विराटनगरसहित ५ स्थानीय तहले सडक बत्तीको १७ करोड महशुल तिर्न बाँकी

विराटनगरसहित ५ स्थानीय तहले सडक बत्तीको १७ करोड महशुल तिर्न बाँकी

विराटनगर । विराटनगर महानगरपालिकासहित मोरङका पाँच पालिकाहरूले सडक बत्ती बाले बापतको विद्युत महशुल तिर्न आनाकानी गरिरहेका छन् । विभिन्न कारण देखाउँदै महशुल नतिर्दा नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले लाइन काट्न थालेको छ । विद्युत् प्राधिकरणले बारम्बार महशुल तिर्न ध्यानाकर्षण गराएपनि स्थानीय तहहरू विभिन्न कारण देखाउँदै पन्छिँदै आएका छन् । विराटनगर महानगरपालिकाले मात्रै चैत मसान्त सम...
भीमनारायण गोल्डकपः वर्षाका कारण खेल स्थगित, भोलि पुनः खेलाइने

भीमनारायण गोल्डकपः वर्षाका कारण खेल स्थगित, भोलि पुनः खेलाइने

धनकुटा । धनकुटामा सुरु भएको शहीद भीमनारायण गोल्डकपको आजको उद्घाटन खेल मध्यान्तरपछि स्थगित भएको छ । अविरल वर्षाका कारण खेल स्थगित गर्नु परेको आयोजकले जनाएको छ । उद्घाटन खेलमा एपीएफ र फोरस्टार युवा क्लब मोरङबीच खेल भइरहेको थियो । खेल सुरुवातको दोस्रो मिनेटमै एपीएफका सुमन श्रेष्ठले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए । तर, नियमित पानी परिरहेकाले मध्यान्तरपछिको खेल स्थगित गरिएको हो । मध्यान...
भीमनारायण गोल्डकप सुरू, एपीएफलाई एक गोलको अग्रता

भीमनारायण गोल्डकप सुरू, एपीएफलाई एक गोलको अग्रता

धनकुटा । शहिद भीमनारायण श्रेष्ठ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको १६ औँ संस्करण आज सुरु भएको छ । संविधानसभा सदस्य मनोहर नारायण श्रेष्ठलगायतले रेफ्रीलाई बल दिएर प्रतियोगितको उद्घाटन गरेका थिए । श्रेष्ठसहित प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, नेपाली कांग्रेस धनकुटा जिल्ला सभापति दिनेश राई, पाख्रीबास नगरपालिका प्रमुख ज्ञानबहादुर गुरुङ र जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङले सामूहिक रुपमा...
‘वैशाख २५ गतेपछि कोशीको अन्योल हट्छ’

‘वैशाख २५ गतेपछि कोशीको अन्योल हट्छ’

विराटनगर । नेपाली कांग्रेसले वैशाख २५ गतेपछि कोशी प्रदेश सरकारका सम्बन्धमा देखिएको अन्योल हट्ने जनाएको छ । कांग्रेस कोशी संसदीय दलले आज प्रदेशसभा सचिवालयमा पत्रकार भेटघाट आयोजना गरी यस्तो जनाएको । कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले वैशाख २५ गतेसम्म टिकाउन प्रयास गर्ने भेटघाटका क्रममा जानकारी दिए । संविधानले दिएको बाटो अबलम्बन गरेर जे गर्न सकिन्छ, त्यो गर्ने उनले बताए । ‘वैशाख २५ ग...
कुटपिटका कारण दुहबीका एक जनाको मृत्यु

कुटपिटका कारण दुहबीका एक जनाको मृत्यु

विराटनगर । खोला छेउको माटो काट्ने क्रममा बिवाद हुँदा एक जनाको मृत्यु भएको छ । मोरङको बुढीगंगा–५ स्थित बुढी खोलामा माटो काट्ने क्रममा भएको बिवाद कुटपिटमा परिणत हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुहबी–१ का ४० वर्षीय जाबिर मियाँ छन् । ‘शनिबार सामान्य बिवाद भएको अवस्थामा घटना कुटपिटमा परिणत भएछ’, सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मो. अजुल हुसेनले भने, ‘कुटपिट गर्ने र मृत...
हलेसी, बराहक्षेत्र र पाथीभरा जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने

