भेट्रान्स फुटबलः पूर्वेली युवा क्लबको फराकिलो जित

भेट्रान्स फुटबलः पूर्वेली युवा क्लबको फराकिलो जित

झापा । बिकर्ण श्रेष्ठको चार गोल मद्दतमा फराकिलो जित निकाल्दै आयोजक रातो स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा आयोजकले पाहुना टोली इलामको एमसिसी भेट्रान्स फुटबल क्लबमाथि गोल वर्षा गरेको थियो । इलामलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक पूर्वेली युवा क्लब रातो ...
नक्कली सुन देखाउँदै ठग्ने उर्लाबारीका युवक झापामा पक्राउ

नक्कली सुन देखाउँदै ठग्ने उर्लाबारीका युवक झापामा पक्राउ

झापा । सुनजस्तो देखिने पहेँलो धातु देखाएर सर्वसाधारणलाई ठग्ने काममा सक्रिय एकजनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–६ स्थित पशुहाटबाट ३० वर्षीय सञ्जीव शर्मालाई पक्राउ गरिएको हो । दमकका विभिन्न स्थानमा लाग्ने हाट बजारहरुमा गइ जेष्ठ नागरिक र महिलाहरुलाई पहेँलो धातु देखाएर ठग्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । त्यस क्रममा म...
भेट्रान्स फुटबलः चन्द्रगढी अन्तिम चारमा

भेट्रान्स फुटबलः चन्द्रगढी अन्तिम चारमा

बिर्तामोड । चन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल फर्का...
झापाको दमकमा ब्राउन सुगरसहित चारजना पक्राउ

झापाको दमकमा ब्राउन सुगरसहित चारजना पक्राउ

झापा । झापाको दमकमा प्रतिबन्धित लागूऔषधसहित चारजना व्यक्ति पक्राउ परेका छन् । लागूऔषधिको कारोबार भइरहेको भन्ने सूचना पाएर पुगेको प्रहरी टोलीले उनीहरुलाई दमक नगरपालिका–२ मा पक्राउ गरेको थियो । राति करिब १० बजे प्रहरीको टोली निगरानीका लागि त्यस क्षेत्रमा पुगेको थियो । प्रहरीले दमक–२ का ४३ वर्षीय नेत्र थापा, २६ वर्षीय भेषबहादुर भुजेल, १९ वर्षीय किरण थापा र दमक–५ का २६ वर्षीय प्रकाश लिम्बूलाई पक्रा...
बन्दले पाँचथर, इलाम, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित

बन्दले पाँचथर, इलाम, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित

विराटनगर । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा भइरहेको वन फँडानीको विरोधमा आह्वान गरिएको बन्दका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । मेची राजमार्गमा बिहानैदेखि सवारी साधन चल्न नसक्दा यात्रुहरु गन्तव्य पुग्न पाएका छैनन् । बन्दका कारण इलाम, पाँचथर, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित बनेको छ । पाथीभरा क्षेत्रमा केबुलकार बनाउने तयारीस्वरुप जंगल फँडानी गरिए...
मोरङ, सुनसरी र झापामा व्यावहारिक कानुनी शिक्षा कार्यक्रम

मोरङ, सुनसरी र झापामा व्यावहारिक कानुनी शिक्षा कार्यक्रम

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा ‘कानूनको व्यावहारिक शिक्षा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । न्यायमा पहुँच अभिवृद्धि कार्यक्रमअन्तर्गत विश्वविद्यालयले झापा, मोरङ र सुनसरीका १२ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने भएको हो । मोरङका ६, झापाका ५ र सुनसरीको एउटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुनेछ । स्नातक तहका विद्यार्थीले छनौट भएका स्थानीय तहमा गएर ल...
भेट्रान्स फुटबलः पूर्वेली युवा क्लब सेमिफाइनलमा

भेट्रान्स फुटबलः पूर्वेली युवा क्लब सेमिफाइनलमा

बिर्तामोड । कृष्ण शाक्यको व्यक्तिगत पाँच गोलसँगै आयोजक निलो स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजकले पाहुना टोली हाम्रो इटहरी भेट्रान्स फुटबल क्लबमाथि गोल वर्षा गरेको थियो । इटहरीलाई ९–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक पूर्वेली युवा क्लब निलो अन्तिम चारमा प्रवेश गरे...
झापामा करेन्ट लागेर महिलाको मृत्यु

झापामा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । झापामा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । कन्काई नगरपालिका–२ मा करेन्ट लागेर २३ वर्षीया मीना नामकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लागेर उनी सिकिस्त घाइते भएकी थिइन् । उनलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल बिर्तामोड लागिएको थियो । त्यहीँ उनको उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी क...
झापाले जित्यो भीमनारायण गोल्डकपको उपाधि

