विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगिता सोमबार सुरु भएको छ । पहिलो दिन भएका खेलमा विराटनगरका चारवटा विद्यालय विजयी भएका छन् । प्याब्सन विराटनगरको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ग्यालेक्सी, मदरल्याण्ड एकाडेमी, दर्पन र मोर्डन एरा स्कुल विजयी भएका हुन् । विराटनगरको सहिद मैदानमा भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले अर्पन स्कुललाई १–० गोलले पराजित गर्यो । जितको लागि ग्यालेक्सीका एमडी मासुमले निर्णायक गोल गरे । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा मदरल्याण्ड एकाडेमी २–१ गोलले विजयी भयो । मदरल्याण्डका खेमराज हमालले व्यक्तिगत दुई गोल गरे । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । यस्तै, खेलमा दर्पनले विराट शिक्षा स्कुललाई २–१ गोलले पराजित गर्यो । जितका लागि दर्पनका सुवास राजवंशी र आशन थापा मगरले गोल गरे । विराट शिक्षाको तर्फबाट सान्त्वना गोल रन्जित दनवारले फर्काए ।

Advertisement

चौथो खेलमा मोर्डन एरा स्कुलले टाइब्रेकरमा बिकेभिएम स्कुललाई २ –१ गोलले निरास बनायो । टाइब्रेकरमा मोर्डन एराका अमन माझी र सुशान्त रोइलाले गोल गरे । बिकेभिएमको तर्फबाट डेनिस लामिछानेले मात्र गोल गरे । खेलको प्लेयर अफ द म्याच मोर्डन एराका गोलकिपर रोनकराज धामी घोषित भए ।

प्रतियोगिताअन्गर्तत मंगलबार तीन खेल हुनेछ । पहिलो खेल गौतम बुद्ध मेमोरियल स्कुल र सप्तकोशी स्कुल, दोस्रो खेल विनायक बोर्डिङ स्कुल र गोदावरी स्कुल बीच हुनेछ भने तेस्रो खेल सेन्ट जोसेफ र देवकोटा स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए । असार ५ गते हुने प्रतियोगिताको फाइनलमा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका छन् ।

प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपबिजेताले नगद ११ हजार रुपैयाँ पाउने प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । प्रतियोगितामा विभिन्न ८ वटा विधामा पुरस्कार वितरण गरिनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!