोगिता

धनकुटा  । पाख्रीबास नगरपालिका–३ स्थित शितला देवी अंग्रेजी माध्यमिक विद्यालयले विभिन्न खेलकुद प्रतियोगिता गरेको छ । विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउन विद्यालयले फुटबल, क्रिकेट, रिले दौड, हाई जम्प र लङ्ग जम्प प्रतियोगिता गरेको हो । ८ सय र १५ सय मिटर दौड पनि गरिएको छ । खेलकुदमा शिशुदेखि कक्षा १० सम्मका विद्यार्थीहरू सहभागि थिए । खेलकुद गतिविधिले विद्यार्थीहरूलाई शारीरिक र मानसिक रुपमा स्वास...
धनकुटामा ढोका फुटाएर सुन पसलमा चोरी

धनकुटामा ढोका फुटाएर सुन पसलमा चोरी

धनकुटा । धनकुटा बजारको सुन पसलमा गएराती चोरी भएको छ । धनकुटा नगरपालिका–७ हुलाकटोलस्थित जिल्ला अस्पताल अगाडि रहेको जिमी ज्वेलर्समा चोरी भएको हो । पसल पछाडिको ढोका फुटाएर चोरी भएको पसल सञ्चालक सन्दिप पण्डितले जानकारी दिए । उनका अनुसार करिब आधा तोला सुन र १० किलो चाँदी चोरी भएको छ । ‘सेफ’ मा राखिएको सुन भने जोगिएको छ । ‘सेफ फोड्ने कोसिस गरेछ, नसकेकाले त्यहाँ भएको सुन चै जोगियो,’ पसल सञ्चालक पण्डित...
जिल्ला प्रशासन कार्यालय धनकुटामा खोलियो बैंकको एक्सटेन्सन काउन्टर

जिल्ला प्रशासन कार्यालय धनकुटामा खोलियो बैंकको एक्सटेन्सन काउन्टर

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटा परिसरमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन गरिएको छ । बैंकको धनकुटा शाखा मातहत सञ्चालन हुने सो काउन्टर सोमबार उद्घाटन गरिएको हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रबन्धक दिपकराज न्यौपानेले संयुक्त रुपमा पर्दा उघारेर र रिबन काटेर काउन्टर उद्घाटन गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले सेवा...
पर्यटक बोलाउन धनकुटा आइपुगे पोखराका होटल व्यवसायी

पर्यटक बोलाउन धनकुटा आइपुगे पोखराका होटल व्यवसायी

धनकुटा । पोखराका होटल व्यवसायीहरू पर्यटक बोलाउन धनकुटा आइपुगेका छन् । ‘जाउँ है पोखरा’ नाम दिइएको आन्तरिक पर्यटन प्रवर्द्धन अभियान लिएर पूर्वी नेपालको यात्रामा निस्किएका उनीहरु धनकुटेलीलाई पोखरा घुम्न निम्तो दिन आएका हुन् । उनीहरूले आन्तरिक पर्यटन प्रवर्द्धन अभियानका विषयमा धनकुटामा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । होटल व्यवसायी, सञ्चारकर्मी लगायत सहभागि कार्यक्रममा पोखराका पर्यटकीय गन...
जमरकट्टेल प्रतिष्ठानको साधारण सभा सम्पन्न

जमरकट्टेल प्रतिष्ठानको साधारण सभा सम्पन्न

विराटनगर । जमरकट्टेल वंश एकता प्रतिष्ठान केन्द्रिय कार्यसमिति विराटनगरको १० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । विराटनगर–१९ बैजनाथपुरस्थित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा साधारण सभा गरिएको हो । प्रतिष्ठानका सल्लाहकार समिति संयोजक राजु जमरकट्टेलले ब्यानर उघारेर साधारण सभा उद्घाटन गरेका थिए । साधारण सभामा सचिव डिल्लीराम जमरकट्टेलले प्रतिष्ठानको चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा का...
पाख्रीवासमा ५३ जनाले गरे रक्तदान