झापाले जित्यो भीमनारायण गोल्डकपको उपाधि

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब यहाँ आज सम्पन्न शहीद भीमनारायण गोल्डकपको च्याम्पियन बनेको छ । विभागीय टिम सशस्त्र प्रहरीको एपीएफलाई ३–० गोल अन्तरले हराउँदै झापाले उपाधि चुमेको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफ सुरु भएको छैटौं मिनटमा झापाका आशिष चापागाईंले गोल गर्दै आफ्नो टिमका लागि खाता खोलेका थिए । एक गोलको अग्रता पाएपछि...
झापाको भद्रपुर विमानस्थलबाट चाँदीसहित महिला पक्राउ

झापाको भद्रपुर विमानस्थलबाट चाँदीसहित महिला पक्राउ

झापा । झापाको भद्रपुर विमानस्थलबाट चाँदीसहित एक महिला पक्राउ परेकी छन् । भारतको उत्तराखण्ड देराजुङकी ३० वर्षीया तेन्जिङ छिरिङलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो । बुद्ध एयरको उडानबाट काठमाडौं जान लागेकी उनले झोलामा लुकाएर राखेको अवस्थामा दुई किलो ५ ग्राम चाँदी बरामद भएको प्रहरीले जनाएको छ । चाँदीको दुई वटा डल्लो फेला परेको हो । उनको साथबाट भारतीय रुपैयाँ २८ हजार ५ सय पनि बरामद भएको छ...
झापाको बिर्तामोडमा वृद्धा मृत फेला

झापाको बिर्तामोडमा वृद्धा मृत फेला

विराटनगर । झापाको बिर्तामोडमा एकजना वृद्धा घरमै मृत अवस्थामा भेटिएकी छन् । बिर्तामोड नगरपालिका–४ की ६८ वर्षीया विष्णुमाया बिष्ट आज बिहान मृत अवस्थामा भेटिएकी हुन् । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना शंकास्पद देखिएकाले सुनसरीको धरानबाट कुकुरसहितको टोली मगाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान गरिरहेको झाप...
चट्याङ लागेर झापामा एकजनाको मृत्यु

चट्याङ लागेर झापामा एकजनाको मृत्यु

विराटनगर । बारीमा काम गरिरहेका बेला चट्याङले लागेर झापामा आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चट्याङ लागेर अर्जुनधारा नगरपालिका–२ का ५४ वर्षीय मोहनप्रसाद दुलालको मृत्यु भएको हो । दिउँसो आफ्नै बारीको मकै खेतीमा मल हालिरहेका बेला परेको चट्याङले उनलाई लागेको थियो । चट्याङ लागेर सिकिस्त घाइते भएका दुलाललाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । उपच...
करेन्ट लागेर झापामा नाबालकको मृत्यु

करेन्ट लागेर झापामा नाबालकको मृत्यु

विराटनगर । झापामा करेन्ट लागेर एक नाबालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–७ का सुनील राजवंशीका १८ महिनाका छोराको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । खेल्ने क्रममा पानी तान्ने मोटरबाट सोमबार करेन्ट लागेर उनी सिकिस्त घाइते भएका थिए । उपचारका लागि बिर्ता सिटी हस्पिटल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बिर्तामोडले जित्यो आदर्श कपको उपाधि

बिर्तामोडले जित्यो आदर्श कपको उपाधि

झापा । झापाको बुद्धशान्तिमा आयोजित तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधि बिर्तामोड युनाइटेड एफसीले हात पारेको छ । आदर्श युवा क्लबद्धारा आयोजित प्रतियोगितामा भारतको मानेभन्ज्याङ एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेडले उपाधि कब्जा गरेको हो । बिजेता बिर्तामोडले उपाधिसँगै नगद २ लाख रुपैयाँ पायो । मानेभन्ज्याङले १ लाख रुपैयाँमा चित्त बुुझायो । यसअघिको खेलमा महत्वपूर्ण दुुई खेलाडी गुमाए...
उपाधिका लागि बिर्तामोड र मानेभञ्ज्याङ भिड्दै

उपाधिका लागि बिर्तामोड र मानेभञ्ज्याङ भिड्दै

झापा । झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधिका लागि आज शनिवार बिर्तामोड युनाइटेड एफसी र पाहुना टीम भारतको मानेभञ्ज्याङ एफसी भिड्दैछन् । यसअघि भएको सेमीफाइनलमा बिर्तामोड युनाइटेडले बेलबारी एफसीलाई टाइब्रेकरमा ५–४ ले र मानेभञ्ज्याङले आयोजक आदर्श क्लबलाई २–० ले पाखा लगाउँदै उपाधि भिडन्त तय गरेका थिए । प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख, तथा उपविजेताले १ लाख रुपैयाँसहित ट...
‘प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार’

