संगालोखबर संवाददाता


झापा । लागुओैषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले झापामा सोमबार साँझ गोली चलाएको छ । नेपाल–भारत सीमा नाका पर्ने झापाको झापा गाउँपालिका–६ स्थित कामाटोली प्रहरीले साँझ करिब ६ बजेतिर तीन राउन्ड गोली चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले लागूऔषध कारोबारीले प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनुपरेको बताए । भारतबाट लागुओैषध लिएर नेपालतर्फ आइरहेका ३० वर्षीय अबदुल रसिद मियाले प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकारमा प्रहरीले गोली चलाएको उनको भनाइ छ ।

Advertisement

मियालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । सीमा नाकाबाट लागूऔषध ओसार्नेहरु सक्रिय भएपछि प्रहरीले निगरानी बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!