भन्सार एजेन्टको आन्दोलन फिर्ता
विराटनगर । भन्सार एजेन्टहरूले आन्दोलन फिर्ता लिएका छन् । आज भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच भएको वार्तापछि आन्दोलन रोकिएको हो ।
आन्दोलन रोकिएसँगै भन्सार जाँचपासको काम शुरु भएको छ । महासङ्घले विज्ञप्ति निकालेर माग सम्बोधन गर्न भन्सार विभाग सकारात्मक भएकोले पेन डाउन कार्यक्रम फिर्ता भएको जनाएको छ । यस्तै भन्सार विभागले पनि विज्ञप्ति निकालेर भन्सार एजेन्ट र विभागबीचको वार्ता सकारात्मक रूपम...






