‘प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार’

विराटनगर । प्रेम प्रस्ताव अस्वीकार गर्दा झापाको दमकमा छात्रामाथि गोली प्रहार भएको पाइएको छ । दमक–२ स्थित हिमालय माविमा कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्दा छात्रामाथि आक्रमण भएको थियो । उदयपुरको लिङचिङबुङ गाउँपालिका–३ घर भई झापाको दमक नगरपालिका–५ मा बस्दै आएकी १८ वर्षीया एनिका गजमेरमाथि शुक्रबार दिउँसो साढे १२ बजे गोली प्रहार भएको थियो । इलाका प्रहरी कार्यालय दमकले घाइतेको अवस्था सामान्य रहे...
झापामा हात्तीपाइलेको औषधि खाँदा मृत्यु भएकोबारे छानबिन

झापामा हात्तीपाइलेको औषधि खाँदा मृत्यु भएकोबारे छानबिन

काठमाडौं । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्दा झापाका एक वृद्धाको मृत्यु भएको भनिएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन सुरु गरेको छ । हात्तीपाइलेविरुद्धको औषधि सेवनकै कारण बिरामीको मृत्यु भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने हालसम्म यकिन भएको छैन । यसबारे गुनासो आएपछि छानबिन सुरु गरिएको मन्त्रालयले जनाएको छ । छानबिनका लागि अतिरिक्त सचिव, चिकित्सक लगायत सहितको टोली झापा ...
ओलम्पियन्सहरूको बिर्तामोडमा भव्य स्वागत

ओलम्पियन्सहरूको बिर्तामोडमा भव्य स्वागत

झापा । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडमा सहभाीहरुलाई आज भव्य स्वागत तथा सम्मान गरिएको छ । एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद विकास समिति र बिर्तामोड नगरपालिकाले उनीहरुलाई स्वागत सम्मान गरेका हुन् । कार्यक्रममा कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका ६० जना नेपाली ओलम्पियन्स तथा प्रदेशभित...
धनकुटा र झापाबाट लागूऔषधसहित ४ जना पक्राउ

धनकुटा र झापाबाट लागूऔषधसहित ४ जना पक्राउ

विराटनगर । धनकुटा र झापाका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको धनकुटा नगरपालिका–७ बाट नियन्त्रित विभिन्न नामका औषधि औषधि १८० ट्याब्लेट, लागूऔषध गाँजा ३०० ग्रामसहित स्थानीय १९ बर्षीय किरण राई र २३ बर्षीय ओम तामाङलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुबारे थप अनुसन्धान अघि बढाइएको प...
दमकमा छात्रामाथि गोली प्रहार, उपचार हुँदै

दमकमा छात्रामाथि गोली प्रहार, उपचार हुँदै

विराटनगर । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । दमकमा डेरा बस्दै आएकी उदयपुरकी १८ वर्षीया एनिका अधिकारीमाथि आज दिउँसो साढे १२ बजेतिर गोली प्रहार भएको हो । दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेको अवस्थामा दमक नगरपालिका–५ मा गोली प्रहार भएको हो । पेट, दाहिनो हातलगायत स्थानमा छर्राको जस्तो चोट लागेको अवस्थामा उनको दमककै लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । हाल...
आदर्श च्यालेन्ज कपः बिर्तामोड फाइनलमा

आदर्श च्यालेन्ज कपः बिर्तामोड फाइनलमा

झापा । टाइब्रेकरमा भाग्यमानी साबित हुँदै बिर्तामोड युनाइटेड एफसी बुद्धशान्तिमा जारी आदर्श च्यालेञ्ज कपको फाइलनमा प्रवेश गरेको छ । बिर्तामोडले बेलबारी एफसीलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले हरायो । बिर्तामोडका लागि योगेश गुरुङ, दिवस उराउ, अभिषेक गुुरुङ, अशिष चापागाईँ र देबेन्द्र तामाङले गोल गर्न सफल भए । बेलबारीका लागि अशोक खवास, मनिष धिमाल, बिवेक पौडेल र निशान लिम्बुले गोल गर्न सफल भए । बेलबारीका ...
कोशीमा विकास कार्यक्रम नमुना : मुख्यमन्त्री कार्की

कोशीमा विकास कार्यक्रम नमुना : मुख्यमन्त्री कार्की

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार फरक ढंगका विकासको अभ्यास गर्न लागिपरेको बताएका छन् । भौतिक पूर्वाधार विकासलाई मात्रै विकास ठान्ने परिपाटीले समाजमा ठूलो समस्या उत्पन्न गराएको, मानवीय सम्वेदना र सामाजिक मूल्य मान्यता सहितको विकासमा पछि परिरहेको मुख्यमन्त्री कार्कीको भनाई छ । झापाको शिवसताक्षी नगरपालिका वडा नं ६ को वडा कार्यालय भवन उदघाटन तथा जग्गादाताहरुलाई सम्मान का...
आदर्शलाई हराउँदै मानेभन्ज्याङ फाइनलमा