हलेसी, बराहक्षेत्र र पाथीभरा जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने

विराटनगर । कोशी प्रदेशका तीन प्रमुख धार्मिकस्थलहरुलाई जोड्ने गरी धार्मिक पर्यटन प्रवर्द्धन गरिने भएको छ । कोशी प्रदेश सरकारले यो कामलाई प्राथमिकतामा राखेको जनाइएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खोटाङको हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङस्थित पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका हुन् । हलेसीमा हिजो हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका ती तीन महत्वपूर्ण...
धनकुटामा भीमनारायण गोल्डकप आजदेखि, एपीएफ र मोरङ भिड्दै

धनकुटामा भीमनारायण गोल्डकप आजदेखि, एपीएफ र मोरङ भिड्दै

धनकुटा । धनकुटामा आजदेखि शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता सुरू हुँदैछ । आज हुने प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ टिम र फोरस्टार युवा क्लब मोरङले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रम दिउँसो २ बजे सुरू हुँदैछ । आजका लागि खेल भने ४ बजेपछि मात्र सुरू हुने प्रतियोगिताका संयोजक शम्भु प्रधानले बताए । उनका अनुसार यसपटक प्रतियोगिताको उद्घाटन प्रमुख अत...
भोजपुर एमाले अधिवेशनः पूर्वमन्त्री शेर्पा उपाध्यक्षमा पराजित, पत्रकार राईलाई सर्वाधिक मत

भोजपुर एमाले अधिवेशनः पूर्वमन्त्री शेर्पा उपाध्यक्षमा पराजित, पत्रकार राईलाई सर्वाधिक मत

भोजपुर । नेकपा एमालेको भोजपुर जिल्ला कमिटी चयनका लागि भएको निर्वाचनमा पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पा पराजित भएका छन् । उपाध्यक्षको उम्मेदवार रहेका उनी किरण राईसँग ९५ मत अन्तरले पराजित भएका हुन् । शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार राई ३११ मत प्राप्त गर्दै उपाध्यक्ष निर्वाचित भएका हुन् । प्रतिस्पर्धी पूर्वमन्त्री शेर्पाले भने २१६ मतमात्र प्राप्त गरे । पदाधिकारीमध्ये सचिवमा सर्वाधिक...
विराटनगरका श्रेष्ठले गरे एक सय पटक रक्तदान

विराटनगरका श्रेष्ठले गरे एक सय पटक रक्तदान

विराटनगर । विराटनगरको ट्राफिक चोकका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले एक सय पटक रक्तदान गरेका छन् । गोल्डेन अस्पतालमा उपचाररत सप्तरीका चन्देश्वर रायका लागि उनले शनिबार रगत दिएका हुन् । यसअघि उनले ९९ औं पटक रक्तदान गरिसकेका थिए । रायलाई ए पोजेटिभ रगत चाहिएको थियो । उनीहरूको रक्तसमूह मिलेपछि श्रेष्ठले रगत दिएको बिरामी रायका ज्याईं रविन्द्ररायले जानकारी दिए । आफूले रक्तदान गरेको तीन महिना पुरा भएपछि...
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित

एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित

भोजपुर । नेकपा एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी भएका छन् । नबौं जिल्ला अधिवेशनमा भएको मतदानमा ३१७ मत प्राप्त गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । खड्कासहित पदाधिकारीमा उनको प्यानल नै विजयी भएको छ । शनिवार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार निकटतम प्रतिद्वन्द्वी शरणकुमार राईलाई खड्काले ९४ मतान्तरले पराजित गरेका छन् । शरणकुमारले २२३ मत प्राप्त गरेका छन् । उपाध्यक्ष ३११ मतस...
भीमनारायण गोल्डकप निःशुल्क हेर्न पाइने

