संगालोखबर सम्वाददाता


काठमाडौं । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको बिहिबार पुष्टि भएको छ । पाल्पाका ४५ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

भारतबाट ५ दिन अघि आएका उनी स्थानीय क्वारेनटाईनमा थिए । श्वासप्रश्वासमा समस्या भएपछि मिसन अस्पतालमा उपचारका क्रममा मंगलबार उनको मृत्यु भएको होे । उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पाईएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

Advertisement

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुँनेको संख्या १० पुगेको छ । बिहिबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!