आदर्शलाई हराउँदै मानेभन्ज्याङ फाइनलमा

झापा । अन्तिम १० मिनेट बाँकी रहँदा ९ खेलाडीमा सीमित भएको भारतको मानेभन्ज्याङ बुधबार एफसी झापाको बुद्धशान्तिमा जारी आदर्श च्यालेन्स कपको फाइनलमा प्रवेश गरेको छ । आयोजक आदर्श युवा क्लबलाई २-० गोल अन्तरले हराउँदै मानेभन्ज्याङ फाइनल प्रवेश गरेको हो । जितसँगै मानेभन्ज्याङले कम्तीमा एक लाख रुपैंयाँ पुरस्कार सुरक्षित गरेको छ । मानेभन्ज्याङको जितका लागि सुरज रसाइली र सौरभ तामाङले एक–एक गोल गरे । खेलको...
आदर्श च्यालेन्ज कपः बेलबारी सेमिफाइनलमा

आदर्श च्यालेन्ज कपः बेलबारी सेमिफाइनलमा

झापा । बुुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको क्वाटरफाइनल खेलमा रेडहर्ष एफसी इलामलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । बेलबारी एफसीले सेमिफाइनलमा बिर्तामोड युुनाइटेडसँगको भेट पक्का गरेको छ । मंगलबार भएको क्वाटरफाइनल खेलसँगै सेमिफाइनल संस्करण पुरा भएको छ । खेलको १४ औं मिनेटमा बिवेक पौडेलको क्रस पासमा प्रशान्त अवस्थीले बेलबारीलाई सुरुवाती अग्रता दिलाए । पेनाल...
झापामा प्रहरीद्वारा लागूऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

झापामा प्रहरीद्वारा लागूऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

झापा । लागुओैषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले झापामा सोमबार साँझ गोली चलाएको छ । नेपाल–भारत सीमा नाका पर्ने झापाको झापा गाउँपालिका–६ स्थित कामाटोली प्रहरीले साँझ करिब ६ बजेतिर तीन राउन्ड गोली चलाएको हो । जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले लागूऔषध कारोबारीले प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनुपरेको बताए । भारतबाट लागुओैषध लिएर नेपालतर्फ आइरहेका ३० वर्षीय अबदुल रसिद मियाले...
धरानमाथि मानेभन्ज्याङको गोल बर्षा

धरानमाथि मानेभन्ज्याङको गोल बर्षा

झापा । धरान एफसीमाथि सहज जित हात पार्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा मानेभन्ज्याङले आयोजक आदर्श युवा क्लबसँगको भेट पक्का गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि ५–१ को जित हात पारेको छ । खेल सुरु भएको ५ औं मिनेटमा नै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८...
राजनीतिक स्थायित्व नभए कसैले लगानी गर्दैन : कोइराला

राजनीतिक स्थायित्व नभए कसैले लगानी गर्दैन : कोइराला

झापा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले गरिएको लगानी सम्मेलनबाट अपेक्षा गरिए अनुसारको लगानी नआउने बताएका छन् ।राजनीतिक स्थायित्वबिना नेपालमा कुनैपनि देश लगानी गर्न इच्छुक नरहेको बताउँदै कोइरालाले यो लगानी सम्मेलनबाट परिणाम ननिस्कने समेत बताए । ‘कुनै पनि देशले लगानी गर्नुपूर्व त्यो देशमा राजनीतिक स्थायित्व छ कि छैन, ऐन कानुन कस्तो छ र सुशासनको अवस्था कस्तो छ भन्ने कुरा हेर्छ’ कोइर...
विदेश पठाइदिने भन्दै ठग्ने धनकुटा र दमकका दुईजना पक्राउ

विदेश पठाइदिने भन्दै ठग्ने धनकुटा र दमकका दुईजना पक्राउ

काठमाडौं । रोजगारीका लागि स्पेन र क्रोएसिया पठाइदिने भन्दै ११ जनालाई ठगी गरेको छुट्टाछुट्टै घटनामा प्रहरीले धनकुटा र दमकका दुई जनालाई पक्राउ गरेको छ । स्पेन पठाइदिने प्रलोभन दिएर आठ जनाबाट ५६ लाख र क्रोएसिया पठाइदिन्छु भन्दै २ लाख ५५ हजार रुपैयाँ ठगेको प्रहरीको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार स्पेन पठाइदिन्छु भनेर पैसा लिइ ठगी गरेको आरोपमा पक्राउ पर्नेमा बुढानीलकण्ठ...
error: Content is protected !!