पाख्रीवासमा ५३ जनाले गरे रक्तदान

धनकुटा । धनकुटाको पाख्रीवासमा रक्तदान कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आइतबार टिम नेपो धनकुटा नामक संस्थाले रक्तदान कार्यक्रम गरेको हो । पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्रको सभा हलमा आयोजना गरिएको कार्यक्रममा ५३ जनाले रक्तदान गरेको आयोजक संस्थाका संयोजक सुदिप कोइरालाले जानकारी दिए । स्थानीयवासी, विद्यार्थी, अनुसन्धान केन्द्रका कर्मचारी लगायतले रक्तदान गरेका हुन् । ...
चित्रे बजारमा राँके मेलाको रौनक

चित्रे बजारमा राँके मेलाको रौनक

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका र तेह्रथुमको लालीगुराँस नगरपालिकाको सीमास्थित चित्रे बजारमा राँके मेला लागेको छ । सोमबारबाट सुरु भएको मेला आज सकिदैछ । मेला समापनको दिन आज कलाकारहरू सन्ध्या बुढा ‘काउली बुढी’, उमेश राई ‘फुलन्देकी आमा’ र गायिका रचना रिमाल आउँदैछन् । दिउँसो करिब २ बजेपछि कलाकारहरूको साथमा सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । मेलामा धनकुटा, तेह्रथुम, संखुवासभा, सुन...
धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि थालियो वृक्षरोपण अभियान, हरेक हप्ता बिरुवा रोपिने

धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि थालियो वृक्षरोपण अभियान, हरेक हप्ता बिरुवा रोपिने

धनकुटा । धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण अभियान सुरु गरिएको छ । धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा निबुवा तांखुवा जलाधार मूलाधार क्षेत्रमा वृक्षरोपण अभियान थालिएको हो । मुहान क्षेत्रको संरक्षण गर्दै खानेपानी समस्याको दिगो व्यवस्थापनका लागि वृक्षरोपण अभियान थालिएको धनकुटा नगरपालिकाका प्रमुख एवं खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष चिन्तन तामाङ...
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ देखि २९ गतेसम्म देशभर सञ्चालन भएको एसईई परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागि भएका थिए । यसरी हेर्नुहोस् नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट नतिजा हेर्न सकिनेछ । एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्नुपर्नेछ । त्यस्तै, प...
सदस्यता शुद्धिकरणमा विभेद र हेलचेक्र्याइँ नगर्न प्रेस चौतारीको चेतावनी

सदस्यता शुद्धिकरणमा विभेद र हेलचेक्र्याइँ नगर्न प्रेस चौतारीको चेतावनी

विराटनगर । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणका क्रममा विभेद र हेलचेक्र्याइँ नगर्न प्रेस चौतारी नेपाल कोशी प्रदेशले पत्रकार महासंघलाई ध्यानाकर्षण गराएको छ । सदस्यता शुद्धिकरणका क्रममा जिल्ला शाखाहरूबाट विभेदपूर्ण निर्णय गरिएको गुनासो आएपछि प्रेस चौतारीले पत्रकार महासंघ कोशी प्रदेश कमिटीलाई विभेदपूर्ण निर्णय सच्याउन र हेलचेक्र्याइँ नगर्न ध्यानाकर्षण गराएको हो । प्रेस चौतारीका प्रदेश अध्यक्...
सहिदभूमिको बजेट ४५ करोड

सहिदभूमिको बजेट ४५ करोड

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४५ करोड ६९ लाख ३५ हजार ६ सय २७ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको हो । आइतबार आयोजित गाउँसभामा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राईले बजेट प्रस्तुत गरिन् । बजेट प्रस्तुत गर्दै उपाध्यक्ष राईले चालु तर्फ ३१ करोड २ लाख ४८ हजार २ सय रुपैयाँ र पूँजीगत तर्फ १...
रंगेली नगरपालिकाले ल्यायो ७३ करोडको बजेट

रंगेली नगरपालिकाले ल्यायो ७३ करोडको बजेट

विराटनगर, १० असार । मोरङको रंगेली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ७३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आठौँ नगरसभामा उपप्रमुख भूमा पराजुलीले ७३ करोड २८ लाख ४३ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी हुन् । उपप्रमुख पराजुलीले चालु तर्फ ४९ करोड ९६ लाख २६ हजार ३ सय २०रुपैयाँ र पूँजीगततर्फ २३ करोड ३२ लाख १६ हजार ६ सय ८० रुपैयाँ विनियोजन गरिएको बताइन् । जस अन्तगर्त नेपाल सरका...
error: Content is protected !!