भीमनारायण गोल्डकप निःशुल्क हेर्न पाइने

धनकुटा । धनकुटामा आइतबार (भोलि) बाट सुरु हुने शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता निःशुल्क हेर्न पाइने भएको छ । धनकुटा नगरपालिकाले प्रवेश शुल्क बेहोरेर दर्शकहरूलाई निःशुल्क फुटबल हेर्न पाउने व्यवस्था मिलाएको हो । यसअघि क्वार्टरफाइनलको प्रति खेल ५० रुपैयाँ तथा सेमिफाइनल र फाइनलको खेल हेर्न १०० रुपैयाँका दरले प्रवेश शुल्क लिने गरिएको थियो । नगर प्रमुख चिन्तन तामाङले दर्शकबाट प्रवेश शुल्क नलि...
बिर्तामोडले जित्यो आदर्श कपको उपाधि

बिर्तामोडले जित्यो आदर्श कपको उपाधि

झापा । झापाको बुद्धशान्तिमा आयोजित तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधि बिर्तामोड युनाइटेड एफसीले हात पारेको छ । आदर्श युवा क्लबद्धारा आयोजित प्रतियोगितामा भारतको मानेभन्ज्याङ एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेडले उपाधि कब्जा गरेको हो । बिजेता बिर्तामोडले उपाधिसँगै नगद २ लाख रुपैयाँ पायो । मानेभन्ज्याङले १ लाख रुपैयाँमा चित्त बुुझायो । यसअघिको खेलमा महत्वपूर्ण दुुई खेलाडी गुमाए...
भोजपुरको अरुणोदयलाई एक लाख राशिको महाभीम पुरस्कार

भोजपुरको अरुणोदयलाई एक लाख राशिको महाभीम पुरस्कार

विराटनगर । महाभीम स्मृति कोषबाट प्रदान गरिने २०८० सालको महाभीम धर्म, संस्कृति एवं समाज सेवा पुरस्कार (दोस्रो) भोजपुरको चरम्बीस्थित अरुणोदय उच्च माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ । चरम्बी पिपल डाँडामा महाभीम स्मृति कोष–२०७९ ले आयोजना गरेको कार्यक्रममा एक लाख राशि सहितको ‘महाभीम धर्म संस्कृति एवं समाज सेवा पुरस्कार’ प्रदान गरिएको हो । हालै आयोजित एक कार्यक्रमका बीच कोषका संस्थापक एवं संरक्षक ...
चर्को गर्मी अनि झ्याप्प-झ्याप्प जाने बिजुली, विराटनगरका उपभोक्ता हैरान

चर्को गर्मी अनि झ्याप्प-झ्याप्प जाने बिजुली, विराटनगरका उपभोक्ता हैरान

विराटनगर । पछिल्लो समय विराटनगरमा छिनछिनमा विद्युत् कटौती हुने गरेकाले सर्वसाधारणले दुःख पाएका छन् । अचाक्ली गर्मीको समयमा पटक–पटक विद्युत् कटौती हुँदा सास्ती भोग्नु परेको छ । दिनदिनै बढ्दै गएको गर्मीले सताइरहेका बेला बिजुली आपूर्ति छिनछिनमा बन्द हुँदा निसास्सिने गरेको उपभोक्ता बताउँछन् । ‘बाहिर निस्किसक्नु छैन, घरभित्र बस्दा बिजुली नभएर पंखा चलाउन पाइँदैन’ विराटनगर–४ की कविता गुरागाईंले भनिन्,...
प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच सहुलियत उपचारको सम्झौता

प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच सहुलियत उपचारको सम्झौता

विराटनगर । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच सहुलियतमा उपचार गर्ने सम्झौता भएको छ । न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरूको सहुलियतमा उपचार गरिदिने भएको हो । सझमदारी पत्रमा प्याब्सन मोरङका तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको तर्फबाट अपरेशनल डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार न्यूरोले प्याब्सनमा आवद्ध सदस्य, सञ्चालक, प्रिन्सिपल, शिक्षक, कर्मचारी र आश्...
श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ

श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ

विराटनगर । श्रीमतीको हत्या गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का ५० वर्षीय पदमबहादुर तामाङलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार पदमबहादुरलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न स्थानीय बासिन्दाले पनि सहयोग गरेका थिए । प्रहरीका अनुसार उनले ...
इलामको सिद्धदेवी टी स्टेट अमेरिकामा पुरस्कृत

इलामको सिद्धदेवी टी स्टेट अमेरिकामा पुरस्कृत

विराटनगर । चिया खेतीका लागि प्रसिद्ध इलामस्थित सिद्धदेवी टी स्टेटले ‘उत्कृष्ट चिया’ को उपाधि जितेको छ । हालै अमेरिकाको लस भेगासमा आयोजित ‘विश्वचियाएक्सपो २०२४’ मा चिया उत्पादनमा उत्कृष्ट प्रदर्शनी गरेबापत नेपालमा उत्पादित चियाले ‘विश्वको उत्कृष्ट चिया’ को उपाधि जितेको हो । अमेरिकास्थित ‘वर्ल्ड टी एक्स्पो डट कम’ का अनुसार यो वर्ष विश्वकै सबैभन्दा उत्कृष्ट चियाको पुरस्कार ‘ग्राण्ड च्याम्पियन’ को ...
उपाधिका लागि बिर्तामोड र मानेभञ्ज्याङ भिड्दै

उपाधिका लागि बिर्तामोड र मानेभञ्ज्याङ भिड्दै

झापा । झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधिका लागि आज शनिवार बिर्तामोड युनाइटेड एफसी र पाहुना टीम भारतको मानेभञ्ज्याङ एफसी भिड्दैछन् । यसअघि भएको सेमीफाइनलमा बिर्तामोड युनाइटेडले बेलबारी एफसीलाई टाइब्रेकरमा ५–४ ले र मानेभञ्ज्याङले आयोजक आदर्श क्लबलाई २–० ले पाखा लगाउँदै उपाधि भिडन्त तय गरेका थिए । प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख, तथा उपविजेताले १ लाख रुपैयाँसहित ट...
‘प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार’

‘प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार’

विराटनगर । प्रेम प्रस्ताव अस्वीकार गर्दा झापाको दमकमा छात्रामाथि गोली प्रहार भएको पाइएको छ । दमक–२ स्थित हिमालय माविमा कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्दा छात्रामाथि आक्रमण भएको थियो । उदयपुरको लिङचिङबुङ गाउँपालिका–३ घर भई झापाको दमक नगरपालिका–५ मा बस्दै आएकी १८ वर्षीया एनिका गजमेरमाथि शुक्रबार दिउँसो साढे १२ बजे गोली प्रहार भएको थियो । इलाका प्रहरी कार्यालय दमकले घाइतेको अवस्था सामान्य रहे...
धनकुटामा जंगलको आगो बस्तीमा पस्दा घर सखाप

धनकुटामा जंगलको आगो बस्तीमा पस्दा घर सखाप

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ स्थित तेलियामा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । स्थानीय भञ्ज्याङ डाँडा सामुदायिक बनमा लागेको आगो बस्तीमा पस्दा इश्वरी घिमिरेको घर र गोठ जलेर नष्ट भएको हो । पीडित घिमिरेका अनुसार घरमा बृद्ध आमा मात्र भएका बेला आज दिउँसो करिब १ बजे जंगलबाट घरमा आगो सल्किएको हो । एक्कासी आगो सल्किएकाले घरमा भएका सामान निकाल्न नपाइएको घिमिरेले बताए । आगोले खाद्यान्न, लत्...
कोशीका १४ वटै जिल्लामा पशुविज्ञ केन्द्र स्थापना गरिने

कोशीका १४ वटै जिल्लामा पशुविज्ञ केन्द्र स्थापना गरिने

विराटनगर । कोशी प्रदेश सरकारले इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बुमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषदको आज शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको कृषि मन्त्री रामकुमार खत्रीले जानकारी दिए । ‘नयाँ प्रविधि किसानसम्म पुगोस् भनेर कोशी प्रदेशका १४ जिल्लामै कार्यालय स्थापना गरिने भएको मन्त्री खत्रीले बताए । यसअघि कोश...
error: Content is protected !!